खजुरामाआयुर्वेद सेवाको पहुँचविस्तार, उपचारसँगै स्वास्थ्य प्रवद्र्धनमाजोड
स्थानीय
खजुरामाआयुर्वेद सेवाको पहुँचविस्तार, उपचारसँगै स्वास्थ्य प्रवद्र्धनमाजोड

खजुरा गाउपालिका रहेको नागरिक आरोग्य सेवा केन्द्रले स्थानीयनागरिकको स्वास्थ्यप्रवर्धन र उपचार सेवामा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ।केन्द्रमार्फत समुदायस्तरमै निःशुल्क र सुलभ स्वास्थ्य सेवाउपलब्ध गराइँदै आएको आएको छ। नागरिक आरोग्य सेवा केन्द्रले आयुर्वेद, योग, जीवनशैली सुधार तथा थेरापी सेवाले नागरिकको स्वास्थ्यअवस्थामा सकारात्मक परिवर्तन देखिएको छ।
नागरिक आरोग्य सेवा केन्द्रले समुदायस्तरमापुगेर जेष्ठ नागरिक लक्षित स्वास्थ्यप्रवर्धन कार्यक्रमसम्पन्न गरेको छ। तीकार्यक्रममा जेष्ठ नागरिकहरूलाई योग, आयुर्वेदिकजीवनशैली, रोग रोकथामतथानियमित स्वास्थ्य परीक्षणको महत्वबारे जानकारी दिइएको थियो।
त्यसैगरी, गाउपालिकाभित्र रहेकाविद्यालयकाविद्यार्थीहरूलाई लक्षित गरी आयुर्वेद जीवनशैली, स्वस्थकर खानपान र योग शिक्षासम्बन्धीजनचेतनामूलक प्रशिक्षण सञ्चालनगरिएको छ। यस कार्यक्रमबाट थुप्रै छात्र–छात्रा लाभान्वितभएका छन्।
केन्द्रले निःशुल्क स्वास्थ्य परीक्षण, औषधिवितरण, हाड जोर्नी जोड्ने, नसाच्यापिएका बिरामीहरूको थेरापी जस्ता सेवाहरू पनिनियमित रूपमाप्रदानगर्दै आएको छ। नागरिक आरोग्य सेवा केन्द्रको यस पहलले खजुरा गाँपालिकामा स्वास्थ्यप्रति सचेतना बढाउनुका साथै नागरिकलाई सहज र सुलभ उपचार सेवामापहुच पु¥याएको छ।
चालू आर्थिक वर्षमा २२ हजार नागरिकले आयुर्वेद सेवालिएका छन् । खजुरा गाउँपालिकाको नागरिक आरोग्य सेवा केन्द्र, आयुर्वेद शाखाले जेठ मसान्तसम्मको ११ महिनाको अवधिमा २२ हजार ३ सय ९४ जनाले आयुर्वेद सेवालिएको जनाएको छ ।
शाखाप्रमुखकिरण खनालले हरेक वर्ष आयुर्वेद सेवालिनेहरूको संख्या ठूलो आकारमा बढ्दै गएको बताए ।खनालकाअनुसार सेवा केन्द्रले नियमितरुपमाभान्सा सुधार अभिमुखीकरण कार्यक्रम, योग सेवा, पूर्व कर्म सेवा, पञ्चकर्म सेवा, ज्येष्ठ नागरिक स्वास्थ्यजाँच, सुत्केरी महिलालाई दुग्धबद्र्धक औषधि (शतावरी चूर्ण) वितरण, विद्यार्थी र शिक्षकलाई अभिमुखीकरण कार्यक्रम सञ्चालनहुँदै आएका छन् । खनालले सेवालिनेहरूमापुरुषभन्दामहिलाको संख्या बढी रहेको समेत जानकारी दिए । उनले आयुर्वेद उपचार पद्धतिका बारेमाप्रचारप्रसार गर्दै यसप्रतिनागरिकको आकर्षण बढाउन सञ्चारकर्मीको अहम् भूमिकाहुने बताए ।
गाउँपालिकाअध्यक्षविकले अहिले नसर्ने रोग चुनौतीका रुपमा रहेको भएकोलेजनचेतना बढाउन आवश्यक रहेको बताउछन् । पछिल्लो समय बिस्तारै आयुर्वेद उपचार पद्धतितर्फ नागरिकको आकर्षण बढ्न थालेको बताए ।
थप समाचार



स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!








