कुशे गाउँपालिका अध्यक्ष बस्नेतको पहलमा कुशे–३ की ललिता पुनलाई हेलिकप्टर मार्फत उद्वार।
स्थानीय
कुशे गाउँपालिका अध्यक्ष बस्नेतको पहलमा कुशे–३ की ललिता पुनलाई हेलिकप्टर मार्फत उद्वार।
जाजरकोट — जाजरकोटको कुशे गाउँपालिका–३ की ललिता पुन एक्कासि हर्ट्ट्याक भइ अचेत अवस्थामा पुगेकी छिन्। स्थानीय स्वास्थ्यकर्मीहरूको भनाइअनुसार, केही समयभित्र सुरक्षित स्थानमा पुर्याउन सकिएमा उनको ज्यान जोगिन सक्ने अवस्था रहेको थियो। यही संवेदनशील घडीमा कुशे गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतको पहलमा माउन्टेन एयरको हेलिकप्टर काठमाडौँबाट मगाइ, पुनलाई तत्काल उद्धार गरी काठमाडौँको वीर अस्पतालमा उपचारका लागि पठाइएको हो। निज पुनको पारिवारिक स्रोतले जानकारी दिएको अनुसार, ललिता अचानक हर्ट्ट्याक भएपछि घरपरिवारले प्राथमिक उपचारका लागि स्थानीय स्वास्थ्यकर्मीलाई बोलाएका थिए। तर अवस्थाको गम्भीरता देखिएपछि गाउँपालिका अध्यक्ष बस्नेतलाई सम्पर्क गरियो। तत्काल निर्णय लिँदै अध्यक्ष बस्नेतले उद्धारका सबै प्रबन्ध मिलाए र माउन्टेन एयरको हेलिकप्टरमार्फत उद्धार कार्य सुरु गरियो। बस्नेतले समयपाटीसँग कुरा गर्दै भने, “हामीले समयमै पहल गर्न सकेका छौँ, वीर अस्पतालसम्म सुरक्षित पुग्नुभयो भने उहाँको ज्यान जोगिन सक्छ भन्ने स्वास्थ्यकर्मीहरूको आशा छ।” अध्यक्ष बस्नेतले यसअघि पनि गाउँभित्र यस्ता आकस्मिक अवस्थाहरूमा मानवीय पहल गर्दै उद्धारका कार्यहरू निरन्तर गर्दै आएका छन्। विशेष गरी आर्थिक रूपमा कमजोर, पिछडिएका तथा दुर्गम बस्तीमा बसोबास गर्ने व्यक्तिहरूको जीवनरक्षा गर्न उनले पटक–पटक यस्ता आपतकालीन सेवाहरूको व्यवस्था गरेका छन्। “हामी गाउँपालिकाबाट स्वास्थ्य सेवा सबैका घरमा पुगोस् भन्ने चाहन्छौँ, तर जब तत्काल उद्धार नै आवश्यक पर्छ, तब यस्तो हवाई सेवा जीवनरक्षक सावित हुन्छ,” बस्नेतले थपे। उनले स्मरण गरे, बिगतका वर्षहरूमा पनि गाउँपालिकाले यस्ता समुदायका लागि पटक–पटक उद्धारका पहल गर्दै आएको छ। विशेष गरी सुत्केरी महिलाहरू, अचानक रुख वा भिरबाट खसेका व्यक्ति, र आकस्मिक रोगले ग्रस्त नागरिकहरूको जीवन बचाउन हेलिकप्टरमार्फत उद्धार गरिएको उदाहरण गाउँमा कैयौँ छन्। “हामी कुनै पनि नागरिकको जीवन जोखिममा नपरोस् भन्ने उद्देश्यले यस्ता उद्धार सेवा सञ्चालन गर्दै आएका हौँ,” बस्नेतले भावुक हुँदै भने। गाउँपालिकाको यो कदमप्रति स्थानीयवासीहरूले समेत प्रशंसा व्यक्त गरेका छन्। दुर्गम भेगमा रहेका नागरिकका लागि यस्तो त्वरित सहयोग र जिम्मेवार नेतृत्वले आशा जगाएको छ। ललिता पुनको अवस्था गम्भीर भए पनि उद्धारपछि उपचार सम्भव भएको भन्दै उनका परिवारजनले गाउँपालिकालाई धन्यवाद व्यक्त गरेका छन्। अध्यक्ष बस्नेतका अनुसार, उद्धारका यस्ता पहलहरू गाउँपालिकाको सामाजिक उत्तरदायित्व अन्तर्गत निरन्तर जारी रहनेछन्।
थप समाचार



स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!








