स्थानीय

स्थापना भएको ४ दशक नाघ्दा पनि सुविधा विहीन कोहलपुर ९ झण्डहवामा अबस्थित जनज्योति आधारभूत बिद्यालय।

Samayapati

कोहलपुर - कोहलपुर ९ झण्डहवामा रहेको श्री जनज्योति आधारभूत बिद्यालय २०४४ सालमा स्थापना भए पनि  आज सम्म पनि पूर्वाधार र आवश्यक सुविधाको अभावमा छटपटाइरहेको छ ।

तीन दशकभन्दा लामो यात्रा तय गरे पनि विद्यालयमा अझै आधारभूत सुविधाहरु भने  अपूरा रहेका देेेेेखिन्छन।  हाल यस विद्यालयमा जम्मा १३ जना शिक्षकहरु कार्यरत छन् । तीमध्ये स्थायी ३ जना, राहत १ जना, नगर अनुदान ४ जना, बालविकास ४ जना र कार्यालय सहयोगी १ जना रहेका छन् ।

प्रधानाध्यापक कृष्ण प्रसाद श्रेष्ठ,  सहायक प्रधानाध्यापक कल्पना  पौडेल र  सूचना अधिकारी गोबिन्द्र प्रसाद मिश्र र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओपेन्द्र नाथ योगी नेतृत्व र व्यवस्थापनमा सक्रिय छन् ।

सूचना अधिकारी गोबिन्द्र प्रसाद मिश्रका अनुसार विद्यालयमा हाल १९६ जना विद्यार्थी अध्ययनरत छन् । प्रत्येक शुक्रबार अतिरिक्त क्रियाकलाप सञ्चालन हुँदै आएको र यसले विद्यार्थीको सिर्जनशीलता, आत्मविश्वास र सामाजिक सहभागिता बढाएको उनले जानकारी दिए । तर उनले आवश्यक पूर्वाधार अभावकै कारण अझै शैक्षिक गुणस्तरमा चुनौती रहेको बताए ।

विद्यालयमा हाल ५ वटा भवन रहेका छन्, जसमा २ वटा भवन जिर्ण अवस्थामा पुगेका छन् । विद्यार्थीलाई यिनै जोखिमपूर्ण भवनमा पढ्नुपर्ने बाध्यता रहेको छ । विद्यालयको पर्खालमध्ये १७० मिटर मात्र निर्माण भएको छ भने बाँकी भाग अधुरो छ । यसले विद्यालयको सुरक्षा व्यवस्थामा प्रत्यक्ष समस्या खडा गरेको विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद श्रेष्ठका अनुसार  विद्यालयमा तत्काल १ जना अतिरिक्त शिक्षक अति आवश्यक रहेको बताए । उनले भने, “विद्यालयमा शिक्षकको कमीले गणित, अङ्ग्रेजी जस्ता विषयमा पठन–पाठनमा समस्या परेको छ । साथै, कम्प्युटर ल्याब, साइन्स ल्याब र पुस्तकालय अत्यावश्यक छन् । यी सुविधा प्राप्त भए विद्यार्थी अझ गुणस्तरीय शिक्षा लिन सक्नेछन् ।”

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओपेन्द्र नाथ योगीले विद्यालयका समस्या समाधानका लागि आफु पनि स्वयंम सोही ठाउँको वडा अध्यक्ष भएको र वडाबाट हुने  सम्पुर्ण सहयोग भइरहेको भन्दै अझ थप सहयोगको लागि  स्थानीय सरकारलाई तत्काल पहल गर्न आग्रह गरे । उनले भने, “जिर्ण भवन, अधुरो पर्खाल र आधारभूत पूर्वाधारको कमीले विद्यार्थी सीपमूलक र आधुनिक शिक्षाबाट वञ्चित छन् । यो विद्यालय मात्र होइन, यो हाम्रो समुदायको भविष्य हो । यसको विकासका लागि स्थानीय सरकार र सरोकारवालाले तत्काल चासो दिनुपर्नेमा जोड दिदै  यसैबीच विद्यालयमा कार्यरत १३ जना शिक्षक–शिक्षिकाले अनुशासन, सभ्य भाषा र व्यवस्थित तरिकाले शिक्षण सिकाई गराइरहेको  र उनीहरूको अनुशासन र पेशागत प्रतिबद्धताले विद्यार्थीलाई अध्ययनमा प्रेरित गरेको बताएका छन ।

विद्यालयमा अध्ययनरत १९६ जना विद्यार्थी पनि अनुशासित, लगनशील र सकारात्मक व्यवहारका साथ पठन–पाठनमा संलग्न रहेका सहायक प्ररधानाध्यापक कल्पना पौडेलले जानकारी दिइन। शिक्षक–विद्यार्थीबीचको सहकार्यले विद्यालयको वातावरण अनुशासित बनेको र  यसले विद्यालयलाई स्थानीय समुदायमा उदाहरणीय बनाउन सहयोग गरेको पनि सहायक प्रधानाध्यापक पौडेलको भनाई रहेको छ ।

सूचना अधिकारी मिश्रले थपे, “विद्यालयको उद्देश्य बालबालिकालाई गुणस्तरीय र जीवन उपयोगी शिक्षा दिनु हो । तर कम्प्युटर ल्याब, साइन्स ल्याब र पुस्तकालयको अभावले त्यो उद्देश्य पूरा गर्न कठिन भइरहेको छ । स्थानीय सरकार र सबै सरोकारवालाले तत्काल ध्यान दिनुपर्छ ।” स्थानीय अभिभावकले पनि विद्यालयको आवश्यकता तत्काल पूरा गर्न नगर सरकारलाई आग्रह गरेका छन् ।

प्रधानाध्यापक श्रेष्ठका अनुसार  पर्खाल अधुरो रहँदा विद्यालय असुरक्षित भएको छ भने जिर्ण भवनमा विद्यार्थी राख्नुपर्ने अवस्था अस्वीकार्य छ । यस्ता चुनौतीबीच पनि विद्यालयले अनुशासन, सृजनशीलता र सामुदायिक सहकार्यका माध्यमबाट आफ्नो यात्रा निरन्तर अघि बढि रहेता पनि विद्यालय समुदायको अपेक्षा भनेकै स्थानीय सरकार, नगर शिक्षा शाखा तथा सम्बन्धित निकायले तत्काल ध्यान दिई आवश्यक पूर्वाधार निर्माणमा सहयोग पुर्‍याउने हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष योगीले भने, “जनज्योति आधारभूत विद्यालयलाई सबल बनाउन ब्यबस्थापन समिति अभिभावक  प्रधानाध्यापक  शिक्षक शिक्षिकाको योगदान ले यो बिद्यालयले यो फट्को मारेको र   अबका दिनहरुमा कुनै ढिलाइ गर्नु नहुने बताउदै आफू सदैब समर्पित हुने प्रतिबद्धता व्यक्त गर्दै अबका दिनहरुमा यसले झण्डहवा मात्र होइन, आसपासका समुदायलाई समेत गुणस्तरीय शिक्षा प्रदानको लागि  यो बिद्यालयले  क्षमताको विकास गर्न सक्ने   बताएका छन।” 


प्रकाशित मिति: बिहिवार, आश्विन २, २०८२, ०६:४२:००
प्रतिक्रिया दिनुहोस्