कोहलपुरमा ४० महिलालाई लक्षित गरी चुरा पोते सम्बन्धि सीपमूलक तथा उद्यमशीलता तालिम सम्पन्न।
स्थानीय
कुशे–९ मा ‘एक शिक्षक, एक ल्यापटप’ अभियान, अमेरिका निवासी शाहीबाट ५० हजार सहयोग!

जाजरकोट, कुशे–९ — शिक्षा र प्रविधिको समायोजन आजको आवश्यकता हो भन्ने कुरा कुशे गाउँपालिका–९ मा अवस्थित श्री जनता माध्यमिक विद्यालयले उदाहरणीय रूपमा प्रस्तुत गरेको छ।
‘एक शिक्षक, एक ल्यापटप’ अभियानको सुरुवात गर्दै विद्यालयमा प्रविधिमैत्री शिक्षाको जग बसाल्न उदेश्यले सो अभियानलाई सहयोग गर्न कुशे ७ का हाल अमेरिका निबासी समाजसेवी नरेन्द्र बहादुर शाहीले ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन। वि.सं. २०३४ सालमा स्थापना भएको श्री जनता माध्यमिक विद्यालय कुशे–९ को पुरानो र ऐतिहासिक शैक्षिक संस्था हो।
यस विद्यालयका वर्तमान प्रधानाध्यापक लोकेन्द्र बहादुर शिह हुन् भने महेन्द्र बहादुर बस्नेत नि. प्रधानाध्यापक हुन्। विद्यालय व्यवस्थापन समितिको अध्यक्ष गङ्ग बहादुर गिरिको नेतृत्वमा विद्यालयले गुणस्तरीय शिक्षातर्फ नयाँ मोड लिएको छ।
शिक्षाको बीजारोपण र स्थायित्वमा यस विद्यालयको यात्रा अत्यन्तै प्रेरणादायी छ। विशेषगरी १०० वर्ष नाघेका जेष्ठ नागरिक वीर बहादुर रोकाय, पञ्चायतकालका जाजरकोटका सभापति स्वर्गीय तेज बहादुर रोकाय, साबिक पक गा.वि.स. अध्यक्ष स्वर्गीय भक्त बहादुर रोकाय, श्री मष्टा देबताका धामी पृथ्वी बहादुर रोकाय, र उक्त देबताका धामी तथा पूर्व गा.वि.स. अध्यक्ष खड्क बहादुर रोकाय समाज सेबी भुम बहादुर रोकाय बल बहादुर आर.सी. , लगायत त्यहाँका सम्पूर्ण जनताको संकल्प, श्रमदान र साझा भावनाकै कारण आज यो विद्यालय मजबुत रूपमा अगाडि बढिरहेको छ।
विद्यालय प्राङ्गणमा आयोजित विशेष कार्यक्रममा प्रधानाध्यापक लोकेन्द्र बहादुर शिहको अध्यक्षतामा, वडा नं. ९ का अध्यक्ष शिवराज गिरिको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा शिक्षक, अभिभावक, विद्यार्थी, व्यवस्थापन समिति तथा स्थानीय समुदायको उल्लेखनीय सहभागिता देखिएको थियो।
प्रमुख अतिथि शिवराज गिरिले भने युग प्रविधिको हो। प्रविधिमा दक्ष शिक्षकबिनाको शिक्षा अधुरो हुन्छ। श्री जनता मा.वि.को यो पहल अत्यन्त सराहनीय छ। नरेन्द्र सरजस्ता दाताहरूको निरन्तर साथले गाउँमै गुणस्तरीय शिक्षाको विकास सम्भव छ। साथै कुशे ९ का सम्पुर्ण प्रा.बि.हरुमा पनि शिक्षाक्षेत्रमा सुधार आएको अध्यक्ष गिरीले बताए।”
प्रधानाध्यापक लोकेन्द्र शिहले यो विद्यालय दुर्गम भए पनि दृष्टिकोण आधुनिक रहेको बताउँदै भने, “हामी प्रविधिसँगै शिक्षामा गुणस्तर ल्याउन चाहन्छौँ। नरेन्द्र सरको सहयोगले अभियानमा हौसला मिलेको छ।” विद्यालयका शिक्षकहरूले स्वेच्छिक रूपमा ३९ हजार रुपैयाँ बराबरको रकम संकलन गरेका छन् भने बाँकी रकम वडा कार्यालयमार्फत व्यवस्थापन गरिने छ। विद्यालयका अनुसार एक थान ल्यापटपको लागत ९५ हजार रुपैयाँ रहेको छ। कार्यक्रममा नरेन्द्र शाहीप्रति विशेष गरि विद्यालय व्यवस्थापन समितिको तर्फबाट हार्दिक धन्यवाद प्रदान गरिएको थियो।
सहभागीहरूले प्रविधिमा आधारित शिक्षाले गाउँका बालबालिकालाई प्रतिस्पर्धी बनाउने विश्वास व्यक्त गरे। कार्यक्रमको समापनमा थप ल्यापटप व्यवस्थापन तथा प्रविधि सम्बन्धी तालिम सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरिएको थियो।
थप समाचार


स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!