स्थानीय

भेरी नगरपालिका–१० मा १८ बालबालिकालाई खाद्य, लत्ताकपडा र नगद सहयोग, अध्यक्ष रानाको पहलप्रति जनताको खुसी!

Samayapati

जाजरकोट । जाजरकोट जिल्ला भेरी नगरपालिका वडा नम्बर १० का १८ जना विपन्न बालबालिकालाई खाद्य सामग्री, ओढ्ने–ओछ्याउने लत्ताकपडा र प्रत्येकलाई नगद २ हजारका दरले सहयोग गरिएको छ।

पहाडी क्षेत्र विकास अभियान र सेभ द चिल्ड्रेनको साझेदारीमा आयोजित कार्यक्रममा सो सहयोग वितरण गरिएको हो।

कार्यक्रममा संस्थाका प्रमुख प्रदीप जङ शाहले वडा नम्बर १० का अध्यक्ष दल बहादुर रानाको रोबरमा बालबालिकालाई सहयोग हस्तान्तरण गरे। शाहले संक्षिप्त भनाइ दिँदै भने, “विपन्न बालबालिकाको शिक्षा, स्वास्थ्य र संरक्षणमा सानो योगदान दिन पाउनु हाम्रो सन्तोष हो।”

भेरी नगरपालिका वडा नम्बर १० का अध्यक्ष दल बहादुर रानाले यस्तो सहयोग अत्यन्तै उपयोगी भएको बताउँदै आफू सधैं यस्ता सामाजिक कार्यमा अगाडि बढ्ने गरेको उल्लेख गरे। उनले भने, “हाम्रो वडाका अधिकांश बालबालिका विपन्न परिवारका छन्। परिवारले दैनिक जीवन धान्नमै गाह्रो पर्छ। यस्तो अवस्थामा खाद्य सामग्री, लत्ताकपडा र नगद सहयोगले तत्काल राहत मात्र होइन, उनीहरूमा नयाँ उत्साह पनि भरेको छ। म सधैं यस्ता काममा अगाडि बढ्ने गर्छु, जनताको खुशी र सन्तुष्टिलाई नै आफ्नो ठूलो उपलब्धि ठान्छु।” अध्यक्ष रानाले थपे, “यो मात्र होइन, वडाको समग्र विकासका लागि म निरन्तर खटिरहेको छु। शिक्षा, स्वास्थ्य, सडक, खानेपानीदेखि सामाजिक क्षेत्रमा वडालाई नमुना बनाउन हाम्रो प्रयास छ। वडालाई नमुना वडा बनाउन सकिएकोमा गर्व छ, र यसमा जनताको निरन्तर सहयोग र विश्वास सबैभन्दा ठूलो शक्ति हो।”

वडा सचिव लालबहादुर कार्कीले पनि सहयोगलाई स्वागत गर्दै भने, “वडामा रहेका विपन्न बालबालिकाको जीवनस्तर उकास्न यस्ता सहयोगले ठूलो मद्दत पु¥याउँछ। स्थानीय सरकारसँगै विकासका साझेदार संस्थाले दिएको साथले वडामा सकारात्मक परिवर्तन सम्भव भएको  वडा सचीव कार्कीले बताए।

सहयोग प्राप्त गरेका बालबालिकाका अभिभावकहरूले संयुक्त रूपमा आभार व्यक्त गर्दै भने, “हामी गरीब र श्रमिक परिवार हौँ। दैनिक रुपमा आफ्नो  गुजारा गर्छौँ। छोराछोरीलाई विद्यालय पठाउँदा किताब, कपडा र खानेकुराको ठूलो समस्या हुन्छ। आज यो सहयोगले हाम्रो मनमा ठूलो सान्त्वना दिएको छ। यस्ता सहयोगले बालबालिकालाई शिक्षामा टिकाउन मद्दत पुग्नेछ।” त्यस्तै, स्थानिय जनताले पनि वडा अध्यक्ष दल बहादुर रानाको कार्यशैलीको प्रशंसा गरे। उनीहरूले भने, “अध्यक्षले वडामा गरेका विकास गतिविधि देख्दा हामी निकै खुसी छौँ। सडक, खानेपानी, विद्यालय र सामाजिक क्षेत्रमा वडालाई नमुना बनाइएको छ। यस्तो नेतृत्वले गर्दा जनताको मन जित्न सफल भएका छन्।”

कार्यक्रमको सहजीकरण वडा  कार्यालय सहयोगी गोपाल महताराले गरेका थिए।

कार्यक्रमको अन्त्यमा वडा अध्यक्ष दल बहादुर रानाले सहयोगी सस्था सोही सस्थाका प्रमुख, कर्मचारी लगायत उपस्थित सम्पुर्णलाई पुनः धन्यवाद ज्ञापन गर्दै यस्ता सहयोगात्मक पहलले विपन्न समुदायमा आशा र आत्मबल जागृत हुने बताए।


प्रकाशित मिति: शनिवार, आश्विन ४, २०८२, ०३:५९:००
प्रतिक्रिया दिनुहोस्