स्थानीय

खजुरामा कृषि तथा पोषण मेला प्रदर्शनी

Samayapati

बँकेको खजुरामा प्राङारिक कृषि तथा पोषण मेला प्रदर्शनी गरिएको छ । पोषण परियोजना, बाँके मार्फत खजुरा गाउँपालिका आयोजक रहि बि ग्रुपको सहयोगमा उक्त कृषि तथा पोषण मेला प्रर्दशनी गरिएको हो । खजुरा गाउँपालिका ३ मा रहेको पुरानो हाट बजार क्षेत्रमा आयोजना गरिएको प्राङारिक कृषि तथा पोषण मेला प्रदर्शनीमा बोल्दै खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर विकले कृषि क्षेत्रलाई अघि बढाउन पालिका तत्पर रहेको बताए । मेला उद्घाटन समारोहका प्रमुख अतिथि समेत रहेका अध्यक्ष विकले कृषि उत्पादनलाई सहजै बजारीकरण गर्नका निम्ती पालिकाले आगामी दिनमा कृषि एम्बुलेन्स खरिद गर्ने उल्लेख गरे । उनले खजुरालाई कृषिमा आत्मनिर्भर बनाउन पर्याप्त बजेट छुटट्याउने जनाए । मेला उद्घाटन समारोमा खजुरा गाउँपालिका उपाध्यक्ष मन्जु मल्लले किसानले उत्पादन गरेका तरकारी, खाध्यान्नको बजारीकरण गर्न पालिका गम्भिर रहेको उल्लेख गरिन । किसानले पनि रसायनिक भन्दा प्राङारिक कृषि उत्पादनलाई जोड दिन अनुरोध गरिन । उपाध्यक्ष मल्लले खजुरामा विगतमा हाट बजार लाग्ने र त्यहिबाटै ताजा तरकारी लिन पाउने व्यवस्था भएकोमा विचमा कोभिड संक्रमण पछि मेला नलागेको स्मरण गर्दै यसलाई नितन्तरता दिन आवश्यक रहेको बताइन । बि ग्रुप नेपालगन्जका अध्यक्ष डा. इन्द्र भण्डारीले अग्रानिक कृषिमा जोड दिदै किसानका उत्पादन बजार सम्म पुगाउन सहकार्य गरिने प्रतिवद्धता जनाए । समारोह मार्फत प्राङारिक कृषि तथा पोषण मेला प्रदर्शनीमा आफ्नो उत्पादन ल्याउने तिन व्यवसायिक किसानलाई पुरस्कृत गरिएको थियो । बि ग्रुप नेपालगन्जद्धारा कृषि शाखा खजुरालाई माटो जाँच गर्ने मेसिन हस्तान्तरण गरिएको थियो । यस्तै बागेश्वरी कृषि सहकारी सस्था लि.लाई डिजिटल बोर्ड र त्रिपाल हस्तान्तरण गरिएको बि ग्रुपका लिला गिरीले जनाइन । समारोहमा खजुरा गाउँपालिका कृषि शाखा प्रमुख भगवती खड्का, स्वास्थ्य शाखा प्रमुख लक्ष्मि केसी वलि, केयर नेपालका भारती केसी, खजुरा गाउँपालिका कार्यपालिका सदस्य, किसान तथा कृषि संग सम्बन्धित सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।
। कृषि तथा पोषण मेला प्रदर्शनीको मुख्य उद्देश्य उत्पादनलाई बढावा दिनु, नयाँ प्रविधिको ज्ञान बाँड्नु र स्वस्थ खानपानबारे जनचेतना जगाउनु हो । यस्ता मेलाहरूले स्थानीय स्तरका उत्पादनहरूलाई बजारसँग जोड्न र कृषकहरूलाई प्रोत्साहन गर्न महत्त्वपूर्ण भूमिका खेल्छन् ।
कृषि तथा पोषण मेला प्रदर्शनीको मुख्य उद्देश्य उत्पादनलाई बढावा दिनु, नयाँ प्रविधिको ज्ञान बाँड्नु र स्वस्थ खानपानबारे जनचेतना जगाउनु हो。 यस्ता मेलाहरूले स्थानीय स्तरका उत्पादनहरूलाई बजारसँग जोड्न र कृषकहरूलाई प्रोत्साहन गर्न महत्त्वपूर्ण भूमिका खेल्छन् मेला तथा प्रदर्शनीका मुख्य उद्देश्य र महत्वहरू यस प्रकार छन् । १. मुख्य उद्देश्यहरूनयाँ प्रविधिको प्रचार–प्रसारः आधुनिक कृषि औजार, बीउबिजन र खेतीका नयाँ तरिकाहरू किसानहरूमाझ पु¥याउनु。पोषणयुक्त आहारको चेतनाः स्थानीय स्तरमै पाइने पोषिलो खानेकुराको पहिचान गराउँदै कुपोषण न्यूनीकरणमा सघाउ पु¥याउनु。उत्पादकत्व र बजारीकरणः स्थानीय कृषि उत्पादनको बजारीकरण र विविधीकरण गरी किसानको आयस्रोत बढाउनु。किसानको सम्मान तथा प्रोत्साहनः उत्कृष्ट किसानहरूलाई पुरस्कृत गरेर उनीहरूमा प्रतिस्पर्धात्मक भावना र हौसला जगाउनु。२. महत्वव्यावसायिक सञ्जाल (ल्भतधयचपष्लन)ः उत्पादक (किसान), उपभोक्ता र व्यापारीहरू एउटै थलोमा भेट भई प्रत्यक्ष व्यापार र सम्बन्ध विस्तार गर्न सकिन्छ。रैथाने बालीको संरक्षणः लोप हुन थालेका रैथाने तथा प्राङ्गारिक बाली र बीउहरूको प्रदर्शनी तथा संरक्षणमा मद्दत पुग्छ । उपभोक्ता सचेतनाः उपभोक्तालाई विषादीरहित र स्वस्थ खाद्यवस्तुको महत्वबारे जानकारी मिल्छ。अनुभव र ज्ञान आदान–प्रदानः “देखेपछि विश्वास बढ्छ“ भन्ने सिद्धान्तलाई आत्मसाथ गर्दै किसानहरूले एकअर्काका अनुभव र सीप सिक्ने अवसर पाउछन्


प्रकाशित मिति: शुक्रवार, असार १९, २०८३, ११:३५:००
प्रतिक्रिया दिनुहोस्