स्थानीय

बाँकेको कोहलपुर ६ मा रहेको दिव्य विद्या सदन मा.बि.द्वारा वार्षिक खेलकुद प्रतियोगिता उद्घाटन!

Samayapati

 बाँकेको कोहलपुर ६ स्थित दिव्य विद्या सदन माध्यमिक विद्यालय कोवलपुरले वार्षिक खेलकुद प्रतियोगिता २०८२ को औपचारिक उद्घाटन गरेको छ।

१७ गते देखि मंसिर १९ गते सम्म संचालित हुने बार्षिक खेलकुद प्रतियोगिता २०८२ ले बिध्यार्थीहरुको खेल प्रतिको रुचि र क्षमताकाई  अझ प्रगाढ होस भन्ने उदेश्यले यो कार्यक्रम संचालन गरिएको हो।

 विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकनाथ पौडेलको अध्यक्षतामा कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय भलिबलका पूर्व रेफ्री महेशचन्द्रले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका थिए। उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि चन्दले  विद्यालयले खेलकुदलाई दिगो रूपमा प्रोत्साहन गर्दै आएको उल्लेख गरे। खेलकुदले विद्यार्थीलाई अनुशासित, आत्मविश्वासी र प्रतिस्पर्धी बनाउने भएकाले विद्यालयले अझै संवर्धन तथा विस्तार गर्नुपर्ने उनले बताएका थिए।

कार्यक्रमका विशेष अतिथि खेलकुद प्रशिक्षक टीकाराम आचार्य ले पनि आफ्नो धारणा व्यक्त गर्दै विद्यालयले विद्यार्थीहरूलाई सर्वांगीण विकासतर्फ उन्मुख गराउन खेलकुद प्रतियोगिताले टेवा पुर्‍याउने बताए। उनले खेलकुदको माध्यमबाट आपसी सद्भाव, सहकार्य र टोली भावना विकास हुने भएकाले यो गतिविधि विद्यालयको महत्वपूर्ण पहिचान बन्न सक्ने उल्लेख गरे।

अतिथिका रूपमा विद्यालय सञ्चालन समितितर्फ भूमिराम ढकाल, जीवलाल ढकाल, धर्मराज उपाध्याय, दिपेन्द्र सुवेदी,  प्रबन्ध निर्देशक अनुप शाही , प्रधानाध्यापक  नारायण पंगिनी, लेखापाल  सीता शर्मा,  गणेश रेग्मी, मावि संयोजक लगायत विद्यालयका सम्पूर्ण शिक्षक, शिक्षिका तथा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूका उपस्थितिले कार्यक्रमलाई उत्साहपूर्ण बनाएको थियो। कार्यक्रमको व्यवस्थित सञ्चालन र सहजीकरण शर्मा पौडेलले गरेका थिए।

कार्यक्रमका अध्यक्ष लोकनाथ पौडेलले विद्यालयले खेलकुद प्रतिस्पर्धालाई निरन्तरता दिनु आवश्यक रहेको उल्लेख गर्दै विद्यालय व्यवस्थापन समिति विद्यार्थीको समग्र विकासका लागि सदैव प्रतिबद्ध रहने बताए। उनले विद्यालयले हासिल गरेको सफलतामा शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको साझा भूमिकाको प्रशंसा गरे। उद्घाटनपछिको सत्रमा विभिन्न खेल गतिविधिहरू अघि बढाइएका थिए। खेलकुदका विधाहरूमा विद्यार्थीहरूको उत्साहपूर्ण सहभागिता रहेको विद्यालयले जनाएको छ।


प्रकाशित मिति: बुधवार, मंसिर १८, २०८२, ०२:१०:००
प्रतिक्रिया दिनुहोस्

थप समाचार