स्थानीय

खजुरामा घरदैलोमै पुग्यो पशु स्वास्थ्य सेवा

Samayapati


खजुरा गाउपालिकाको पशु सेवाशाखाले पशुपालककिसानहरूको आयआर्जन वृद्धि र पशु स्वास्थ्य सुधारकालागिविभिन्नकार्यक्रमहरू सफलतापूर्वक सञ्चालन गरेको छ। “आधारभूतप्रयोगशालातथाउपचार सेवा सहितपशु सेवा केन्द्र विस्तार” कार्यक्रमअन्तर्गत मिति २०८२ श्रावण १ देखि मंसिर मसान्तसम्म उढारापुर, सितापुर र राजापुरमा रहेकापशु सेवा केन्द्रमार्फत नियमित सेवाप्रदानगरिएको थियो ।
चालु आर्थिक बर्षमापशु नश्ल सुधार, कृत्रिमगर्भाधान, प्रयोगशाला परीक्षण, रेविजखोप, लम्पी स्किन खोपतथालम्पी स्किन रोगको उपचार जस्ता महत्वपूर्ण सेवाहरू उपलब्ध गराइएका छन्। पशु नश्ल सुधार सेवाअन्तर्गत कृत्रिमगर्भाधान सेवा,प्रयोगशाला परीक्षण सेवा, पशु बिमा, रेविजखोप लगायतकाथुप्रैउपचार सेवाप्रदानगरिएको छ।
यस कार्यक्रमबाट थुप्रैपशुपालकतथापशु प्रत्यक्ष रूपमालाभान्वितभएका छन्। गाउँमै सेवाउपलब्धहुँदाकिसानको समय, खर्च र जोखिमकमभएको छ। पशु सेवाशाखाले आगामीदिनमापनि यस्ता कार्यक्रमलाई निरन्तरतादिँदै पशुपालनव्यवसायलाई थप सुदृढ बनाउने लक्ष्यलिएको छ।
खजुरा गाउँपालिकाले पशु सेवाशाखाविस्तार गर्दै गाउँपालिकाकाविभिन्न वडाका नागरिकलाई अब घर नजिकै सेवाप्राप्तगर्ने अवसर प्रदान गरेको छ। जसकारण स्थानीय कृषक र पशुपालकहरूको लागिपशु चिकित्सा र अन्य सेवा सुविधाहरूको पहुँच सजिलो हुनेछ।नयाँशाखा सञ्चालनमाआउनु अघि, गाउँपालिकामात्र एक केन्द्रीयकार्यालयबाट पशु सेवाप्रदानगर्दै आएको थियो, जसले नागरिकहरूको लागि सेवालिनजान्दा समय र खर्चको समस्यासिर्जनागथ्र्यो। अब, वडा नं. १ र २ कानागरिकहरूले सितापुरमानयाँ शाखाबाट तात्कालिक सेवाप्राप्तगर्न सक्नेखजुरा गाउँपालिकापशु शाखाप्रमुखपशु स्वास्थ्यअधिकृत अमरबहादुर शाहीले बताउनुभयो ।
नागरिकलाई घर नजिकै सेवाप्राप्तगर्ने गरि उक्त सेवाविस्तार गरिएको हो । नयाँशाखामार्फत स्थानीय कृषक र पशुपालकहरूको लागिपशु चिकित्सा र अन्य सेवा सुविधाहरूको पहुँच सजिलो बनाउने गाउँपालिकाले जनाएको छ।
खजुरा गाउँपालिकाप्रवक्तातथा वडा नं. २ काअध्यक्षधनीरामवलीकाले नागरिकहरूको सेवामा सुधार ल्याउने उद्देश्यले शाखाविस्तार गरिएको बताए । सेवाविस्तारसँगै वडा नं. १ र २ कानागरिकहरूलाई घर नजिकै पशु सेवाप्राप्तगर्न सहजहुने उनको विश्वास छ । यस अघि गाउँपालिकाकार्यालयबाट मात्रै पशु सेवाप्रदानगर्दै आएको थियो ।


प्रकाशित मिति: सोमवार, असार १५, २०८३, ०५:४३:००
प्रतिक्रिया दिनुहोस्