स्थानीय

८७ विद्यार्थीका लागि २ शिक्षक : अनुदानसमेत कटौती, बैजनाथ गाउँपालिकालाई अल्टिमेटम!

Samayapati

 बाँकेको बैजनाथ गाउँपालिका–२ दक्षिण लधौरामा अवस्थित सरस्वती प्राथमिक विद्यालय गम्भीर संकटमा परेको छ।

 २०५२ सालमा स्थापना भएको यस विद्यालयको मुख्य उद्देश्य ग्रामीण समुदायका बालबालिकालाई प्राथमिक  तहमा गुणस्तरीय शिक्षा उपलब्ध गराउनु हो ।

कक्षा बाल विकासदेखि कक्षा ५ सम्म अध्यापन हुने यस विद्यालयमा हाल ८७ जना विद्यार्थी अध्ययनरत छन् । तर यत्रो संख्यामा विद्यार्थी भए पनि पठनपाठनका लागि जम्मा दुई जना शिक्षक मात्र कार्यरत छन् । विद्यालयमा एक जना शिक्षक बाल विकास कक्षामा तोकिएका छन् भने प्रधानाध्यापक र अर्का १ जना  शिक्षक गरि जम्मा जना शिक्षकले  कक्षा १ देखि ५ सम्म सबै कक्षामा अध्यापन गर्नुपर्ने बाध्यता छ ।

शिक्षकको तुलनामा विद्यार्थी संख्या बढ्दो क्रममा रहँदा शिक्षकको संख्यामा भने कमी झन् गहिरिँदै गएको छ ।बैजनाथ गाउँपालिकाले पहिले दिएको अनुदानसमेत कटौती गरेको हुदा  विद्यालयको दैनिक सञ्चालनका लागि बैजनाथ गाउँपालिकाले दिने अनुदान नै प्रमुख स्रोत थियो तर सोहि पालिकाले विगतमा दिएको   अनुदानसमेत  कटौती गरेपछि विद्यालय थप संकटमा परेको विद्यालय व्यवस्थापन समितिले जनाएको छ ।

 विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष प्रमिला कुमारी थारुले बैजनाथ गाउँपालिका प्रति कडा आपत्ति जनाउँदै भनिन्, “८७ जना विद्यार्थी पढ्ने विद्यालयलाई दुई शिक्षकका भरमा धान्न सकिँदैन । पालिकाले पहिले दिएको अनुदानसमेत कटौती गरेर शिक्षा अधिकारमै प्रहार गरेको गुनासो समयपाटीलाई गरेकी छन । तत्काल शिक्षक बढाउने र कटौती गरिएको अनुदान फिर्ता नगरे हामी संघर्षको बाटोमा उत्रिनेछौं समेत चुनौती दिएकी छन ।”

 विद्यालयका प्रधानाध्यापक राज कुमार थारुले पनि वर्तमान अवस्थालाई ‘दुखद’ भन्दै चिन्ता व्यक्त गरेका छन। उनले भने, “ एक कक्षा देखि पाँच कक्षा सम्माको पढाइ दुई शिक्षकले मात्रै सम्भाल्नु निकै असम्भव छ । विद्यार्थीहरूको भविष्य अन्धकारतिर धकेलिँदै गएको छ । पालिकाले तत्काल हस्तक्षेप नगरे यो विद्यालय धान्नै नसकिने अवस्थामा पुग्ने प्रधानाध्यापक थारुको गुनासो रहेको छ ।”

विद्यालयका सूचना अधिकारी टेक बहादुर मल्लले समेत पालिकाले शिक्षा क्षेत्रमा देखाएको उदासीनतामाथि प्रश्न उठाए । उनका शब्दमा, “विद्यालयको वास्तविक अवस्था पालिकाले राम्ररी बुझ्छ, तर पनि स्रोत–साधनमा सहयोग गर्नुको साटो उल्टै अनुदान कटौती गर्नु दुःखद छ । यसरी निरन्तर उपेक्षा भए विद्यार्थीहरूले प्राथमिक  शिक्षाबाटै वञ्चित हुने अवस्था आउँछ ।”

अभिभावकहरूले पनि पालिकामाथि आक्रोश व्यक्त गर्दै आफ्ना छोराछोरीको भविष्यसँग खेलवाड नगर्न चेतावनी दिएका छन् ।

विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक सबै मिलेर पालिकालाई अल्टिमेटम दिएका छन्— जस अन्तरगत शिक्षक संख्या तत्काल बढाइयोस्, कटौती गरिएको अनुदान फिर्ता होस्, विद्यालयलाई आवश्यक स्रोत साधन उपलब्ध गरियोस् आक्रोश व्यक्त गरेका छन । 


प्रकाशित मिति: आइतवार, आश्विन ५, २०८२, ०५:३३:००
प्रतिक्रिया दिनुहोस्

थप समाचार