स्थानीय

कोहलपुर १५ चन्नहवामा पहिलो महिला नेतृत्व : मुक्ती थारुको अध्यक्षतामा ९ सदस्यीय समिति गठन!

Samayapati

 बाँकेको कोहलपुर नगरपालिका–१५ चन्नहवामा अवस्थित श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा सोमबार अभिभावक भेलाले नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरेको छ।

आजको बिद्यालय ब्यबस्थापन समितिको नेतृत्वले विद्यालयलाई गुणस्तरीय शिक्षाको उत्कृष्ट केन्द्र बनाउने, आवश्यक भौतिक संरचना विकास गर्ने, अभिभावक–शिक्षक सहकार्यलाई सुदृढ पार्ने र विद्यालयलाई समुदायमै नमूना बनाउन योगदान पुर्‍याउनु रहेको विद्यालयले स्पष्ट पारेको हो।

सोमबार २०८२ असोज ६ गते सम्पन्न भेलाले अभिभावकबाट छानिएका ४ जना, मनोनित २ जना, पदेन वार्ड सदस्य, शिक्षक प्रतिनिधि र प्रधानाध्यापकसहित ९ सदस्यीय समिति सर्वसम्मतिमा गठन गरेको छ।

यो विद्यालयको इतिहासमै पहिलोपटक महिला अध्यक्षको नेतृत्वमा समिति गठन हुनु ऐतिहासिक उपलब्धि भएको सहभागीहरूले बताएका छन्।

सर्वसम्मतिले गठन भएको समितिको अध्यक्षमा महिला सदस्य श्री मुक्ती कुमारी थारु निर्वाचित भएकी छन्। समितिको संरचना समितिको संरचना यसप्रकार छ : अध्यक्ष : मुक्ती कुमारी थारु सदस्यहरू : सीता थारु, शोभा कुमारी थारु, राम लखन थारु, किसनी थारु, प्रताप सिंह थारु, संत कुमार थारु, केशव प्रसाद थारु सदस्य सचिव : भोजेंद्र बहादुर बुढा क्षेत्री,  नवनिर्वाचित समितिको कार्यकाल २०८२ असोज ११ गतेदेखि सुरु हुने विद्यालयले जनाएको छ।

नयाँ नेतृत्वको भनाइ समितिको अध्यक्षमा निर्वाचित भएकी मुक्ती कुमारी थारुले आफ्नो पहिलो प्रतिक्रिया दिँदै भनिन्, “विद्यालयको इतिहासमै पहिलोपटक महिला अध्यक्षको जिम्मेवारी पाउनु सम्मान मात्र नभई ठूलो जिम्मेवारी पनि भएको बताएकी छन। समुदाय, शिक्षक र अभिभावकको एकताबाट मात्र विद्यालयलाई शैक्षिक उत्कृष्टतामा पुर्‍याउन सकिन्छ। यो अवसरलाई म चुनौती र सम्भावना दुवैको रूपमा लिएको छु।”

त्यस्तै, सदस्य सचिव एबम सोही बिद्यालयका प्रधानाध्यापक भोजेंद्र बहादुर बुढा क्षेत्रीले समितिको कार्य सफल बनाउन सबैको सहकार्य अपरिहार्य रहेको बताए। उनले भने, “विद्यालय व्यवस्थापन समिति मात्र होइन, सम्पूर्ण समुदायले साथ दिनुपर्छ। विद्यालयलाई पारदर्शी, जवाफदेही र परिणाममुखी बनाउन हामी सब एक भएर लाग्नेछौँ ।  समितिको नयाँ नेतृत्वलाई स्वागत गर्दै भने, “विद्यालयमा गुणस्तरीय शिक्षा, भौतिक संरचना र सिकाइमैत्री वातावरण निर्माण हाम्रो साझा लक्ष्य हो। समितिको नयाँ स्वरूपले यस विद्यालयलाई अझ सबल र सक्षम बनाउने विश्वास लिएको छु।”

सहकार्य र ऐक्यबद्धता भेलामा सहभागी अभिभावकहरूले विद्यालय व्यवस्थापन समितिमा देखिएको सहकार्य र एकतालाई सराहना गर्दै आगामी दिनमा पनि त्यही भावनाले विद्यालयलाई अघि बढाउनुपर्ने धारणा राखे। उनीहरूले विद्यालयलाई सुरक्षित, समावेशी र गुणस्तरीय बनाउन समितिको भूमिकालाई महत्वपूर्ण बताए।

समितिको गठनसँगै विद्यालयलाई अझ पारदर्शी, व्यवस्थित र परिणाममुखी बनाउने अपेक्षा गरिएको छ। महिला नेतृत्वको उपस्थितिलाई सहभागीहरूले ऐतिहासिक महत्वको कदमका रूपमा व्याख्या गरेका छन्।


प्रकाशित मिति: सोमवार, आश्विन ६, २०८२, ०७:२५:००
प्रतिक्रिया दिनुहोस्