कोहलपुर नगरपालिका पुनः प्रथम : राष्ट्रपति रनिङ शिल्डमा चौथो पटक विजयी !
स्थानीय
कोहलपुर नगरपालिका पुनः प्रथम : राष्ट्रपति रनिङ शिल्डमा चौथो पटक विजयी !

बाँके जिल्लामा सम्पन्न १६ औं जिल्ला स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा कोहलपुर नगरपालिकाले पुनः प्रथम स्थान हासिल गरेको छ।
प्रतियोगिता अध्यक्ष दिपक कुमार गौरी मगरको अध्यक्षतामा सम्पन्न उक्त प्रतियोगितामा कोहलपुरले १८ स्वर्ण, १० रजत र १४ कास्य पदक सहित उत्कृष्ट प्रदर्शन गर्दै पुनः शीर्ष स्थान सुरक्षित गरेको हो।
विगत चार वर्षदेखि यस प्रतियोगितामा निरन्तर रुपमा प्रथम हुँदै आएको कोहलपुर नगरपालिकाले यस वर्ष पनि आफ्ना उत्कृष्ट खेलाडीहरूको योगदानमा सफलता दोहोर्याएको छ। विभिन्न खेलकुद विधामा सहभागिता जनाएका कोहलपुर नगर क्षेत्रका प्रतिभाशाली खेलाडीहरूले मैदानमा दमदार उपस्थिति जनाउँदै कोहलपुरको गौरवलाई अझ उच्च बनाएका छन्।
यस ऐतिहासिक उपलब्धिका लागि नगरपालिकाका खेलाडी, प्रशिक्षक, कोहलपुर खेलकुद विकास समितिका पदाधिकारी, जनप्रतिनिधि तथा कर्मचारीहरूप्रति नगरपालिकाले हार्दिक आभार व्यक्त गरेको छ। कोहलपुर नगरपालिकाले पछिल्ला वर्षहरूमा खेलकुद पूर्वाधार, तालिम तथा प्रतिभा विकासमा गरेको लगानी अब प्रतिफल दिन थालेको स्पष्ट देखिएको छ। नगरपालिकाले ‘कोहलपुरलाई खेलकुद ग्रामका रूपमा विकास गर्ने’ दीर्घकालीन योजनामा विश्वास व्यक्त गर्दै खेलकुदको हबका रूपमा कोहलपुरलाई अगाडि बढाउने प्रतिबद्धता दोहोर्याएको छ। “स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेल” भन्ने मूल नारालाई आत्मसात् गर्दै कोहलपुरले देखाएको यो सफलता सम्पूर्ण नगरवासीका लागि गौरवको विषय बनेको छ।
थप समाचार


स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!