स्थानीय

लमही बनघुस्रीमा सनातन धर्मको समर्पित केन्द्र : श्री बालगोपाल मन्दिर र धर्मशाला!

Samayapati

जिल्ला लमही नगरपालिका वडा नं ७- पुर्व पश्चिम राजमार्गसंगै जोडिएको घुस्रामा श्री-बालगोपाल मन्दिर एवम् रामानुजपीठ स्थापना भएको छ ।

अनादि कालदेखि वैदिक सनातन धर्मावलम्बीहरूको बसोबास रहँदै आएको हाम्रो देश नेपाल धार्मिक/सांस्कृतिक तथा पर्यटकीय क्षेत्रका रूपमा विश्वसामु सुपरिचित छ गराउने यस संस्थाको लक्ष्य रहेको छ ।

यस क्षेत्रमा ज्ञान-विज्ञानसम्पन्न ऋषि-महर्षि, गुरु-आचार्यहरूले तपस्या/साधनाका साथै देवी-देवताहरूको मन्दिर निर्माणगरी दैवी शक्तिद्वारा समाजलाई सत्मार्ग तर्फ लैजानु आवस्यकता रहेको पिठका संरक्षक वताउछ्न । नेपालको साविकको मध्यपश्चिम विकास क्षेत्र तथा हालको लुम्बिनी प्रदेशमा लुम्बिनी, स्वर्गद्वारी, धारापानी, बगार बाबा, बांकेको वागेश्वरी मन्दीर, कोहलपुर-१२ को रामजानकी राधाकृष्ण धाम, बर्दियाको केदारेश्वर धाम लगायत विभिन्न ऐतिहासिक, धार्मिक तीर्थस्थलहरू छन् ।

दाङको लमही देउखुरीमा स्वधर्म संस्कृतिमा श्रद्धा विश्वास राख्ने, सरल, परिश्रमी समुदाय थारू वा चौधरीहरूको बाहुल्य रहेको निकै धार्मिक समाज रहेको छ । यसै देउखुरी क्षेत्रको लमही- ७, वनघुस्री जहाँ लमही बजारदेखि ५ कि.मी. पश्चिम, पूर्व-पश्चिम राजमार्गको दक्षिणतर्फ वि.सं. २०३० देखि धर्मपरायण भक्तहरू जुटेर कुटी बनाई धर्मसंरक्षणार्थ सत्सङ्ग हुदै आएको इतिहास छ । यस स्थानलाई व्यवस्थित र प्रभावकारी बनाउने कार्यमा स्थानीय धार्मिक व्यक्ति श्रीबुद्धिराम चौधरी (विष्णु प्र. श्रीवैष्णवदास) एवम् वै.वा. श्री जंगबहादुर चौधरी (जनार्दन प्र. श्रीवैष्णवदास) ले निकै महत्त्वपूर्ण योगदान पुर्याएका छ्न ।

वि.सं. २०४३/४४ सालतिर वैदिक सनातन धर्मको संरक्षण संवर्धन गर्न नेपालको मध्यपश्चिम क्षेत्रलाई मुख्य आधार बनाई रहनुहुने सत्सम्प्रदायनिष्ठ तपस्वी सन्त वै.वा.श्री १००८ पद्मनाभाचार्य स्वामीज्यूले लमही-७, वनघुस्रीमा आएर चतु‌र्मास यज्ञ लगाई यस क्षेत्रमा रहेका धर्मपरायण व्यक्तिहरू सामु शिक्षा, दीक्षा र संस्कार तथा संस्कृति प्रदान गरेका थिए । यसरी धर्ममार्गमा शिक्षित एवम् दीक्षित भएका यहाँका धर्मप्रेमी महानुभावहरूद्वारा निर्मित कुटीमा विभिन्न समयमा सन्त-महन्त, गुरु-आचार्य एवम् भक्तहरू सहभागी भई धेरै धार्मिक अनुष्ठान एवम् यज्ञयागादि कार्यहरू सम्पन्न गर्दै आएको ईतिहास सावित छ । विस. २०७० पछि यस गाउँका युवा अगुवाहरूमा मन्दिर निर्माण गर्ने सदिच्छा जागृत गरे । जहाँ मन्दीरको निर्माण कार्य आरम्भ त भयो तर नेतृत्व गर्ने सक्षम व्यक्तिको अभावले गर्दा त्यसले समयमा पूर्णता पाउन सकेन। पछि यस क्षेत्रका भक्तजनले मन्दिर निर्माण कार्यलाई शीघ्र पूरा गर्न र सुव्यवस्थित रूपमा सञ्चालन गर्न सुयोग्य व्यक्तिको नेतृत्व खोजी गर्न थाले।

यसैक्रममा वै. वा. श्रीपद्मनाभाचार्य स्वामीजीले यस स्थानमा वैदिक, धर्मको प्रचारप्रसार गर्दै आयस्रोतबाट क्षेत्रकै उन्नति गराउनका लागि सद्भाव स्वरुप जीवनकालको अन्तिम क्षणतिर समाजको सरसल्लाहमा यस कार्यलाई पूरा गर्न श्रीवैष्णव युवा परिषद् नेपालका पूर्व केन्द्रीय अध्यक्ष, युवाविद्वान्, नेपाल संस्कृत विश्वविद्यालयमा प्राध्यापनरत सह प्राध्यापक डा. रघुनाथ नेपाल गुरु लाई सत्प्रेरणा, आशीर्वाद, मङ्गलाशासन प्रदान गरिएको थियो । समाजको अपेक्षा, अनुरोध र आचार्यको सत्प्रेरणा, मङ्गलाशासन भएपछि नेपालले यस संस्थालाई सर्वाङगिन विकास गर्न यसको विकसित गरी सनातन धर्मको संरक्षण गर्दै समाजलाई अग्रगमन तर्फ लैजान नेतृत्व गरेको पाईन्छ । त्यसपछि सह प्राध्यापक डा नेपालको प्रधान संरक्षकत्वमा विधान निर्माण गरि औपचारिक रूपमा संस्था दर्ता गरेर स्थानीय समुदाय, समाज, स्थानीय सरकार लगायत देशविदेशमा रहनुहुने वैदिक धर्मावलम्बी भक्तहरूको साथ सहयोगमा श्रीबालगोपाल मन्दिर र रामानुज धर्मशालाको निर्माण कार्य सम्पन्न भइ प्रयोगमा आएको छ । समाजको आवश्यकता लाई महसुस गरी मन्दिरको अधीनमा रहेको लगभग एक बिगाह जग्गा मध्येबाट ४ कट्ठा लमही नगरपालिकाको ७ नंबर वडा कार्यालय र ३ कठ्ठा खानेपानी कार्यालय निर्माण गर्न समेत सहयोग गरिएको छ। अब बाँकी रहेको क्षेत्रमा गौशाला, यज्ञशाला, पाठशालाका साथै श्री सधाकृष्ण सिसमहल एवम् वृन्दावन वाटिका बनाउने भावी लक्ष्यका साथ अगाडी बढेको प्रधान संरक्षक नेपाल वताउछ्न । प्राचीन नेपालको सांस्कृतिक झलक दिने तथा थारू-संस्कृतिको पहिचान गराउने विशिष्ट सङ्ग्रहालय निर्माणको महत्त्वाकाङ्क्षी योजना यस संस्थाको रहेको छ ।

उक्त क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकसित गर्दै यस लाई सुसंस्कृत, सुशिक्षित एवम् सबल बनाउने महान् उद्देश्य राखि सहित संस्था चलायमान रहेको छ । यस महान् कार्यलाई पूरा गर्न समाज, स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकार एवम् देशविदेशमा रहनुहुने सनातन धर्म-संस्कृतिप्रेमी सम्पूर्णको साथ र सहयोगमा यो स्थान धार्मिक पिंठ बन्ने सम्भावना बोकेको छ । वि.सं. २०८० साल भाद्र २० गते जन्माष्टमीको पवित्र दिनमा यस मन्दिरको औपचारिक समुद्घाटन भएको संरक्षक नेपाल वताउछ्न । जहाँ पूजा-आजाको हुँदै आएकोछ। नेपालको पुर्व पश्चिम् राजमार्ग देखि २०० मिटर भित्र मात्र अवस्थित बालगोपाल मन्दिर एवम् रामानुजपीठ लमही-७, वनघुस्री, दाङमा हाल मन्दिर, धर्माशाला निर्माण भैसकेको भएपनी त्यसको अझै व्यवस्थित गर्न आवश्यक रहेको वैदिक धर्म परिषद नेपाल बांकेका जिल्ला सचिव एकराज शर्मा वताउछ्न । धर्माशाला तथा मन्दीर व्यवस्थापन समितिले तिव्रगतिमा काम गरिरहेको छ ।

हाल प्रदेश सरकार र स्थानीय लमही नगरपालिकाले केही आर्थिक बजेट व्यवस्थापन गरेको भएपनि उचित सहयोग हुन सकेको भने देखिएन । विरगन्जमा जन्मथलो बनाई नेपाल संस्कृत विश्वविद्यालय बेलझुन्डी दाङमा कर्मथलो र लमही नगरपालिका वडा नं -७ बनघुस्री तथा जाजरकोट जिल्लाको सदरमुकाममा वैदिक सनातन धर्म, परम्परा, मूल्य, मान्यता तथा दर्शन र विचार प्रदान गर्ने धर्मथलो बनाउंंदै आउनु डा. नेपालले आफ्नो कर्तव्य भएको वताउछ्न । उक्त स्थान लाई व्यवस्थापन गर्न र व्यवस्थित बनाउन सकेमा  राम्रो हुने देखिएको छ।


प्रकाशित मिति: आइतवार, श्रावण ५, २०८२, ०५:४२:००
प्रतिक्रिया दिनुहोस्