हिमालय मदरसा बिद्यालय र लायन्स कलबको साथ: गरीब बालिकाको उपचारमा राहत।
स्थानीय
बाँकेबाट ग्रामीण समृद्धितर्फ, डेरी उद्योग विस्तारको सुरुवात।

कोहलपुर बाँके, साउन ३२ — ग्रामीण क्षेत्रमा उत्पादित दुधलाई सङ्कलन, प्रशोधन र विविधिकरण गरी प्रमुख सहरहरूमा बिक्रीमार्फत ग्रामीण भेगमा बजारको पैसा प्रवाह गर्ने मुख्य उद्देश्यसहित जुद्ध सङ्कलन डेरी उद्योग स्थापना गरिएको छ।
यसमार्फत ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य कम्पनीले लिएको छ। सानैदेखि डेरी व्यवसायमा सक्रिय थानेश्वर न्यौपानेले २०५२ सालमा पाल्पा तानसेनबाट डेली उद्योग सञ्चालन गरेका थिए। त्यही अनुभवका आधारमा उनका सहयात्री कमल न्यौपाने र जनक न्यौपानेको मुख्य लगानीमा २०७० साल माघ १९ गते कपिलवस्तुको महाराजगञ्जमा ‘जुद्ध सङ्कलन’ को औपचारिक स्थापना गरिएको थियो।
२०७२ सालमा बुद्धभूमि नगरपालिका–९, इमिग्रियामा मुख्य प्रशोधन केन्द्र स्थापना भई "बुद्धभूमि" ब्राण्डमा विभिन्न प्रकारका दुग्ध तथा दुग्धजन्य पदार्थहरूको उत्पादन र बिक्री वितरण कार्य सुरु गरिएको थियो। हालसम्म कम्पनीले ८१ वटा संकलन तथा चिस्यान केन्द्र स्थापना गरी दैनिक ४०–५० हजार लिटर कच्चा दूध संकलन, प्रशोधन र बजारीकरण गर्दै आएको छ। वार्षिक करिब १.५ अर्ब रुपैयाँ बराबरको उत्पादन बजारमा पु¥याउने कम्पनीले करिब २० हजार कृषक परिवारबाट प्रत्यक्ष रूपमा दूध संकलन गर्दै आएको छ। निजी दूत संकलन केन्द्रहरू तथा दुग्ध सहकारी संस्थामार्फत अन्य जिल्लाहरूमा पनि दूध संकलन भइरहेका छन्। कृषकले उत्पादन गरेको दूध वर्षभरि खरिद गर्ने ग्यारेन्टी दिँदै कम्पनीले समयमै भुक्तानी गर्दै आएको छ। साथै, दाना, खोप (vaccination), सामान्य औषधोपचारमा समेत कम्पनीले सहयोग पुर्याउँदै आएको छ।
बिगत पाँच वर्षदेखि बाँके र बर्दिया जिल्लाका चिलरिया, मटैया, मिलनचोक, बेथहानी, खजुरा, तमौलीपुर, सितापुर, पचासा, गणेशपुर, तारातार र राजापुरमा मुख्य चिस्यान केन्द्र स्थापना गरी जुद्ध सङ्कलन कार्य गरिँदै आएको छ। साथै अन्य ३० वटा शाखा संकलन केन्द्र सञ्चालनमा छन्। जसबाट करिब ८ हजार कृषक परिवार लाभान्वित भएका छन्। ग्लोबल डेरी प्रणाली अनुसार कम्पनीले विस्तार गरेको संकलन केन्द्रका कारण बाँके र बर्दियामा "मिल्क होलिडे" समस्या समाधान भएको छ। काठमाडौँ उपत्यकामा समेत नयाँ प्रशोधन केन्द्र स्थापना गरी कम्पनीले उपत्यका भित्र बिक्री वितरण सञ्जाल विस्तार गरेको छ। इलाम, झापा र कपिलवस्तुमा रहेका प्रशोधन केन्द्रबाट उत्पादित दुग्धजन्य पदार्थहरू दाङ, रुपन्देही, पाल्पा, स्याङ्जा, अर्घाखाँची, कास्की, नवलपरासी र चितवन लगायतका जिल्लामा बिक्री वितरण गरिँदै आएको छ।
कम्पनीले हालसम्म २५० जनालाई प्रत्यक्ष रोजगारी दिएको छ भने हजारौं कृषक र उपभोक्ता यसमा अप्रत्यक्ष रूपमा आबद्ध छन्। हाल कम्पनीले नेपालमै सबैभन्दा ठूलो क्षमता भएको अत्याधुनिक प्रविधियुक्त उद्योग विस्तार परियोजना अगाडि बढाइरहेको छ। यस परियोजनाअन्तर्गत दैनिक २ लाख लिटर दूध प्रशोधन गरी धुलो दूधलगायत अन्य विविध दुग्धजन्य पदार्थ उत्पादन गर्ने लक्ष्य लिएको छ। यो विस्तारसँगै ग्रामीण कृषकहरूको आयआर्जनमा थप योगदान पुग्ने कम्पनीको विश्वास छ।
थप समाचार




स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!