स्थानीय

"वागेश्वरी बहुमुखी क्याम्पस सहित १० क्याम्पसमा प्राध्यापक–कर्मचारीहरु कालोपट्टी आन्दोलनमा "।

Samayapati

मध्यपश्चिम विश्वविद्यालय वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरका प्राध्यापक तथा कर्मचारीहरुले संयुक्त रूपमा हातमा कालोपट्टी बांधि कामकाज अगाडी बढाएका छ्न ।

प्राध्यापक तथा कर्मचारीहरुले कालोपट्टी बांधनु अगाडी एक औपचारिक कार्यक्रमको आयोजना समेत गरेका हुन।

कार्यक्रममा बोल्दै प्राध्यापक संघका अध्यक्ष राजकुमार चन्दले श्रावण १४ गते क्याम्पस प्रमुख मार्फत विश्वविद्यालयका उपकुलपति प्रा.डा. ध्रुव कुमार गौतम तथा रजिस्ट्रार प्रा.डा. शोभाखर कडेललाई ध्यानाकर्षण पत्र बुझाई सकेकोले वताए । उनले आन्दोलनको कार्यक्रम अन्तर्गत श्रावण १६ गते १० वटै आंगिक क्याम्पसका प्राध्यापक तथा कर्मचारीहरु केन्द्रीय कार्यालय उपस्थित भैइ पदाधिकारीलाई समेत ध्यानाकर्षण पत्र बुझाएको र सोही दिन डेढ घन्टा मुलगेटमा धर्ना कार्यक्रम गरेको वताए । उनले आज सम्म पनि मागका सम्बन्धमा विश्वविद्यालयबाट कुनै सुनुवाइ नभएकोले पुर्व निर्धारित कार्यक्रम अनुसार नै कालोपट्टी बांधेर काएय गर्नु परेको वताए ।

कार्यक्रम लाई सम्बोधन गर्दै कर्मचारी संघका अध्यक्ष शिव प्रसाद रेग्मीले समायोजनका मुद्दा  यथास्थितिमा रहेको, करार प्राध्यापकहरुको स्थायी पदपूर्ति नहुनु, आंशिक प्राध्यापक लाई १६/१७ वर्ष देखि पुर्णकालिन नबनाईनु र घटुवा, ज्यालादारी प्राध्यापक तथा कर्मचारीका प्रक्रिया तथा स्थायी प्राध्यापकहरुको बढुवा प्रक्रिया नहुनु दु:खद भएकोले आन्दोलनको विकल्प नभएको वताए ।

२०७५ सालमा साविकको मध्यपश्चिम विकास क्षेत्रमा रहेको पब्लिक क्याम्पसहरु लाई विश्वविद्यालयले समायोजन गरेको थियो । समायोजनको क्रममा विश्वविद्यालयले अस्थायी प्राध्यापकहरुलाई अस्थायी करारको नियुक्ति, सह प्राध्यापक लाई उपप्राध्यापकको नियुक्ति, उप प्रशाशक लाई अधिकृतको नियुक्ति, अधिकृत लाई बरिस्ठ सहायकको नियुक्ति र पांचौ तहका कर्मचारी लाई चौथो तहमा घटुवा गरि नियुक्ति दिएको थियो ।

२०७५ सालमा बसेको विश्वविद्यालयको ८ औ सभाले एकपटकका लागि ६ महिनाभित्र विशेष आन्तरिक परिक्षा द्वारा स्थायी गर्ने नीति पास गरेपनी प्राध्यापक तथा कर्मचारीले हालसम्म उक्त अवसर प्राप्त गर्न सकेका छैनन् । उनीहरुको कलिलो र युवा उमेर क्याम्पस उर्जावाण गराएको र हाल उमेर समेत बढी भैसक्दा पनि विश्वविद्यालयका पदाधिकारीले चासो नदिनु श्रमजीवीको अधिकारबाट बन्चित गराउनु हो ।

विश्वविद्यालयका पुर्व पदाधिकारीहरुले बास्केटमा काम गर्ने, सत्य तथ्य काम गर्ने खोक्रा भाषण दिएको भएपनी आफ्नो समय सकिने अन्तिम दिन पुर्ण कार्यकारीको वैठकविना नै अस्थायी करार उपप्राध्यापक नियुक्ति गरेका थिए।

आज १० वटै आंगिक क्याम्पसका प्राध्यापक तथा कर्मचारीहरुले हातमा कालोपट्टी बांधीकाम काज गरेका छन। कालोपट्टी बांध्नु अगाडी गरिएको औपचारिक कार्यक्रममा क्याम्पसका सम्पूर्ण प्राध्यापक तथा कर्मचारिको उपस्थिति रहेको थियो । कार्यक्रम प्राध्यापक संघका अध्यक्ष राजकुमार चन्द र कर्मचारी संघका अध्यक्ष शिव प्रसाद रेग्मीको अध्यक्षतामा भएको थियो।


प्रकाशित मिति: शुक्रवार, श्रावण २४, २०८२, ०३:०७:००
प्रतिक्रिया दिनुहोस्