पैक रोकाय बिजुली दाह्रे मष्टो देवता विषयक पुस्तक विमोचन तथा पारिवारिक भेटघाट कार्यक्रम कोहलपुरमा सम्पन्न!
स्थानीय
पैक रोकाय बिजुली दाह्रे मष्टो देवता विषयक पुस्तक विमोचन तथा पारिवारिक भेटघाट कार्यक्रम कोहलपुरमा सम्पन्न!

बाँकेको कोहलपुर नगरपालिका–११ स्थित होटल पार्टी प्यालेसमा पैक रोकाय बिजुली दाह्रे मष्टो देवता’ पुस्तकको विमोचन तथा रोकाय परिवारको पारिवारिक भेटघाट कार्यक्रम सम्पन्न भएको छ।
योगेन्द्रराज आरसीको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि जाजरकोट कुुुुशे९ भूपू प्रधानपञ्च मानबहादुर रोकायले कार्यक्रमको ब्यानर परेर पुस्तक विमोचनको उद्घाटन गर्नुभयो। उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि रोकायले रोकाय समाज बिस्तार हुँदै विदेशसम्म फैलिएको अवस्थामा यस पुस्तकले ऐतिहासिक तथ्य, मूल थलो र पुस्तौंदेखि चल्दै आएको परम्परा संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले रोकाय समुदाय विभिन्न ठाउँमा छरिए पनि मन, विचार र पहिचानले एकीकृत हुन थालेको उल्लेख गर्दै “इतिहास लेखिन्छ, तर जोगाउन चाहिने पुस्ताकै काम हो। यस पुस्तकले त्यो जिम्मेवारी पुरा गरेको छ,” भन्नुभयो।
कार्यक्रमकी विशिष्ट अतिथि तथा कुशे जाजरकोट गाउँपालिका उपाध्यक्ष देवीका सिंहले पुस्तक प्रकाशनका लागि आफू, आफ्नो परिवार र गाउँपालिकाले गरेको सहयोगलाई उल्लेख गर्दै मष्टो देवताको ऐतिहासिकता संरक्षण अब सामुहिक अभियान बन्नुपर्ने धारणा राख्नुुुभयो उहाँ महिला नेतृत्वको भूमिकामा रहेका आफूलाई रोकाय समुदायबाट पाइने सम्मान र विश्वासले अझ जिम्मेवारी थपिएको बताउँदै, “पहिचान, संस्कार र इतिहास जोगाउने अभियानमा महिलाको सहभागिता अपरिहार्य छ,” भन्दै दामदार अभिव्यक्ति राख्नुभयो।
कार्यक्रममा अधिवक्ता रत्नबहादुर रोकाय (आरसी), सल्लाहकार डा. सुरेश आरसी र समाजसेवी विकास रोकायले संयुक्त धारणा व्यक्त गर्दै पुस्तकले रोकाय समुदायको उत्पत्ति, बसोबास, गोत्र, परम्परा तथा देवतासम्बन्धी ऐतिहासिक जानकारीलाई व्यवस्थित रूपमा प्रस्तुत गरेको बताए। उनीहरूले मष्टोदेवताको संरक्षण, सम्वर्द्धन र अध्ययन–अनुसन्धानमा जाने ढोका अब अझै खुल्ने विश्वास व्यक्त गरे। ‘पैक रोकाय र बिजुलीदारे मष्टो देवता’ पुस्तकका लेखक धीरेन्द्र आर.सी, प्रधान सम्पादक योगेन्द्रराज आर.सी र सम्पादन मण्डलमा संलग्न मानार्थ उपसेनानी कृष्णबहादुर रोकाय, अधिवक्ता रत्नबहादुर रोकाय, शिक्षक हस्तबहादुर रोकायलगायतले पुस्तकमा रोकाय समुदायको मूल इतिहास र पहिचानबारे समेटिएको जानकारी दिएका छन्।
पुस्तकमा जुम्लाको सिजादेखि जाजरकोटको बिजुलीडाँडा, दैलेख, बाँके, कोहलपुर, काठमाडौं हुँदै अमेरिका, क्यानडा, अस्ट्रेलियासम्म रोकाय समुदायको फैलावट, उनीहरूको गोत्र, बसोबास र परम्पराको विस्तृत वर्णन छ।
ऐतिहासिक रूपमा मुगुको कावाबाट कुशे पाटनको पातिहाल्न भन्ने ठाउमा बर्षे घण्टाको उत्पत्ति भएको मष्टो देवतालाई घरङ्गाका ठकुरीले लामीडाडा (कफल्ला) ल्याएको त्यसपछि बिजुलीडाँडा हुदै आएर पैकमा भइ त्यहाँका रोकायहरुको धामी धमेनीले आफ्नो अस्तित्व कायम गरेको यो पुस्तकमा पाइन्छ। स्थानीय धामी–धमिनीहरूको निरन्तर धर्म–परम्परा सञ्चालनका कारण मष्टो देवताको अस्तित्व अझै जगेर्ना हुँदै आएको बताइन्छ।
कार्यक्रममा भरत रोकाय( कार्कीगाउ) , योगेन्द्र राम आरसी कोहलपुर , कृष्णबहादुर रोकाय कोहलपुर ,जाजरकोट कुशे गाउँलालिकाका उपाध्यक्ष देवीका सिंह रोकाय कोहलपुर , डा. सुरेश आरसी कोहलपुर , सीता रोकायकोहलपुर , कमला रोकायवकोहलपुर , विकास रोकाय कोहलपुर , गोपाल रोकाय (कार्कीगाउँ), रमेश आरसी नेपालगन्ज , राजु आरसी नेपालगन्ज , , पार्वती आरसी (रावल) नेपालगन्ज लगायतको व्यापक सहभागिता रहेको थियो।
आजको कार्यक्रमलाई ब्यबस्त्थापनका साथै सहजीकरण गर्नुहुने मानार्थ उपसेनानी कृष्णबहादुर रोकाय गर्नुभएको थियो भने अन्तमा अध्यक्ष योगेन्द्रराज आरसीले पुस्तकप्रतिको विश्वास, समुदायको एकता र सहभागीहरूको उपस्थिति तथा सहयोगप्रति धन्यवाद व्यक्त गर्दै मष्टो देवताको ऐतिहासिक र पौराणिक महत्वलाई आगामी पुस्ताका लागि संरक्षित राख्न सबैको भूमिका आवश्यक रहेको भन्दै कार्यक्रम समापन गर्नुभएको थियो।
थप समाचार




स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!







