कुशेकी उपाध्यक्ष देविका सिंह ‘शी लिड्स आइकन’को टप–६ मा भोटमार्फत सहयोग गर्न आग्रह!
स्थानीय
कमिट नेपालको १७औँ साधारण सभा तथा ९औँ अधिवेशन नेपालगन्जमा सम्पन्न।

बाके- सामुदायिक सशक्तीकरण तथा रूपान्तरणका लागि समर्पित संस्था कमिट नेपालको १७औँ साधारण सभा तथा ९औँ अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ।
सीमान्तकृत समुदायको आत्मनिर्भरता, सम्मान अबसर र सामाजिक न्याय सुनिश्चित गर्दै समाबेशी रुपान्तरणमा योगदान पुर्याउदै यो सस्थाले १७ वसन्त पार गरेको हो।
आजको कार्यक्रमको आयोजनामा संस्थाका अध्यक्ष प्रकाश वादीको अध्यक्षतामा प्रमुख अतिथि नेपाली काङ्ग्रेसका सह-महामन्त्री तथा संघीय सांसद किशोर सिंह राठौरले गमलामा पानी हालेर कार्यक्रमको उद्घाटन गरेका थिए। उद्घाटन सत्रमा बोल्दै सांसद राठौरले भने, “म ६५ वर्षको राजनीतिक यात्रामा छु। दलित, सीमान्तकृत र पिछडिएका समुदायले भोगेको पीडा मैले नजिकबाट बुझेको छु। परिवर्तन सम्भव छ भन्ने विश्वास लोकतन्त्रले दिएको हो। म जीवनभर यिनै समुदायका आवाज बन्ने प्रयासमा छु।”
विशिष्ट अतिथिमा लुम्बिनी प्रदेश सांसद राजु खनाल, विशेष अतिथि प्रदेश सांसद सुशीला वादी उपस्थित थिए।सांसद राजु खनालले भने, “कमिट नेपालजस्ता संस्थाले राज्यको नीति भन्दा पनि प्रभावकारी ढंगले समुदाय परिवर्तन गर्न सकेका छन्। यस्तो संस्था र नेतृत्वको लागि प्रदेश सरकार निरन्तर सहकार्य गर्न तयार छ।” त्यसैगरी सांसद सुशीला वादीले भनिन्, “वादी समुदायले अझै पनि गरिबी र अपहेलित भएर समाजमा आफुले आफ्नो जिबन भोग्न बाध्य भएको बताउदै यो आन्दोलन कमिट नेपाल र चेतनशील नेतृत्वकै परिणाम हो।”
नेपाल पत्रकार महासंघका अध्यक्ष नवीन गिरीले पनि उक्त सभामा सहभागी हुँदै भने, “सञ्चारको माध्यमबाट वादी समुदायको पीडा देशभर पुर्याउने काम गरिएको छ। अब त्यो पीडालाई सफलताको कथामा रूपान्तरण गर्नु पत्रकारहरूको पनि दायित्व हो। यस्तो संस्थाको अभियानलाई सञ्चार क्षेत्रले सधैं साथ दिन्छ।”
कार्यक्रममा गैरसहकारी संस्था महासङ्घका केन्द्रीय सचिव नमस्कार शाह, जिल्ला समन्वय समितिका प्रमुख, वडा अध्यक्षहरू, जनप्रतिनिधि, पत्रकार लगायत महिला दिदीबहिनी तथा दाजुभाइहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा कमिट नेपालका कार्यकारी निर्देशक केशव नेपालीले १७ वर्षको यात्रा समेट्दै संस्थाले विपन्न समुदायलाई लक्षित गरी शिक्षा, रोजगारी, सीप विकास तथा छात्रवृत्तिका कार्यक्रममार्फत वादी समुदायलाई शिक्षित, सशक्त र राजनीतिक रूपमा सचेत बनाउन सफल भएको जानकारी दिए। उनले भने, “आज वादी बालबालिका डाक्टर, प्रशासनिक अधिकृत र सरकारी सेवा क्षेत्रमा पुग्न सक्नु कमिट नेपालको निरन्तरको परिश्रमको परिणाम हो। संस्थाको यो अधिवेशन नयाँ नेतृत्व चयन गर्दै आगामी ५ वर्षका लागि रणनीति तय गर्ने अवसर पनि हो।”
कार्यक्रम कमिट नेपालका महासचिव सीतारा नेपालीले संचालन गरेका थिइन। कार्यक्रमको अन्त्यमा अध्यक्ष प्रकाश वादीले समापन मन्तव्य दिँदै भने, “हिजो हामी किनारामा थियौं, आज कोरमा छौं। यो परिवर्तनको यात्रा अझ बलियो बनाउने संकल्प लिँदै आगामी दिनमा समुदायको आत्मनिर्भरता, सशक्तीकरण र समावेशीतालाई थप बिस्तार गर्ने योजनासहित अगाडि बढ्नेछौं।”
कार्यक्रमले सामुदायिक रूपान्तरणको ऐतिहासिक यात्रा पुनः स्मरण गराउँदै आगामी पुस्तालाई परिवर्तनको प्रेरणा दिने कार्य गरेको सहभागीहरूले बताएका छन्।
थप समाचार




स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!