जाजरकोट कुशे–९ स्वास्थ्य चौकी पाँचौँ पटक सम्म लगातार प्रथम, वार्षिक समीक्षा गोष्ठी सम्पन्न!
स्थानीय
जाजरकोट कुशे–९ स्वास्थ्य चौकी पाँचौँ पटक सम्म लगातार प्रथम, वार्षिक समीक्षा गोष्ठी सम्पन्न!

जाजरकोट — कुशे गाउँपालिकाको सभा हलमा आर्थिक वर्ष २०८१/८२ का सम्पूर्ण स्वास्थ्य कार्यक्रमहरूको वार्षिक समीक्षा गोष्ठी सम्पन्न भएको छ।
स्वास्थ्य सेवा प्रणालीको प्रगति मूल्यांकन गर्नु, स्वास्थ्य चौकीहरूको गुणस्तर सुधार गर्नु र आगामी वर्षका प्राथमिकताहरू निर्धारण गर्नु यस कार्यक्रमको मुल उदेश्य रहेको हो।
वडा ९ का अध्यक्ष तथा सामाजिक विकास संयोजक शिवराज गिरीको अध्यक्षतामा अध्यक्ष गिरीले कार्यक्रमको उद्घाटन गर्दै मन्तव्यमा स्वास्थ्य क्षेत्रको प्रगतिमा वडा ९ को योगदान र स्वास्थ्यकर्मी तथा समुदायको समर्पणको महत्व औँल्याउँदै गोष्ठी सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिए।
प्रमुख अतिथि, जिल्ला स्वास्थ्य अधिकृत रमेश कार्कीले स्वास्थ्य चौकीहरूको निरन्तर सुधार र गुणस्तरीय सेवाको महत्वलाई उच्च मूल्यांकन गर्दै भने, “वडा ९ को स्वास्थ्य चौकी निरन्तर उत्कृष्टताको उदाहरण प्रस्तुत गर्दै आएको छ। स्वास्थ्यकर्मी र समुदायको सक्रिय सहभागिताले यसलाई जिल्लाकै नमूना बनाएको छ। आगामी वर्षमा पनि यसरी गुणस्तरीय सेवा जारी राख्नुपर्छ।”
विशिष्ट अतिथि निमित्त प्रमुख प्रशासकीय अधिकृत कृष्णबहादुर घर्ती, कुशे–९ स्वास्थ्य चौकी प्रमुख वीरेन्द्रराज गिरी, कृष्णबहादुर रोकाई, अमरजंग शाह र बसन्ता सिंह सहभागी थिए। विशेषत: निमित्त प्रमुख प्रशासकीय अधिकृत कृष्णबहादुर घर्तीले भने, “वडा ९ को स्वास्थ्य सेवामा निरन्तर सुधार र समुदायको सक्रिय सहभागिताले स्वास्थ्य क्षेत्रमा उदाहरणीय योगदान पुर्याएको छ। यस प्रकारको समन्वयले गाउँपालिकाका अन्य वडाहरूका लागि पनि प्रेरणा प्रदान गर्दछ।”
अन्य अतिथिहरूले मुष्ट भनाइ दिँदै भने, “सम्पूर्ण स्वास्थ्य चौकीले गरेको काम, विशेषगरी चेतनशील समुदायको सक्रियता र स्वास्थ्यकर्मीको समर्पणले वडा ९ लाई उत्कृष्ट बनाएको छ। यसरी निरन्तर सुधार गर्दै अघि बढ्नु नै हाम्रो साझा जिम्मेवारी हो।”
वार्षिक समीक्षा अनुसार, वडा ९ स्वास्थ्य चौकी लगातार पाँचौँ पटक प्रथम घोषित भएको छ। प्रमुख वीरेन्द्रराज गिरीको नेतृत्वमा स्वास्थ्य सेवामा निरन्तर सुधार र समर्पणले यस उपलब्धि सुनिश्चित गरेको हो। गाउँपालिकाभित्रका पाँच स्वास्थ्य चौकी र चार आधारभूत स्वास्थ्य चौकीको पनि मूल्याङ्कन गरिएको थियो। यस वर्ष समायलाको आधारभूत स्वास्थ्य चौकी उत्कृष्ट आधारभूत चौकीको रूपमा चयन भएको छ, जसको इन्चार्ज भीमबहादुर सिंहले उत्कृष्ट काम देखाएका छन्।
कार्यक्रममा चेतनशील समुदायको सक्रिय योगदान पनि प्रशंसनीय रह्यो। वडा ९ ले गत वर्ष बालमैत्री वडाको उपाधि हासिल गरेको थियो भने यस वर्ष पोषणमैत्री वडा घोषणाको तयारी गरिरहेको छ। यसले समुदायको स्वास्थ्य चेतना र सक्रिय सहभागितालाई थप बलियो बनाएको छ।
अन्त्यमा अध्यक्ष शिवराज गिरीले गोष्ठीको समापन गर्दै भने, “वडा ९ को निरन्तर सफलता स्वास्थ्यकर्मी, समुदाय र स्थानीय प्रशासनको साझा उपलब्धि हो। आगामी वर्षमा पनि स्वास्थ्य कार्यक्रमलाई अझ गुणस्तरीय, प्रभावकारी र पहुँचयोग्य बनाउने प्रतिबद्धता कायम राख्नेछौं। सबैको योगदानले हाम्रो स्वास्थ्य सेवा अझ मजबुत बन्ने भन्दै आफ्ना गहकिला भनाईराख्दै कार्यक्रम समापन गरिएको थियो।”
थप समाचार


स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!