प्रतिबोध एफएमले मनायो १५औं वार्षिकोत्सव, आवाजको यात्रामा सहकार्यको प्रतिबद्धता।
स्थानीय
कोहलपुर–१० द्वारा ४० कृषकलाई बाख्राखोर निर्माणका लागि जाली र टिन वितरण !

कोहलपुर , असार १२ — बाँके जिल्लाको कोहलपुर नगरपालिका वडा नम्बर १० ले आज ४० जना कृषकलाई बाख्राखोर निर्माणका लागि आवश्यक पर्ने जाली र छाना छ्वाउने टिन वितरण गरेको छ।
पशुपालन व्यवसायमा सक्रिय कृषकहरूको आम्दानी अभिवृद्धि गर्ने उद्देश्यले २०८१ चैत १८ गते ४० जना कृषकहरुलाई एक जना बराबर ३ वटा बाख्रा बितरण गरी आज खोरको लागि यो कार्यक्रम सञ्चालन गरिएको हो।
वडा कार्यालयको अगुवाइमा सम्पन्न वितरण कार्यक्रममा वडा नम्बर १० का कार्यवाहक वडा अध्यक्ष श्यामलाल थारुले कृषकहरूलाई सामग्री हस्तान्तरण गर्दै भने, “हामी कृषकहरूको जीवनस्तर उकास्न कृषि र पशुपालन क्षेत्रमा प्रत्यक्ष सहयोग गर्दै आएका छौं। यो कार्यक्रम पनि त्यसैको निरन्तरता हो।” उनले वडाले प्राथमिकतामा राखेका कृषकहरूलाई उत्पादनमुखी कार्यमा लाग्न प्रेरणा मिलोस् भन्ने आशयका साथ सामग्री वितरण गरिएको बताए। साथै, यसले गाउँमा रोजगारी सिर्जना र स्वावलम्बी जीवनशैली विकासमा पनि योगदान पुग्ने विश्वास व्यक्त गरे।
वडा सदस्य भीमप्रसाद पौडेलले कार्यक्रममा बोल्दै कृषकहरूलाई उपलब्ध गराइएका सामग्रीको सही सदुपयोग गर्न आग्रह गरे। “वडाले दिएको सहुलियतको मूल्य कृषकहरूले आफैंको मेहनत र प्रगतिको बाटो रोजेर चुकाउनु पर्छ,” उनले भने।
कार्यक्रममा वडा कार्यालयका कर्मचारी शेरबहादुर राउतले वितरण प्रक्रिया, छनोट मापदण्ड र सामग्रीको प्रयोगबारे सहभागी कृषकहरूलाई जानकारी गराए। उनका अनुसार प्राप्त सामग्रीबाट प्रत्येक कृषकले एक–एक वटा बाख्राखोर निर्माण गर्न सक्नेछन्, जसले उनीहरूको व्यवसायलाई थप व्यवस्थित र सुरक्षित बनाउनेछ।
उक्त कार्यक्रममा सहभागी कृषकहरूले वडा कार्यालयप्रति कृतज्ञता व्यक्त गर्दै यस प्रकारको सहयोगले उनीहरूलाई बाख्रा पालनजस्तो लाभदायक व्यवसायमा अझै उत्साहित बनाएको बताए। वडा कार्यालयको आयोजनामा सम्पन्न उक्त वितरण कार्यक्रमले स्थानीय तहबाट कृषिमा दिइएको प्रोत्साहनको उदाहरण प्रस्तुत गरेको छ। कार्यक्रम संयोजन वडास्तरमै गरिएको थियो।
थप समाचार




स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!