स्थानीय भेरी नगरपालिका –१० मा १ करोड ३१ लाखको लागतमा ‘एक घर एक धारा’ सुरु, अध्यक्ष राणाको बहलमा काम सुरु हुने!
स्थानीय
स्थानीय भेरी नगरपालिका –१० मा १ करोड ३१ लाखको लागतमा ‘एक घर एक धारा’ सुरु, अध्यक्ष राणाको बहलमा काम सुरु हुने!

जाजरकोट भेरी नगरपालिका वडा नम्बर १० मा बास एकाइ सुस्वाको आयोजनामा १ करोड ३१ लाख रुपैयाँ लागतमा ‘एक घर एक धारा’ निर्माण योजना सञ्चालन हुने भएको छ।
सुरक्षित खानेपानीमा सबै नागरिकको पहुँच सुनिश्चित गर्ने उद्देश्यसहित सञ्चालन हुन लागेको उक्त योजनाको औपचारिक उद्घाटन आज सम्पन्न भएको हो।
कार्यक्रका अध्यक्ष दलबहादुर राणाको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन समारोहका प्रमुख अतिथि भेरी नगरपालिकाका नगर उपप्रमुख सीता जैसीले पानसमा बत्ती बालेर योजनाको औपचारिक उद्घाटन गरेकि थिइन। उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि नगरउपप्रमुख जैसीले स्वच्छ र सुरक्षित खानेपानी नागरिकको आधारभूत अधिकार भएको उल्लेख गरिन । उनले भेरी नगरपालिका क्षेत्रभित्र अझै पनि धेरै बस्तीहरू सुरक्षित खानेपानीको पहुँचबाट टाढा रहेकाले ‘एक घर एक धारा’ जस्ता योजनाले नागरिकको जीवनस्तरमा प्रत्यक्ष परिवर्तन ल्याउने विश्वास व्यक्त गरिन। “खानेपानी केवल भौतिक पूर्वाधार होइन, यो स्वास्थ्य, शिक्षा र समग्र विकाससँग जोडिएको विषय हो,” नगर उपप्रमुख जैसीले भनिन ।“स्थानीय तह, गैरसरकारी संस्था र समुदायबीचको सहकार्यबाट यस्तो योजना सफलतापूर्वक अघि बढेकोमा खुशी लागेको बताइन ।नगरपालिकाले आगामी दिनमा पनि यस्ता दीर्घकालीन र प्रभावकारी योजनालाई प्राथमिकता दिनेछ,” नगर उपप्रमुुखको भनाइ रहेको थियो।
कार्यक्रमका विशिष्ट अतिथि स्वयं संस्थाका प्रतिनिधि राजु चौधरी र रविन्द्र शाहीले आफ्नो संस्थाले यस योजनामा गरेको सहयोगबारे स्पष्ट पारे। उनीहरूले दुर्गम तथा पिछडिएका समुदायलाई लक्षित गरी स्वच्छ खानेपानी, सरसफाइ र स्वास्थ्यमा सुधार ल्याउने उद्देश्यले संस्थाले निरन्तर सहयोग गर्दै आएको बताए। राजु चौधरीले भने, “स्थानीय आवश्यकता पहिचान गरेर समुदायसँग हातेमालो गर्दै काम गर्दा मात्र दीर्घकालीन उपलब्धि हासिल हुन्छ।भेरी–१० मा सञ्चालन हुन लागेको यो योजना त्यसकै उदाहरण हो।
” त्यसैगरी रविन्द्र शाहीले “स्थानीय नेतृत्व र समुदायको सक्रिय सहभागिताले यो योजना समयमै सम्पन्न हुने र अपेक्षित परिणाम दिनेमा हामी विश्वस्त छौं,” भने। योजनाबाट तत्काल १६७ घरधुरी लाभान्वित हुनेछन् भने दीर्घकालीन रूपमा ७१६ घरधुरीका प्रत्येक व्यक्ति प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन्। ‘एक घर एक धारा’ कार्यक्रमअन्तर्गत प्रत्येक घरमा व्यक्तिगत धारा जडान गरिनेछ, जसले महिलाहरू, बालबालिका तथा वृद्धवृद्धालाई पानी बोक्ने समस्याबाट मुक्त गर्ने अपेक्षा गरिएको छ।
योजनाको मुख्य पानी स्रोत चिउरा पानीदेखि भुरगाउँ, बुर पोखरा, पटनी, झाँग्री सल्लाह, चिउरा लगायतका क्षेत्र रहेका छन्। यी स्रोतको दिगो उपयोग र व्यवस्थापनमार्फत आगामी दिनमा ७१६ घरधुरीसम्म सुरक्षित खानेपानीको पहुँच पुग्ने देखिएको छ। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, उपभोक्ता समिति, सामाजिक अगुवा तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले योजनाले गाउँको स्वास्थ्य अवस्था सुधार्नुका साथै समय बचत, सरसफाइ र आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।
यसै अवसरमा वडा सचिव लालबहादुर कार्कीले योजनाको प्रभावकारितामाथि छोटो प्रतिक्रिया दिँदै भने, “योजनाको कार्यान्वयन पारदर्शी र प्रभावकारी बनाइनेछ। वडा कार्यालयले आवश्यक समन्वय र प्राविधिक सहजीकरणमा निरन्तर सहयोग गर्नेछ।
” कार्यक्रमको समापन गर्दै अध्यक्ष दलबहादुर राणाले सबै सहयोगी संस्था, नगरपालिकाको नेतृत्व तथा स्थानीय समुदायप्रति आभार व्यक्त गरे। उनले भने, “यो योजना केवल आफ्नो विशेष पहल र सहकार्यमा हाम्रो यो बस्तीको भविष्यसँग जोडिएको विषय हो। सबैको सहयोग र निगरानीमा योजनालाई गुणस्तरीय र समयमै सम्पन्न गर्ने प्रतिबद्धता अध्यक्ष रानाले व्यक्त गरेका छ्न।” अध्यक्ष राणाले समुदायलाई योजना संरक्षणमा सक्रिय रहन आग्रह गर्दै स्वामित्वभावका साथ योजनाको दीर्घकालीन उपयोग सुनिश्चित गर्नुपर्ने कुरामा विशेष जोोड दिएर अध्यक्ष रानाकै विशेष पहलमा यो योजनाको थालनी गरिएको हो।
थप समाचार



स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!








