स्थानीय

खजुरामा युवा वर्गलाई लागू औषध सम्बन्धी सचेतना बढाउदै

Samayapati


बँकेको खजुरामा युवा युवतीलाई लागू औषध सम्बन्धी जन चेतना मुलक कार्यक्रम गरिएको छ । महिला तथा बालबालिका संरक्षण केन्द्रखजुराको आयोजना तथा खजुरा गाउपालिका वडा नम्बर ४ को कार्यालयको सहयोगमा भएको अन्तक्र्रिया कार्यक्रम गरिएको हो । लागू औषध प्रयोगकर्ता खजुरा गाउँ पालिका रेट जोन मा परेको पालिका रहेको इलाका प्रहरी कार्यालय धनौलि खजुराले जनाएको थियो । प्रहरी कार्यालय लागू औषध नियन्त्रण गर्न कटिबद्ध भएर लागिरहेको इप्रका धनौलिले जनायो । उपस्थित सहभागीले समाजमा लागि औषध प्रयोगकर्ता बढिरहेको अवस्थामा यसको नियन्त्रण गर्न सबैले प्रतिबद्धता जनाउनुपर्नेमा जोड दिए । खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर विकले आजका युवा सही ढंगबाट अघि बढ्न जरुरी रहेको उल्लेख गरे । अध्यक्ष बिकले लागू औषध जसले सेवन गर्छ त्यो शारीरिक देखि मानसिक सन्तुलन गुमाउन सक्ने बताउदै कुलतबाट टाढा रहन आग्रह गरे । खजुरा गाउँपालिका वडा नम्बर ४ का वडध्यक्ष टेक बहादुर रोका क्षेत्रीले पछिल्ला दिनमा धेरै युवाहरु लागू औषध प्रयोग गर्ने बढेकोले यसको निगरानी र नियन्त्रणका उपाय अपनाउन अनुरोध गरे । वडा नम्बर ४ का वडा सदस्य लिला सुनारले युवालाई क्रियाशील बनाउन स्थानीय सरकारले सोही अनुरुप कार्यक्रम ल्याउन जरुरी रहेको उल्लेख गरे ।संस्थाकी अध्यक्ष खगिसरा विकको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा खजुरा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख लक्ष्मी ओली केसी, इलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक, सञ्चारकर्मी खगेन्द्र दाहाल लगायतले सहजीकरण गरेका थिए । कार्यक्रम दुई दिन सम्म संचालन गरिएको थियो । कार्यक्रमको समापनमा युवा अगुवाहरुलाई सम्मान गरिएको थियो । सोही कार्यक्रममा सञ्चारकर्मी खगेन्द्र दाहाललाई प्रेरणाका स्वरूप सम्मान पत्रले सम्मान गरिएको थियो ।
युवाकालागूऔषधको लतमा धेरै युवा परेका छन् । यसले स्वयं प्रयोगकर्तालाई त दुःख दिन्छ नै परिवार, साथीभाइलाई पनि तनाव दिन्छ ।

लागूऔषध खराब हो, यसले स्वास्थ्यलाई हानि पु¥याइरहेको छ भन्ने थाहा हुँदाहुँदै पनि यसको लतमा फसेपछि धेरैलाई सामान्य जीवनमा फर्किन कठिन भइरहेको छ । यसबाट छुटकारा पाउने प्रयास गर्दा पनि शरीरमा यस्तो असर देखिन थाल्छ कि व्यक्ति फेरि लागूऔषधतर्फ नै फर्किन्छ । तर यसबाट छुटकारा पाउन गाह्रो होला तर असम्भव भने नभएको त्रिवि शिक्षण अस्पतालका उपप्राध्यापक तथा मनोचिकित्सक डा. सगुनबल्लभ पन्त बताउँछन् ।
सन् २०२० मा गृह मन्त्रालयले एउटा राष्ट्रिय सर्वेक्षण गरेको थियो । यसअनुसार नेपालमा कडाखाले लागूपदार्थ सेवन गर्नेको संख्या एक लाख ३० हजारको हाराहारीमा छ । ‘तर यो क्षेत्रमा लामो समयदेखि काम गरेको हुनाले प्रयोगकर्ताको संख्या बढ्दै गइरहेको मैले पाएको छु,’ पन्त भन्छन् । लागूपदार्थ प्रयोगकर्तामध्ये पनि धेरै गाँजाजन्य पदार्थ प्रयोग गर्नेको संख्या बढी रहेको डा. पन्त बताउँछन् । ‘२० देखि २५ वर्ष उमेर समूहका युवा यसमा बढी छन्,’ उनी भन्छन् ।

मानसिक स्वास्थ्य समस्याको एक कारण

लागूऔषध सेवनले मानिसको केन्द्रीय स्नायु प्रणालीमा असर गर्नुका साथै प्रयोगकर्ताको भावना र सोचाइमा परिवर्तन ल्याउँछ । यसले मानसिक चेतना, अनुभूति र मनोभावनालाई प्रभावित पारी बुझ्ने, सम्झिने र सोच्ने शक्तिलाई विकृत तुल्याउने डा. पन्त बताउँछन् ।

‘लागूऔषध दुव्र्यसन सानै उमेरबाट वा दिमागको पूरै विकास नहुँदै गरियो भने यसले व्यक्तिको व्यक्तित्व विकासमा नै असर गर्छ । लागूऔषधको सेवनले पढाइमा असर पर्ने, करिअरमा असर पर्ने सम्भावना हुन्छ,’ उनी भन्छन्, ‘योसँगै परिवारसँगको सम्बन्धमा, जीवनोपयोगी कुरा सिक्ने क्षमतामा पनि यसले असर गर्छ ।’

 

युवाहरूमा लागूऔषधको सेवनको लत लामो समयसम्म रह्यो भने विभिन्न प्रकारमा शारीरिक र मानसिक स्वास्थ्य समस्या देखिन सक्ने पन्त बताउँछन् । ‘सुईमार्फत प्रयोग गर्ने लागूपदार्थ प्रयोग गर्दा रगतबाट सर्ने विभिन्न किसिमका रोग एचआईभी, हेपाटाइटिस सी जस्ता रोग पनि सर्न सक्छ,’ उनी भन्छन् ।

गाँजा, अफिमको प्रयोग गरिरहेका व्यक्तिमा दीर्घकालीन रूपमा विभिन्न किसिमका मानसिक समस्या जस्तै डिप्रेसन, एन्जाइटी र कडा प्रकारका मानसिक रोग लाग्ने सम्भावना हुने पन्त बताउछन् ।

लामो समय गाँजाजन्य पदार्थको सेवनले साइकोसिस, सिजोफ्रेनिया जस्ता रोगको जोखिम बढ्छ । अफिमको प्रयोगले डिप्रेसन र डरको समस्या बढाउने डा. पन्त बताउँछन् ।

लागूऔषध प्रयोगकर्तामा देखिने अर्को समस्या आत्महत्याको जोखिम पनि हो । ‘लागूऔषधले मानिसलाई अलि उत्साहित, आक्रामक र झोंकी बनाउँछ । जसले गर्दा के गर्नु ठीक के बेठीक भनेर छुट्याउन अप्ठ्यारो हुन्छ । लामो समय प्रयोग गरेपछि यसलाई छोड्दा आफूलाई हािन पु¥याउने गतिविधि गर्न सक्छन्,’ डा. पन्त भन्छन्, ‘यस्ता व्यक्तिमा व्यक्तित्वको समस्या पनि बढी देखिन्छ । ‘एन्टी सोसल पर्सनालिटी’मा तनावको व्यवस्था हुन नसक्दा तथा मानसिक समस्याको सही उपचार नगर्दा आत्महत्याको जोखिम समेत बढ्छ ।’

कोही लागूपदार्थको दुव्र्यसनमा फसेको कसरी चिन्ने ?

आफनो सन्तान कतै लागूऔषधको दुव्र्यसनमा फसेको त छैन ? भन्ने चिन्ता धेरै अभिभावकलाई लाग्न सक्छ । यसका लागि घरमा अभिभावक र स्कुलमा शिक्षकले विशेष ख्याल गर्नुपर्ने हुन्छ ।

‘छोराछोरीको पढाइ बिग्रिंदै गएको छ, उसको साथीसंगत परिवर्तन भएको छ । बोल्ने शैली परिवर्तन हुँदै गएको छ, शरीर कमजोर बन्दै गएको छ, उसको व्यवहारमा अस्वाभाविक परिवर्तन हुँदै गइरहेको छ, आक्रामक हुने, रिसाउने, निद्रामा समस्या र खानमा अरुचि भएको छ भने लागूपदार्थको दुव्र्यसनमा फसेको हुन सक्छ,’ डा. पन्त भन्छन् ।

साथै उसको कोठामा सलाईको काँटी, औषधिको खोल र सुई भेटियो भने त्यसलाई गम्भीर रूपमा लिनुपर्छ । तर सिधै गएर उसलाई गाली गर्नु भन्दा उसले कहिलेबाट यो प्रयोग गरेको हो ? गरेको हो कि होइन भनेर खुल्ला वातावरणमा कुराकानी गर्ने वातावरण सिर्जना गर्नुपर्ने पन्त सुझाउँछन् ।

धेरै अभिभावक मेरो छोराछोरीले वा परिवारका व्यक्तिहरूले लागूऔषध गर्नै सक्दैन भनेर सोच्छन् । त्यो सोचेर मेरो नैतिकता पतन हुन्छ अब भन्नुभन्दा उनीहरूलाई त्यसबाट कसरी बाहिर निकाल्ने भन्ने कुरा सोच्नुपर्ने उनको सुझाव छ ।
लागूऔषधको लत कसरी छुटाउने ?

कुनै पनि पूर्वाग्रह नराखी कुलतमा फसेको व्यक्तिको कुरा सुन्नुपर्छ । उसलाई गाली गर्ने, कुरा नसुन्ने गरियो भने उसले सहयोग लिन सक्दैन र झन् कुलतमा फस्न सक्छ,’ डा. पन्त भन्छन्, ‘उसको कुरा राम्ररी सुनिदियो भने उसले परिवारको सहयोगमा यो लत छोड्न सक्छ । लत छोड्नका लागि उपचार अघि बढाउन सकिन्छ ।’

लागूपदार्थको दुव्र्यसनमा फसेका व्यक्तिलाई बाहिर निकाल्न अभिभावकले सहरी क्षेत्रमा मानसिक रोग विशेषज्ञ तथा क्लिनिकल मनोविद्को सहयोग लिन सक्छन् भने गाउँमा स्वास्थ्य चौकीमा भएका चिकित्सकको सहयोग लिन सक्छन् । त्यसपछिको उपचार सुधार गृहमा तथा अस्पतालमा गर्न सकिने पन्त बताउँछन् ।

‘लागूऔषध प्रयोग गर्ने व्यक्तिलाई एक समयमा पुगेर यो छोड्छु भन्ने सोच आउँछ । तर उसले छोड्छु भनेर सजिलै छोड्न सक्दैन । यदि कुनै व्यक्तिलाई भित्रबाटै केही छोड्छु भन्ने सोच आएको छ भने उसले मिल्ने साथी वा परिवारका सदस्यको सहयोग लिन जरुरी छ,’ पन्त भन्छन्, ‘त्यसपछि विशेषज्ञको सहयोग लिनुपर्छ । किनकि सहयोग बिना छोडेको लत फेरि दोहोरिन सक्छ ।’

लागूऔषध प्रयोग गरिसकेको व्यक्तिको आत्मबल कमजोर हुन्छ । त्यसैले जतिसक्दो छिटो उसलाई काममा वा पढाइमा फर्काउनुपर्छ । कुनै कुरामा व्यस्त भयो भने समय व्यवस्थापन हुने र लागूऔषधको तलतलबाट बाहिर निस्किन सक्ने पन्त बताउँछन् ।

लागूऔषधको लतमा फस्नै नदिन के गर्ने ?

प्रत्येक अभिभावकले आफना सन्तानलाई सानै उमेरबाट लागूऔषधबारे शिक्षा दिनुपर्छ । यसको प्रयोगले हुने असरका बारेमा जानकारी दिनुपर्छ ।

‘साथीहरूले लागूऔषध प्रयोग गर्छन् र गर्ने सल्लाह दिन्छन् भने कसरी नाइँ भन्ने, सही र गलतको पहिचान कसरी गर्ने जस्ता कुरा स्कुलमा सिकाउनुपर्छ,’ डा. पन्त भन्छन्, ‘अभिभावक तथा विद्यालयले बच्चा कहाँ जान्छ, उसको संगत कस्तो छ, उसको व्यवहारमा परिवर्तन आएको छ कि भनेर ध्यान दिनुपर्छ ।’
साथै सरकारी स्तरबाट पनि लागूऔषध दुव्र्यसनबारे जनचेतना फैलाउनुपर्छ

 


प्रकाशित मिति: शुक्रवार, असार १९, २०८३, ११:२३:००
प्रतिक्रिया दिनुहोस्