स्थानीय

कोहलपुर–२ मा जनएकता मध्यवर्ती सामुदायिक वनको २०औँ वार्षिक बेला सार्वजनिक सुनुवाइ सम्पन्न।

Samayapati

बाँकेको कोहलपुर नगरपालिका–२ मा अवस्थित जनएकता मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको २०औँ वार्षिक बेला सार्वजनिक सुनुवाइ कार्यक्रम आइतबार सम्पन्न भएको छ।

सामुदायिक बनले   गएको वर्ष सञ्चालन गरेका गतिविधि, आय–व्यय, उपलब्धि र आगामी योजना बारे उपभोक्तालाई प्रत्यक्ष जानकारी दिने गरेको हो।

आजको कार्यक्रम समुदाय बनकी अध्यक्ष पूर्ण्यप्रभा   मल्लको सभापतित्वमा  प्रमुख अतिथि कोहलपुर–२ का वडा अध्यक्ष हरि  कठायतले सो कार्यक्रमको ब्यानर  पढेर  औपचारिक उद्घाटन गरेका थिए।

उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि कठेटले सामुदायिक वन उपभोक्ता समूहले स्थानीयस्तरमा वातावरण संरक्षण, सामुदायिक समृद्धि र विपद् जोखिम न्यूनीकरणमा महत्वपूर्ण काम गर्दै आएको भन्दै समूहको भूमिकालाई प्रशंसा गरेका थिए। उनले वडास्तरमा आवश्यक सहयोग र समन्वय निरन्तर रहिरहने प्रतिबद्धता व्यक्त गरेका थिए।

कार्यक्रममा विशिष्ट अतिथि देउराली मध्यवर्ती सामुदायिक वन समिति अध्यक्ष लोकेन्द्रबहादुर खत्री, कोहलपुर–१ का वडा सदस्य कबिराम पुलामी, बाँके राष्ट्रिय निकुञ्जका प्रतिनिधि विश्वनाथ वली, कोहलपुर–२ का नेपाली कांग्रेस वडा उपसभापति दलबहादुर कार्की, नेकपा एमालेका वडा अध्यक्ष शान्तबहादुर बुढा, नेपाली कांग्रेस वडा अध्यक्ष चन्द्रबहादुर जिसी, राष्ट्रिय प्रजातन्त्र पार्टीका वडा अध्यक्ष सुमित्रा शाही सहितको अतिथिहरुले सयुक्त रुपमा आफ्ना धारणा राख्त्को थिए ।

स्थानीय सरोकारवालाको उल्लेखनीय उपस्थिति रहेको देखिन्थ्यो त्यस्तै  उनीहरूले आ–आफ्ना भनाइ राख्दै सामुदायिक वनले स्थानीय रोजगारी, दिगो वन व्यवस्थापन र समुदायको सामाजिक विकासमा पुर्‍याइरहेको योगदान प्रशंसनीय रहेको उल्लेख गरे। वार्षिक प्रतिवेदन, लेखापरीक्षण, उपभोक्ताको सुझाव तथा आगामी योजना कार्यक्रममार्फत समूहले पारदर्शिता र उत्तरदायित्वलाई निरन्तरता दिएको भन्दै सरोकारवालाले प्रसंसा व्यक्त गरे।

कार्यक्रमको अन्त्यमा समूहका अध्यक्ष मल्लले समापन गर्दै सबैलाई  धन्यवाद दिएकी थिइन भने आजको कार्यक्रमलाइ

ब्यबस्थित र मर्यादित तरिकाले सोहि सामुदायिक बनका कोषाध्यक्ष बलबहादुर बुढाले समापन सत्रको सहजीकरण गर्दै सबै सहभागीप्रति धन्यवाद व्यक्त गरेका थिए।


प्रकाशित मिति: शुक्रवार, मंसिर ६, २०८२, ०३:३६:००
प्रतिक्रिया दिनुहोस्