कुशेकी उपाध्यक्ष देविका सिंह ‘शी लिड्स आइकन’को टप–६ मा भोटमार्फत सहयोग गर्न आग्रह!
स्थानीय
३१औँ विश्व आदिवासी दिवस कोहलपुरमा भव्य रूपमा सम्पन्न ।

पहिचान र अधिकार सुनिश्चिताका लागि आदिवासी जनजाति आन्दोलनमा सहभागी बनौं, परम्परागत ज्ञान–सीपको प्रवर्द्धन गर्दै पुर्ख्यौली भूमि, भाषा र संस्कृतिको संरक्षण गरौं भन्ने मूल नारासहित ३१औँ विश्व आदिवासी दिवस कोहलपुरमा भव्य रूपमा सम्पन्न भएको छ।
आदिवासी जनजाति महासंघ नगर समन्वय समिति कोहलपुरको आयोजनामा कोहलपुर नगरपालिकाको सभाहलमा कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि कोहलपुर नगरपालिकाका उपप्रमुख सङ्गीता सुवेदीले नगरभित्र मगर, थारु, गुरुङ र श्रेष्ठ समुदायका नागरिकहरूले आफ्ना संस्कृतिको संरक्षणका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताइन्। उनले आफ्नो धर्म, संस्कृति र पहिचानका लागि सबैले आ–आफ्नो क्षेत्रबाट पहल गर्नुपर्ने आवश्यक हरेको बताइन । उपप्रमुख सुवेदीका अनुसार स्थानीय सरकारले आदिवासी तथा जनजातिहरूलाई प्राथमिकतामा राखी काम गरिरहेको छ। मगर र गुरुङ भाषाको संरक्षणका लागि नगरपालिकाले बजेट विनियोजन गर्दै आएको र कला–संस्कृति जर्गेनाका लागि पनि सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरिन । थारु समुदाय, गुरुङ र मगर संस्कृतिको प्रवर्द्धनका लागि होमस्टे सञ्चालन गर्न सकिने व्यवस्था मिलाइएको र थारु संग्राहलय समेत निर्माण गरिएको बताइन ।
आदिवासी जनजाति महासंघ नगर समन्वय समितिका अध्यक्ष कृष्ण बहादुर पुनको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा मगर संघका केन्द्रीय सदस्य चेत बहादुर राना मगर, नेपाल मगर संघ लुम्बिनी प्रदेश सदस्य कृष्ण बहादुर पुन, मगर संघका भूपेन्द्र पुन, अन्जना पाण्डे, सुरेश थारु , बलाराम भट्राई लगायतको सहभागिता रहेको थियो। भने कार्यक्रमको सन्चालन ममता थापाले गरेकी थिइन ।
थप समाचार




स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!