प्रतिबोध एफएमले मनायो १५औं वार्षिकोत्सव, आवाजको यात्रामा सहकार्यको प्रतिबद्धता।
स्थानीय
२२औँ राष्ट्रिय धान दिवस कोहलपुरमा भब्यरुमा सम्पन्न, महिलाको हातले खेत, आत्मनिर्भरताको बीउ रोपिँदै।

कोहलपुर, असार १५ — “धानबालीमा साधनता, खाद्य सुरक्षा र आत्मनिर्भरता” भन्ने मूल नाराका साथ २२औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव आइतबार कोहलपुरमा उत्साहपूर्वक सम्पन्न गरिएको छ।
कृषकको पहिचान, कृषि उत्पादनको वृद्धि र आत्मनिर्भर नगरको परिकल्पना साकार पार्ने लक्ष्यसहित आयोजना गरिएको कार्यक्रममा कृषक, सहकारी, जनप्रतिनिधि र विषयगत निकायको उल्लेखनीय उपस्थितिमा यो कार्यक्रम सम्पन्न गरिएको हो।
आजको कार्यक्रमको अध्यक्ष कोहलपुर नगरपालिका आर्थिक विकास शाखाका संयोजक अनिता बुढा क्षेत्रीको अध्यक्षतामा प्रमुख अतिथि कोहलपुर नगरपालिका कार्यबाहक नगर प्रमुख संगिता सुबेदीले ब्यानर पढेर कार्यक्रमको उद्घाटन गरेकी थिइन ।
उद्घाटन सत्रमा बोल्दै कार्यबाहक नगर प्रमुख सुबेदीले “धान हाम्रो खाद्य संस्कृतिको मेरुदण्ड हो। नगरपालिकाले कृषक–मैत्री नीतिहरूलाई प्राथमिकतामा राख्दै उत्पादन बढाउने, बजार व्यवस्थापन गर्ने र युवालाई कृषिप्रति आकर्षित गराउने दिशामा योजना अघि सारेको छ।” उनीले थपिन खाद्य सुरक्षा, जलवायु अनुकूल खेती र सहकारीसँगको सहकार्यलाई स्थानीय सरकारको प्रमुख एजेन्डा भएको बताइन ।
कार्यक्रमको विशिष्ट अतिथि वडा नम्बर ९ का अध्यक्ष उपेन्द्रनाथ योगीले कृषिमा आधुनिक प्रविधिको प्रयोग, बीउबिजनको सुधार र यान्त्रिक उपकरणको पहुँच विस्तार गर्नुपर्ने धारणा राख्दै। बिउदेखि बजारीकरणसम्मको श्रृंखलामा स्थानीय सरकारको भूमिका अझ क्रियाशील हुनुपर्नेमा जोड दिए। त्यस्तै विशेष अतिथि वडा नम्बर १२ का अध्यक्ष वीरेन्द्रकुमार शाह, वडा नम्बर १३ का अध्यक्ष डम्बर खड्का, सुशासन संयोजक अनिता बिसी, कार्यपालिका सदस्य सुनिता सुनार, पूर्व जनप्रतिनिधिहरू, संपूर्ण १५ वडाका वडा सदस्यहरू, नगरका शाखा प्रमुखहरू, कृषक समूह, सहकारी संस्थाका प्रतिनिधिहरूको सक्रिय उपस्थिति थियो। कोहलपुर नगरपालिका कृषि शाखा प्रमुख कल्पना नेपालीले कार्यक्रममा स्वागत मन्तव्य राख्दै महोत्सवको उद्देश्य र पृष्ठभूमि स्पष्ट पारिन । उनीले भनिन , “धान दिवस एक सांस्कृतिक र उत्पादन सम्बन्धी आन्दोलन हो, जसले स्थानीय बीउको संरक्षणदेखि लिएर कृषकको अधिकार सुनिश्चित गर्न योगदान गर्छ।”
कार्यक्रममा वडा नम्बर ४ की अध्यक्ष निर्मला थापा, हरित कृषि समूहकी अध्यक्ष गंगादेवी ओली, तथा कृषि सहकारी संस्थाकी अध्यक्ष हरिकला मगर लगायतको उत्साहजनक सहभागिताले कृषि विषयमा महिला नेतृत्वको पहिचान उजागर गर्यो। महोत्सवको विशेष आकर्षण स्थानीय महिलाहरूले प्रस्तुत गरेको परम्परागत धान भाका, झाँकी, नाचगान, र साँस्कृतिक रोपाइँ प्रदर्शन रह्यो। महिलाहरूले हातमा बीउ र माटो बोकेर प्रदर्शन गरेका दृश्यले कृषिप्रतिको सम्मान झल्काएको थियो।
कार्यक्रमको अन्त्यमा अध्यक्ष बुढा क्षेत्रीले समापन मन्तव्य दिँदै, “स्थानीय उत्पादनमा आधारित आत्मनिर्भर अर्थतन्त्रको जग राख्न हामी कृषकको साथमा छौं,” । साथै उनीले आगामी वर्षहरूमा धान दिवसलाई अझ सशक्त बनाउँदै जाने प्रतिबद्धता व्यक्त गर्दै सबैलाई धन्यवाद दिइन ।
थप समाचार




स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!