स्थानीय

कोहलपुर–१२ स्थित ज्ञानकुञ्ज इङ्लिस मिडियम बोर्डिङ स्कुलमा अभिभावक भेला सम्पन्न !

Samayapati

कोहलपुर–१२ स्थित ज्ञानकुञ्ज इङ्लिस मिडियम बोर्डिङ स्कुलमा अभिभावक भेला सम्पन्न

कोहलपुर नगरपालिका–१२ मा अवस्थित ज्ञानकुञ्ज इङ्लिस मिडियम बोर्डिङ स्कुलले अभिभावक भेला कार्यक्रम सम्पन्न गरेको छ। विद्यालयको शैक्षिक गतिविधि, विद्यार्थीको प्रगति तथा विद्यालय र अभिभावकबीच सहकार्य सुदृढ गर्ने उद्देश्यले  आजको कार्यक्रमको  आयोजना गरिएको  हो।

 कार्यक्रम विद्यालयका संस्थापक महेन्द्र कार्कीको अध्यक्षतामा सम्पन्न भएको  कार्यक्रममा प्रमुख अतिथिका रूपमा  कोहलपुर नगरपालिकाका शिक्षा प्रमुख रबिलाल  मिजारको सहभागीता रहेको थ्यो भने विशिष्ट अतिथिका रूपमा रामनारायण गुप्ता उपस्थित हुनुहुन्थ्यो। त्यसैगरी अतिथिका रूपमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिकला ढकाल, टेकबहादुर सर लगायतको उपस्थिति रहेको जनाइएको छ।

कार्यक्रमका प्रमुख अतिथि मिजारले शिक्षाको महत्वबारे आफ्नो धारणा व्यक्त गर्दै गुणस्तरीय शिक्षा नै समाज परिवर्तनको आधार भएको बताउनुभयो। उहाँले विद्यार्थीलाई व्यवहारिक ज्ञान, अनुशासन र संस्कारसहितको शिक्षा प्रदान गर्न विद्यालय र अभिभावकबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो। बालबालिकाको उज्ज्वल भविष्य निर्माणका लागि शिक्षामा सबैको साझा जिम्मेवारी रहेको उहाँको भनाइ थियो।

विशिष्ट अतिथि रामनारायण गुप्ताले विद्यालयले शिक्षा क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उल्लेख गर्दै अभिभावक भेला जस्ता कार्यक्रमले विद्यालय र अभिभावकबीचको सम्बन्ध अझ मजबुत बनाउने धारणा व्यक्त गर्नुभयो। उहाँले विद्यार्थीको शैक्षिक तथा नैतिक विकासका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनुभयो। कार्यक्रममा अतिथि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिकला ढकाल तथा टेकबहादुर सरले विद्यालयले गुणस्तरीय शिक्षामा जोड दिँदै आएको उल्लेख गर्दै विद्यार्थीको समग्र विकासका लागि यस्ता कार्यक्रम उपयोगी हुने बताएका थिए।

कार्यक्रममा विद्यालयका संस्थापक तथा कार्यक्रमका अध्यक्ष महेन्द्र शाहीले विद्यालयको वर्तमान अवस्थाबारे जानकारी गराउँदै हाल विद्यालयमा करिब ४५० जना छात्रछात्रा अध्ययनरत रहेको जानकारी दिनुभयो। उहाँले विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्यका साथ विभिन्न शैक्षिक तथा सह–पाठ्यक्रम गतिविधि सञ्चालन गर्दै आएको बताउनुभयो।

कार्यक्रमको सञ्चालन कल्पना कार्कीले गर्नुभएको थियो। कार्यक्रममा सहभागी अभिभावकहरूले विद्यालयको प्रगति तथा शैक्षिक गतिविधिप्रति सकारात्मक धारणा व्यक्त गरेका थिए। कार्यक्रमको अन्त्यमा अध्यक्ष कार्कीले उपस्थित अतिथि, अभिभावक तथा शिक्षकहरूलाई धन्यवाद ज्ञापन गर्दै विद्यालयको शैक्षिक स्तर अझ प्रभावकारी बनाउन सबैको साथ र सहयोग आवश्यक रहेको उल्लेख गर्दै कार्यक्रम समापन गर्नुभएको थियो।


प्रकाशित मिति: शनिवार, फाल्गुन ३०, २०८२, ०९:५२:००
प्रतिक्रिया दिनुहोस्