कोहलपुर १० मा रहेको वृत्ति विकास कृषि सहकारी संस्थाको १२औं वार्षिक साधारण सभा सम्पन्न!
स्थानीय
कोहलपुर १० मा रहेको वृत्ति विकास कृषि सहकारी संस्थाको १२औं वार्षिक साधारण सभा सम्पन्न!

कोहलपुर, बाँके — कोहलपुर–१० सट्टाटस्थित वृत्ति विकास कृषि सहकारी संस्था लिमिटेडको १२औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ।
यस सहकारी संस्थाको उदेेश्य सदस्यहरूलाई आर्थिक रूपमा सशक्त बनाउँदै कृषि व्यवसायलाई आधुनिक, उत्पादनमुखी र आत्मनिर्भर बनाउने हो।
सहकारीका सिद्धान्तअनुसार बचत, ऋण, उत्पादन र बजार व्यवस्थापनमार्फत स्थानीय समुदायको समग्र आर्थिक उन्नति सुनिश्चित गर्नु संस्थाको प्रमुख ध्येय रहेको छ।
कार्यक्रमको अध्यक्षता सहकारीका अध्यक्ष रामबहादुर थारुको अध्यक्षतामा प्रमुख अतिथि निवर्तमान अध्यक्ष पडा कुमारी शर्माले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरिन। उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि शर्माले सहकारी संस्था समुदायको आर्थिक सशक्तीकरणको माध्यम भएको बताउँदै यसको स्थायित्वका लागि इमानदारी, पारदर्शिता र अनुशासन अत्यावश्यक रहेको उल्लेख गरिन। उनीका अनुसार सहकारी सदस्यहरूलाई उत्पादनमुखी र उद्यमशील बन्न आग्रह गर्दै सबै मिलेर सहकारीको आदर्श र सिद्धान्तलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिइन।
कार्यक्रममा सहकारीकी प्रबन्धक शान्ति शाहीले सहकारीका नियम, नीति, कार्यक्रम, उद्देश्य र सिद्धान्तबारे प्रतिबेदन प्रस्तुत गर्दै संस्थाले स्थानीय आर्थिक विकासमा पुर्याइरहेको योगदानबारे जानकारी दिइन। उनीका अनुसार सहकारीमा हाल ११८९ जना शेयर सदस्य रहेका छन्। संस्थाको वार्षिक कारोबार ६६,९९८,८७२ रुपैयाँ १३ पैसा पुगेको छ भने कुल खर्च ६६,९२३,६८२ रुपैयाँ ७८ पैसा र खुद नाफा ३,८४,५१९ रुपैयाँ ४२ पैसा रहेको उल्लेख गरियो।त्यसैगरी, यस सस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति थारुले वार्षिक प्रतिबेदन प्रस्तुत गर्दै विगत वर्षका उपलब्धिहरू, चुनौतीहरू र आगामी कार्ययोजना बारे जानकारी गराए। उनीले भने सदस्यहरूको निरन्तर सहयोग र विश्वासका कारण सहकारीले निरन्तर प्रगति हासिल गरिरहेको बताउँदै थप सशक्त र आत्मनिर्भर सहकारी निर्माणमा सबैको साझा भूमिका आवश्यक रहेको बताए।
कार्यक्रममा सहकारीमा आबद्ध उत्कृष्ट शेयर सदस्यहरूलाई विभिन्न विधामा सम्मानित गरिएको थियो। कार्यक्रममा सञ्चालक समितिका उपाध्यक्ष तथा ऋण उपसमितिका संयोजक नारायण पौडेल, लेखा समिति संयोजक तथा उपसमिति संयोजक प्रतापराज शर्मा, प्रमुख सल्लाहकार पदमराज काफ्ले, कानुनी सल्लाहकार कर्णबहादुर खर्ती, सदस्यहरू कैलाश थारु, हरिबहादुर रावत, दुर्गा शर्मा, द्वर्णप्रसाद आचार्य, शर्मिला सुनार, रमा आचार्य भट्ट, सुस्मिता पौडेल, लक्ष्मणजंग शाह, प्रधान थारु, इन्द्र हमाल, जगतपाल थारु लगायतको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रमको सहजीकरण शेरबहादुर योगीले गरेका थिए। सभाको समापन गर्दै अध्यक्ष रामबहादुर थारुले सहकारीको मूल उद्देश्य सदस्यहरूबीच आर्थिक सहयोग, आत्मनिर्भरता र साझा विकास हो भन्दै आगामी वर्षमा सहकारीलाई थप गतिशील र प्रभावकारी बनाउन सबै सदस्यहरूको निरन्तर योगदान आवश्यक रहेको बताउदै आजको कार्यक्रम समापन गरेका थिए। सो कार्यक्रम उत्साहजनक वातावरणमा सम्पन्न भएको थियो, जसले समुदायमा सहकारीप्रतिको विश्वास र उत्साह अझ बढाएको छ।
थप समाचार




स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!