स्थानीय

कोहलपुरमा स्टुडियो ब्लेन्ज बारबर सपको भव्य उद्घाटन

Samayapati

 कोहलपुर, असार ९– बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ११, पिपल चौतारा नजिकै स्टुडियो ब्लेन्ज बारबर सपको भव्य उद्घाटन गरिएको छ।

कार्यक्रमको अध्यक्षता स्टुडियोकी अध्यक्ष एलिजा आर.सीले गरेकी थिइन् भने प्रमुख अतिथि कोहलपुर नगरपालिकाकी उपमेयर संगीता सुवेदीले रिबन काटेर कार्यक्रमको उद्घाटन गरेकि हुन।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा सौन्दर्य व्यवसायी तथा राष्ट्रिय सुन्दरी कर्मी, लुम्बिनी प्रदेश अध्यक्ष सुनिता आर.सी, कोहलपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष चन्डी प्रसाद  गैरे, इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख लक्ष्मी खनाल, तथा स्टुडियोकी लगानीकर्ता प्रीजा आर.सी लगायत स्थानीय ब्युटिसियन, व्यवसायी, सञ्चारकर्मी र समाजसेवीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि उपमेयर संगीता सुवेदीले भनिन्, “सौन्दर्य व्यवसायमा महिला नेतृत्वको यो पहल प्रेरणादायी छ। स्टुडियो ब्लेन्जले गुणस्तरीय सेवा दिनुका साथै रोजगार र सीप विकासमा योगदान पु¥याउनेछ भन्ने विश्वास लिएको छु। नगरपालिकाको तर्फबाट यस्ता नवप्रवर्तनशील व्यवसायलाई निरन्तर समर्थन रहनेछ।”

उद्योग वाणिज्य संघका उपाध्यक्ष चन्डी करकेले स्टुडियोजस्ता नयाँ व्यवसायहरूले नगरको आर्थिक गतिविधिमा ताजगी ल्याउने बताए। उनले भने, “नयाँ पुस्ताले व्यवसायिक सोच लिएर अगाडि बढेको देख्दा खुशी लाग्यो। हामी उद्योग वाणिज्य संघको तर्फबाट आवश्यक परेमा सल्लाह, समन्वय र सहकार्य गर्न तयार छौं।”

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख लक्ष्मी खनालले व्यवसायिक अनुशासन, सुरक्षाबोध र सेवाको शुद्धता आवश्यक भएको उल्लेख गर्दै भनिन्, “जसरी सेवा प्रवाह गरिन्छ, त्यसले ग्राहकको मन जित्छ। यहाँको सैलुनले त्यसतर्फ ध्यान दिनेछ भन्ने विश्वास छ। साथै, युवापुस्ताले गलत बाटोको सट्टा यस्ता सिर्जनशील व्यवसाय रोज्नु राम्रो संकेत हो।

” स्टुडियोकी अध्यक्ष एलिजा आर.सी जाजरकोट जिल्ला कुशे गाउँपालीका वडा नम्बर ९ पैक निबासी हाल कोहलपुर  ६ घर भै बर्दियामा प्रहरी सायक  निरीक्षक लोकेन्द्र राज आर . सी . कि कान्छी छोरी प्रीजा ले संस्थाको उद्देश्यबारे जानकारी दिँदै भनिन्, “स्टुडियो ब्लेन्ज बारबर सप केवल सौन्दर्य सेवा दिने ठाउँ होइन, यो युवाहरूको सीप विकास र स्वरोजगारको प्लेटफर्म पनि हो।”

लगानीकर्ता प्रीजा आर.सीले भनिन्, “हामी महिलाहरूले अब व्यवसायमै पनि नेतृत्व लिन सक्छौं भन्ने उदाहरण पेश गर्न चाहेका हौं। यस सैलुनमार्फत आत्मनिर्भरता र अवसरको ढोका खोल्ने प्रयास गरेका छौं।”

राष्ट्रिय सौन्दर्य कर्मी तथा लुम्बिनी प्रदेश ब्युटिसियन टेन्नर अध्यक्ष सुनिता आर.सीले भनिन्, “सौन्दर्य क्षेत्र अहिलेको दिनमा एक व्यवसाय मात्र होइन, सीप र सिर्जनाको एक सुन्दर यात्रा हो। यो सैलुनले तालिम, सेवा र सशक्तिकरणलाई जोड दिने हो भने सफलताको नमूना बन्नेछ।”

कार्यक्रममा अन्य अतिथिहरूले समेत शुभकामना व्यक्त गर्दै सैलुनले स्थानीय स्तरमा सेवा, सौन्दर्यता र व्यवसायको समायोजनमार्फत उदाहरणीय काम गर्ने अपेक्षा व्यक्त गरे। कार्यक्रमको सञ्चालन एलिजा आर.सीले गरेकी थिइन्। अन्त्यमा अध्यक्ष एलिजा आर.सीले सम्पूर्ण अतिथि, सहभागी, सल्लाहकार, सहयोगी र शुभेच्छुकहरूलाई धन्यवाद दिँदै सबैको साथ र सुझावप्रति आभार व्यक्त गरिन्।

--- 


प्रकाशित मिति: सोमवार, असार ९, २०८२, १०:०३:००
प्रतिक्रिया दिनुहोस्