स्थानीय

खजुरामा ११६ जना कुपोषित गर्भवती तथा स्तनपान गराइरहेका महिलालाई पौष्टिक आहारसहितको झोला वितरण

Samayapati

बाकेको खजुरा गाउँपालिकामा ११६ जना कुपोषित गर्भवती तथा स्तनपान गराइरहेका महिलालाई पौष्टिक आहारसहितको झोला वितरण गरिएको छ ।
पोषणमैत्री स्थानीय शासन प्रवद्र्धन कार्यक्रम अन्तर्गत कुपोषित आमा तथा बालबालिकाका अभिभावकलाई लक्षित गरी आयोजित पोषण सम्बन्धी जनचेतनामूलक अभिमुखीकरण कार्यक्रममार्फत उक्त सामग्री वितरण गरिएको हो ।
खजुरा गाउपालिका स्वास्थ्य शाखा प्रमुख लक्ष्मी ओली केसीले गाउँपालिकाका सबै वडामा पुगेर लाभग्राही महिलाहरूलाई पौष्टिक आहारसहितको झोला हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रमका क्रममा सहभागीहरूलाई सन्तुलित आहार, गर्भावस्था तथा स्तनपान अवधिमा आवश्यक पोषण, बालबालिकाको उचित स्याहार तथा कुपोषण न्यूनीकरणका उपायबारे जानकारी दिइएको थियो ।
स्वास्थ्य शाखाका अनुसार गर्भवती तथा स्तनपान गराइरहेका महिलाको पोषण अवस्था सुधार गरी आमा र शिशुको स्वास्थ्य सुदृढ बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो । कुपोषण न्यूनीकरण तथा स्वस्थ जीवनशैली प्रवद्र्धनमा यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास लिइएको छ ।
सामग्री वितरण कार्यक्रममा स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याएका थिए ।
खजुरा गाउँपालिकाले पोषणमैत्री स्थानीय शासनको अवधारणालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै समुदायस्तरमा पोषण सुधारका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको स्वास्थ्य शाखाले जनाएको छ ।


नेपालमा कुपोषण न्यूनीकरणका लागि ’पहिलो १००० दिन’ (गर्भावस्थाको सुरुदेखि बच्चा २ वर्षको हुँदासम्म) को अवधिलाई निकै संवेदनशील मानिन्छ। यस झोलाको मुख्य उद्देश्य आमाको दुध उत्पादन बढाउनु र बच्चाको शारीरिक तथा मानसिक विकासमा मद्दत गर्नु हो ।
गर्भमा रहेको शिशुले आफ्नो आमाले खाएको खानाबाट नै पौष्टिक तत्व पाएर हुर्कन्छन् । गर्भधारणदेखि नै आमाले दिनहुँ खाने साविक खानाका साथै एकपटक थप पौष्टिक तथा सन्तुलित खाना खानुपर्छ ।

सुत्केरीरस्तनपान गराइरहेकी महिलालाई स्थानीय स्तरमा उपलब्ध हुने ७ समूहका विभिन्न खाद्यवस्तुहरु (१. अन्न वा जमिन मुनी फल्ने कन्दमूल, २. गेडागुडी, तेलहन, बियाँ र , ३. दूध तथा दूग्ध पदार्थ, ४. मासु÷माछा, ५. अण्डा, ६. भिटामिन ए पाइने फलफूल र तरकारी जस्तै ९ पाकेको मेवा, आँप, सुन्तला, गाजर र फर्सी, तथा ७. अन्य फलफूल तथा तरकारी) मध्येबाट कम्तिमा ४ समूहका खानेकुराहरु खुवाउनु पर्दछ। सबै खाना समूहबाट विविध खाना खानाले सुत्केरी अवस्थामा सुक्ष्म पोषक तत्वको कमीबाट टाढा रहन सकिन्छ ।

गर्भवती स्वस्थ हुन र तन्दुरुस्त रहन प्रत्येक दिन साविक भन्दा १ पटक थप खाना खाएको सुनिश्चित गर्नुपर्छ ।

सुत्केरी महिलाहरुलाई यस्तो अवस्थामा विशेष गरी ज्वानोको झोल, गेडागुडीको झोल, सुत्केरी मसला (मेथी, गुद, काजु, बदाम, छोकडा, बत्तिसा, मिश्री, सख्खर), थप पोषिलो खाना खुवाएमा दुध उत्पादन गर्न मद्दत गर्दछ । यसको साथै सुत्केरीरस्तनपान गराइरहेकी महिलालाई साविकको खानाको साथसाथै थप २ पटक पोषिलो खानाहरु खुवाउनु पर्दछ ।

त्यसका साथसाथै रक्तअल्पताबाट बच्न स्थानीय स्तरमा पाइने खाना जस्तै टुसा उमारेको गेडागुडी, हरियो सागपात, कुरिलो, च्याउ, आदि पनि खुवाउनु पर्दछ। बालबालिका जन्मिएपछि आमालाई ४२ दिन भित्र १ मात्रा भिटामिन ए क्याप्सुल खुवाउन स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वंय सेविकासँग सम्पर्क गर्नुपर्छ । भिटामिन ए क्याप्सुल खानाले आमाको दूध थप पोषिलो बनाउँदछ जसले बालबालिकालाई स्वस्थ र बलियो बनाउँछ । भिटामिन ए धेरै मात्रामा पाइने खानेकुराहरु जस्तै अण्डा, कलेजो, पाकेको मेवा, फर्सी, गाँजर पनि खुवाउनु पर्दछ ।

शाकाहारी वर्गको हकमा भने उनीहरुले गेडागुडी, टुसा उमारेको गेडागुडी, दूध तथा दूग्ध पदार्थ, भटमास, तेलहन (यष् िकभभमक बलम लगतक) लगायतका खानेकुराहरुमा जोड दिनुपर्छ।

गर्भावस्था र स्तनपान गराउने बेलामा, उचित पोषण भएन भने आमाको स्वास्थ्य तथा जन्मने नवशिशुको स्वास्थ्यमा पनि प्रतिकूल असर पर्दछ
यसको साथै सुत्केरीरस्तनपान गराइरहेकी महिलालाई साविकको खानाको साथसाथै थप २ पटक पोषिलो खानाहरु खुवाउनु पर्दछ
गर्भवती भएको चौथो महिनादेखि सुत्केरी भएको ४५ दिनसम्म दिनको एक चक्कि आइरन फोलिक एसिड खानुपर्छ । आइरन फोलिक एसिड चक्कि सरकारी स्वास्थ्य संस्थामा निशुल्क पाईन्छ ।

पहिलो गर्भवती जाँचमा स्वास्थ्यकर्मीसँग जुकाको औषधी (एलबेन्डाजोल) लिनुपर्छ । गर्भवती महिला र शिशुलाई टिटानस र भ्यागुते रोगबाट बचाउन स्वास्थ्यकर्मीको सल्लाह अनुसार टिटि खोप पनि लिनुपर्छ ।

गर्भवती आमाले आयोडिनयुक्त नुन खाएर शिशुलाई सुस्त मनस्थिति, होचोपुड्को, छाला र कपालको समस्या, गलगाँड आदि हुनबाट बचाउनु पर्दछ ।

किशोरी÷गर्भवती महिला र स्तनपान गराई रहेकी महिलाले धुम्रपान, मद्यपान गर्नु हुदैन तथा धुवाँमा बस्न हुदैन । आमा र बालबालिकालाई स्वस्थ राख्न श्रीमान्ले सुत्केरी श्रीमतीले दिनको थप २ पटक पोषिलो खाना खाएकी छिन् भन्ने कुरा सुनिश्चित गर्नुपर्छ ।

खानेपनीलाई शुद्धिकरण गरेर मात्र पानी पिउनुपर्छ । पानीलाई उमालेर, क्लोरिन झोल हालेर वा फिल्टर गरेर शुद्धिकरण गरेर पिउनुपर्छ ।


प्रकाशित मिति: शुक्रवार, असार १९, २०८३, ११:३९:००
प्रतिक्रिया दिनुहोस्