स्थानीय

खजुरामा कृषिको आधुनिक रूपान्तरणः उत्पादन वृद्धिदेखि बजारसम्मको नयाँ रणनीति

Samayapati

बाँकेको खजुरा गाउँपालिकाले आफ्नो पहिचानलाई कृषि र पशुपालनको केन्द्रका रूपमा स्थापितगर्दै लगेको छ । कुल १५,५३० घरधुरीमध्ये २९.१३ प्रतिशतअर्थात् ४,५२४ घरपरिवार प्रत्यक्ष रूपमा कृषितथापशुपालनमा आबद्ध रहेको यस पालिकामा पछिल्लो समय व्यावसायिक कृषिको लहर चलेको छ । गाउँपालिकाले कृषि क्षेत्रलाई समृद्धिको प्रमुखआधार बनाउँदै विभिन्न प्रवद्र्धनात्मककार्यक्रमहरू सञ्चालनगरिरहेको छ । खजुरा गाउपालिकाकाकृषि प्रसार अधिकृतभगवति खडका घर्ती मगरकाअनुसार, पालिकाले कृषिलाई केवलनिर्वाहमुखीमात्रनबनाई व्यावसायिक र प्रविधिमैत्रीबनाउनतथ्याङ्कव्यवस्थापनदेखि किसान समूहीकरणसम्मका कार्यहरू सफलतापूर्वक सम्पन्न गरेको छ । हालपालिकामा ५५ वटा व्यावसायिक कृषितथापशुपालन समूहहरू सक्रिय रहेका छन्, जसले स्थानीय रोजगारी सिर्जना र खाद्य सुरक्षामा ठूलो योगदानपुर्याएका छन् ।
पालिकाको उत्पादनक्षमताको पाटो निकै उत्साहजनक देखिएको छ । वार्षिक कुल १०,२५५.५४ मेट्रिक टन खाद्यान्नउत्पादनहुने खजुरामाधानको हिस्सा ७७.७प्रतिशत रहेको छ भने मकैको उत्पादन २१.३ प्रतिशत रहेको छ। यसैगरी, तरकारीतर्फ वार्षिक ५६३.४१ मेट्रिक टन उत्पादनहुने गरेको छ, जसमाआलु र गोलभेडाको उत्पादनमुख्य रहेको छ । पशुपालनको क्षेत्रमाखजुराले फड्को मार्दै वार्षिक ४०,९७१.०७ मेट्रिक टन पशुपन्छीजन्य वस्तु उत्पादनगर्न सफलभएको छ, जसमा अण्डाको उत्पादनले ९०.५ प्रतिशत हिस्सा ओगटेको छ। कृषि प्रसार अधिकृत मगर भन्नुहुन्छ, “हामीले किसानहरूलाई समूहमार्फत संगठित गरेका छौँ र हालपालिकामा ११ वटा प्रदेश स्तरीय सहितकुल ३९ वटा सहकारी संस्थाहरूले किसानको वित्तीयपहुँच र बजारीकरणमा सहजीकरण गरिरहेका छन्, जसले कृषिको व्यवसायीकरण स्कोरलाई वृद्धि गर्न मद्दत पुर्याएको छ ।’’
विकासका चरणहरूसँगै केहीचुनौतीहरू पनि छन् । कुल ४,७१५.९४ हेक्टर क्षेत्रफलमध्ये हालसम्ममात्र १५.१६ प्रतिशत क्षेत्रमासिँचाइ सुविधापुगेको छ भने ८४.८४ प्रतिशत क्षेत्र अझै पनि असिंचित रहेको छ। यसैगरी, तरकारी र फलफूलमालाग्ने १८ प्रकारका रोग र २० प्रकारका कीटपतंगहरू किसानकालागिमुख्य समस्याका रूपमा रहेका छन् । यीचुनौतीहरूलाई चिर्दै खजुराले अबको दिनकालागि स्पष्ट र दीर्घकालीन रणनीति तय गरेको छ । मगरकाअनुसार, अबको योजनामाउच्च कृषि आबद्धता भएका वडा नं. १ र ६ लाई विशेष कृषिपकेट क्षेत्रका रूपमाविकास गरिनेछ। सिँचाइको समस्या समाधानकालागि वडा नं. ९ जस्ता ठूलो असिंचित क्षेत्र भएका स्थानहरूमा सानासिँचाइ, थोपासिँचाइ र स्प्रिङ्कलर जस्ता वैकल्पिकप्रविधिहरूको प्रयोगलाई तीव्रतादिइने रणनीति बनाइएको छ।
आगामीदिनमाखजुरा गाउँपालिकाले उत्पादनको विविधीकरण र मूल्यश्रृंखलाविकासमाजोड दिने लक्ष्य राखेको छ । हालउत्पादित वस्तुहरूको बजारीकरण दरलाई बढाउन शीत भण्डारण, प्रशोधनकेन्द्र र स्थानीय ब्रान्डिङका कार्यक्रमहरू अघि सारिएका छन् । किसानहरूलाई गुणस्तरीय बीउबिजनवितरण गर्ने, एकीकृत शत्रुजीवव्यवस्थापन (क्ष्एः) प्रविधिमार्फत रोगकीरा नियन्त्रण गर्ने र प्राङ्गारिक खेतीलाई प्रोत्साहनगर्ने योजनापालिकाको प्राथमिकतामा रहेको छ। “हाम्रो आगामी रणनीति भनेकै उत्पादकत्व वृद्धि गरी पालिकालाई कृषिमा पूर्ण आत्मनिर्भर बनाउनु र किसानको आयआर्जन बढाउनु हो,’’कृषि प्रसार अधिकृतमगर थप्नुहुन्छ, “यसकालागि कृषिबीमाको प्रवद्र्धन, किसानहरूलाई नियमितप्राविधिकतालिम र सहकारीमार्फत उत्पादनलाई बजारसँग जोड्ने कार्यलाई हामीले विशेष महत्वदिएका छौँ ।’’


प्रकाशित मिति: आइतवार, असार १४, २०८३, ०६:३०:००
प्रतिक्रिया दिनुहोस्