हिमालय मदरसा बिद्यालय र लायन्स कलबको साथ: गरीब बालिकाको उपचारमा राहत।
स्थानीय
बादी, गन्धर्व र असहाय नानीहरूका हातमा कोहलपुरले थमायो आशाको झोला!

कोहलपुर, बाँके – विपन्न, अल्पसंख्यक र असहाय वर्गका बालबालिकालाई लक्षित गर्दै कोहलपुर नगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ।
नगरपालिकाको शिक्षा तथा खेलकुद शाखाको समन्वयमा सञ्चालित कार्यक्रममा कोहलपुरका १० वटा सामुदायिक विद्यालयका ७० जना बालबालिकालाई झोला, कापी, कलम, पेन्सिल, इरेजरलगायत सामग्री वितरण गरिएको हो।
वरिष्ठ शिक्षा अधिकृत शिला गौतमका अनुसार उक्त सामग्री वितरणका लागि झण्डै २ लाख रुपैयाँ बराबरको लागत खर्च गरिएको थियो। नगर सभाहलमा आयोजित विशेष कार्यक्रममा नगर उपप्रमुख संगिता सुवेदीले कक्षा १ देखि ५ सम्म अध्ययनरत बालबालिकाहरुलाई सामग्री हस्तान्तरण गरिन्। उनले सामाजिक रूपमा पछाडि पारिएका समुदायहरू – विशेषगरी बादी, गन्धर्व तथा निम्न आय वर्गमा पर्ने परिवारका बालबालिकालाई शिक्षामा सहजता दिलाउने उद्देश्यले यस्तो पहल गरिएको बताइन्। “हामी चाहन्छौं कि नगरभित्रका कुनै पनि बालबालिका विद्यालयको पहुँच बाहिर नपुन्। आर्थिक अभावका कारण कोही पनि पढ्नबाट बञ्चित हुन नपरोस् भन्ने सोचका साथ पालिकाले शैक्षिक सामग्री मात्र होइन, छात्रवृत्तिको व्यवस्था पनि गर्दै आएको छ,” उपप्रमुख सुवेदीले भनिन्।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले शिक्षा नै समावेशी विकासको मेरुदण्ड भएको भन्दै पालिकाले शिक्षाको पहुँचलाई सबल बनाउने रणनीतिमा काम गरिरहेको बताए। “विपन्न वर्गका बालबालिकालाई विद्यालयसम्म ल्याउने वातावरण बनाउनु हाम्रो प्राथमिकता हो,” उनले स्पष्ट पारे।
सामाजिक विकास समितिका संयोजक ईश्वरी प्रसाद बिश्वकर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षा शाखा प्रमुख रामबहादुर हमालले बालबालिकाको उज्ज्वल भविष्यका लागि यस्ता कार्यक्रम आवश्यक रहेको धारणा राखे। कार्यक्रमको सञ्चालन वरिष्ठ शिक्षा अधिकृत शिला गौतमले गरेकी थिइन्। उनले नगरका विद्यालयहरूमार्फत थुप्रै यस्ता कार्यक्रमहरु भएको स्पष्ट पारिन।
थप समाचार



स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!