पञ्चमुखी स्कुलको २०औँ वार्षिक उत्सव सम्पन्न, सिर्जनशीलता र अनुशासनको उत्कृष्ट प्रस्तुति!
स्थानीय
पञ्चमुखी स्कुलको २०औँ वार्षिक उत्सव सम्पन्न, सिर्जनशीलता र अनुशासनको उत्कृष्ट प्रस्तुति!

कोहलपुर नगरपालिका–५ स्थित पञ्चमुखी इङ्लिस मिडियम सेकेन्डरी स्कुलको २० औ वार्षिक उत्सव तथा अभिभावक दिवस २०८२ भव्य रूपमा सम्पन्न भएको छ।
यस कार्यक्रमले विद्यालय र अभिभावकबीच सहकार्य मजबुत बनाउँदै विद्यार्थीहरूको सर्वाङ्गीण विकास, अनुशासन, सिर्जनशीलता तथा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने मीठो उद्देश्य बोकेको थियो।
विद्यालयका संस्थापक किशोरराज मल्लको सभापतित्वमा आयोजित कार्यक्रममा प्रमुख अतिथि कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचार्यले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका थिए। उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि आचार्यले गुणस्तरीय शिक्षामार्फत सक्षम, जिम्मेवार र नैतिकवान नागरिक उत्पादन गर्न विद्यालयको भूमिका अत्यन्त महत्वपूर्ण हुने बताए। उनले शिक्षालाई व्यवहारिक र समयानुकूल बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिए।
त्यस्तै, विशिष्ट अतिथि कोहलपुर नगरपालिका सामाजिक विकास शाखाका संयोजक ईश्वरीप्रसाद विश्वकर्माले शिक्षा क्षेत्रको विकासका लागि स्थानीय तह सधैं प्रतिबद्ध रहने उल्लेख गर्दै विद्यार्थीको प्रतिभा पहिचान र प्रोत्साहनमा जोड दिनुपर्ने बताए।
कार्यक्रममा कोहलपुर नगर शिक्षा शाखा प्रमुख रविलाल मिजार, एन प्याप्सन केन्द्रीय उपाध्यक्ष कुसुम राना, केन्द्रीय कोषाध्यक्ष कुबेत बस्नेत, संस्थापक अध्यक्ष चक्रबहादुर मल्ल तथा केन्द्रीय सचिव श्याम कुँवर लगायतका विशिष्ट अतिथिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। उनीहरूले विद्यालयले प्रदान गर्दै आएको गुणस्तरीय शिक्षा र अनुशासनको प्रशंसा गर्दै आगामी दिनमा अझ उत्कृष्ट बन्न सुझाव दिएका थिए।
कार्यक्रमलाई थप आकर्षक बनाउन विद्यालयका अब्बल व्यक्तित्व बालकुमार शर्माले कुशल सञ्चालन गरेका थिए। विभिन्न सांस्कृतिक प्रस्तुति, प्रतिभा प्रदर्शन तथा सिर्जनात्मक कार्यक्रमहरूले उपस्थित अभिभावक तथा दर्शकलाई मन्त्रमुग्ध बनाएका थिए।
बिध्यार्थी , अभिभावक शिक्षक, शिक्षिका तथा स्थानीय सरोकारवालाहरूको उत्साहजनक सहभागिताले कार्यक्रम थप भव्य बनेको थियो भने उत्कृष्ट बिधामा अभिभावक शिक्षक , शिक्षिका तथा बिध्यार्थीहरु पनि सम्मानित भएका थिए । सबैले संस्थापक किशोर मल्ल र प्रीन्सिपल डिल्ली राज घिमिरे प्रती विद्यालयको प्रगति र भविष्यप्रति सकारात्मक अपेक्षा व्यक्त गरेका थिए।
अन्त्यमा, कार्यक्रमका सभापति एवं संस्थापक किशोरराज मल्लले उपस्थित सम्पूर्णलाई धन्यवाद दिँदै आगामी दिनमा अझ गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रतिबद्धता जनाउँदै कार्यक्रमको समापन गरेका थिए।
थप समाचार



स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!








