महिला, बालबालिका र अपाङ्गताको सवाल खजुराको प्राथमीकतामा
स्थानीय
स्थानीयपूर्वाधार विकास बढाउदै खजुरा

खजुरा गाउपालिकाकाचालु आर्थिक वर्षको बजेट मुख्यतः स्थानीयपूर्वाधार विकास केन्द्रित रहेको छ । सडक निर्माण, भौतिक संरचना, सार्वजनिक सेवा सुविधाविस्तार लगायतका योजनाहरूलाई प्राथमिकतामा राखेर पूँजीगत बजेट छुट्याइएको हो । यसले स्थानीयबासिन्दाको दैनिकी सहजबनाउने अपेक्षागरिएको छ ।
गतआर्थिक वर्षमा सञ्चालनभएकाविकास योजनाहरूबाट देखिएको प्रगतिकाआधारमाचालु वर्षमाथप बजेट विनियोजन गरिएको जनाइएको छ । विकास निर्माणका काममा सुधार देखिएकाले यस वर्ष अझप्रभावकारी कार्यान्वयनमाजोड दिइएको छ ।
यसैगरी, प्रदेश सरकारसंगको साझेदारीमाविकास कार्यक्रमहरू सञ्चालनभइरहेको बताइएको छ । प्रदेश सरकारको सहकार्यमा अघिल्लो वर्ष अघि बढाइएका योजनाहरूले सकारात्मक परिणाम दिएको भन्दै चालु वर्षमापनि संयुक्तलगानी र सहकार्यलाई निरन्तरतादिइएको छ ।
प्रदेश सरकारसँगको साझेदारीले विकास योजनाहरूको कार्यान्वयनमागतिआएको र समग्र विकास प्रक्रियामा सुधार देखिएको स्थानीयतहको दाबी छ । चालु वर्षमापनिपूर्वाधार विकास, सेवाप्रवाह र दीर्घकालीन योजनामा केन्द्रितभएर बजेट खर्च गरिने जनाइएको छ ।
सम्बन्धितपक्षले पूजीगत बजेटको प्रभावकारी कार्यान्वयनमार्फत स्थानीय स्तरको समग्र विकासमा योगदानपुग्ने विश्वास व्यक्त गरेका छन् ।
खजुरा गाउँपालिकाले सामाजिकविकाससँगै भौतिकविकासलाई प्राथमिकतामा राखीचालु आर्थिक वर्षमानिर्माण कार्यलाई विशेष जोड दिएको छ। गाउँपालिकाले विगतदेखि सञ्चालनमा रहेका तर विभिन्नकारणले अपूरा रहेका पुराना योजनाहरूलाई सम्पन्नगर्ने नीतिअनुसार कार्य अघि बढाएको छ।
यसअन्तर्गत समयमै सम्पन्नहुननसकेका योजनाहरूमाआवश्यक परे ठेक्कातोड्ने तथानयाँ ठेक्काप्रक्रियाअपनाई पुरानाआयोजनाहरूलाई पूर्णतादिने निर्णय गरिएको छ। निर्माण व्यवसायीको लापरवाहीतथा बेवास्ताकाकारण केही योजनाहरू समयमा सम्पन्नहुननसकीअलपत्र पर्ने अवस्थासिर्जनाभएकोले गाउँपालिकाले कडाइका साथअनुगमनतथानियमनप्रक्रिया अघि बढाएको छ।
बहुवर्षीय योजनाअन्तर्गत सञ्चालनमा रहेका महत्वपूर्ण आयोजनाहरू उल्लेखनीयप्रगतिमा रहेका छन्। विशेष गरी १५ शैयाको अस्पताल भवनतथागाउँपालिकाको प्रशासनिकभवननिर्माण कार्य अन्तिम चरणमा पुगेको छ र छिट्टै सम्पन्नहुने अवस्थामा रहेका छन्। यीआयोजनाहरू सम्पन्नभएसँगै स्थानीयतहमा स्वास्थ्य सेवा र सेवाप्रवाहको गुणस्तरमाउल्लेखनीय सुधार आउने अपेक्षागरिएको छ।
खजुरा गाउपालिकामा२ दर्जन बढी सडकहरुको स्तरनोन्नति स्वास्थ्इचौकीकालागी र विद्यालयकालागीभवनतथाकोठाहरुको निर्माण विभिन्न स्थानमा योगाभवनको निर्माण, कृषिउपज संकलन केन्द्रको निर्माण तथा सहिदपार्क निर्माण कार्य गरिएको छ ।
गाउँपालिकाले विकास निर्माण कार्यलाई पारदर्शी, समयबद्ध र गुणस्तरीय बनाउननिरन्तर प्रयास गरिरहेको छ। आगामीदिनमापनिअधुरा योजनाहरूलाई प्राथमिकताका साथ सम्पन्नगर्दै दिगो विकासको लक्ष्यहासिलगर्ने नीतिलिएको छ।
गाउपालिकाले स्थानीय स्तरमा योजनाकार्यान्वयन, अनुदानवितरण र आपतकालीनतयारीमा सक्रियता देखाउदै आएको छ। यसले विकास, शिक्षा, व्यवसाय र प्राकृतिकविपत्तिव्यवस्थापनमा समग्र प्रगति सुनिश्चितगर्ने लक्ष्य राखेको प्रमुखप्रशासकीयअधिकृत दिलबहादुर पौडेलले बताएका छन् ।
थप समाचार
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!











