हिमालय मदरसा बिद्यालय र लायन्स कलबको साथ: गरीब बालिकाको उपचारमा राहत।
स्थानीय
हिमालय मदरसा बिद्यालय र लायन्स कलबको साथ: गरीब बालिकाको उपचारमा राहत।

कोहलपुर, असार ३२ — "सामाजिक उत्तरदायित्व भनेको गफमा होइन, व्यवहारमा देखिनुपर्छ" भन्ने भनाइलाई सार्थक बनाउँदै लायन्स क्ल्ब अफ कोहलपुर शाखाका कोषाध्यक्ष श्री ऋषि सापकोटाले एक असहाय बालिकाको जीवनमा आशाको उज्यालो फैलाएका छन।
श्री हिमालय मदरसा गरीब नवाज प्रा.वि. कोहलपुर–३, बेडनपुरमा कक्षा १ मा अध्ययनरत छात्रा आलिया जागा खेल्ने क्रममा हात भाच्चीएको र हातमा गम्भीर समस्या देखिएपछि डाक्टरले अप्रेसनको सुझाव दिएकाले त्यहाका अभिभावकलाई जागाको उपचारको लागि आर्थिक जोगो गर्नुपर्ने भएको हुदा उनीको आर्थिक अवस्था कमजोर भएका कारण छात्राकी बुवा साबुद्दिन जागा उपचार खर्च जुटाउन असमर्थ भएपछि यही कठिन घडीमा सहृदय मन भएका समाजसेवी ऋषि सापकोटाले रु २०,५०० नगद सहयोग गर्दै छात्राको उपचारमा सहारा बनेका हुन।
विद्यालयका प्रधानाध्यापक राजेन्द्र के.सी. का अनुसार अप्रेसनको खबर विद्यालयलाई प्राप्त भएपछि सम्पूर्ण विद्यालय परिवार सक्रिय भएर "विद्यार्थी हाम्रो जिम्मेवारी हुन्, उनीहरूको पीडामा हामी निरपेक्ष रहन सक्दैनौं," प्रधानाध्यापक के.सी.ले बताए। उनीका विशेष पहल अनुसार सक्रियतामा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू सम्पुर्ण शिक्षक, शिक्षिका पनि अघि सरे।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष गुड्डु बेडुवाले सहयोग जुटाउने पहललाई बल पुर्याउँदै व्यक्तिगत रूपमा पनि संलग्नता जनाउदै "विद्यालय पठनपाठनको मात्र थलो होइन, सामुदायिक सहकार्य र सहयोगको केन्द्र पनि हो भन्ने उदाहरण दिना पाउँदा हामी गर्वित छौं," अध्यक्ष बेडुवाले भने।
विद्यालयका सूचना अधिकारी खडानन्द पौडेलले अप्रेसनको आवश्यकता र आर्थिक अवस्था सार्वजनिक रूपमा जानकारी गराउँदै सहयोगका लागि स्थानीय समाजसेवी, संस्थाहरू र दातालाई अपिल गरे । अनि उनीकै सूचनाका आधारमा नै ऋषि सापकोटाको ध्यान यस घटनातर्फ आकर्षित भएको थियो।
यसैगरी, विद्यालय व्यवस्थापन समिति सदस्य मुस्तफा खानले अभिभावकसँग नियमित सम्पर्क गर्दै बच्चीको अवस्था बारे जानकारी संकलन गर्न र थप सहयोगका लागि संयोजन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरे।
छात्राकी बाबु साबुद्दिन जागाले ऋषि सर र विद्यालय परिवारप्रति गहिरो धन्यवाद व्यक्त गर्दै भने, "हामीजस्ता गरिबका लागि यो सहयोग केवल पैसा होइन, भरोसाको हात हो।" विद्यालय परिवारले लायन्स क्ल्ब अफ कोहलपुर शाखाका सम्पूर्ण पदाधिकारीहरू प्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस किसिमको सामाजिक उत्तरदायित्वयुक्त सहकार्यले शिक्षा र स्वास्थ्य दुवै क्षेत्रमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेको छ।
स्थानीय शिक्षक, अभिभावक तथा समाजसेवीहरूले पनि लायन्स क्लब र ऋषि सापकोटाको मानवीय कार्यको खुलेर प्रशंसा गरेका छन्। यस कार्यले समुदायमा सामाजिक सद्भाव, सहयोग र उत्तरदायित्वको संस्कार प्रवर्द्धन गरेको छ। विद्यालयले छात्राको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै समाजमा रहेका अन्य सहयोगी मनहरुलाई पनि यस्ता सन्दर्भमा भूमिका खेल्न अनुरोध गरेको छ।
थप समाचार



स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!