कोहलपुर नगरपालिकाको साथ, विपन्न बर्गका लागि अब घरको सपना पुरा हुने।
स्थानीय
अव्यवस्थित बसोबासीको अनुहारमा मुस्कान: कोहलपुर–१ मा २०० भन्दा बढीले पाए जग्गा पुर्जा।

कोहलपुर नगरपालिका–१ मा अव्यवस्थित बसोबासीको अनुहारमा आशा, खुशी र गर्वको आभास देखिएको छ। दशौ बर्ष देखिको बसोबास गर्दै आएका अव्यवस्थित बसोबास गर्दै आएका ब्यक्तिहरु अब कानुनी रूपमा प्रमाणित भएको छन।
भूमि समस्या समाधान आयोग, जिल्ला समिति बाँकेको आयोजनामा सम्पन्न भएको कार्यक्रमबाट २०० भन्दा बढी स्थानीयले जग्गाधनी प्रमाण–पत्र (पुर्जा) आज एक कार्यक्रमका बिच प्राप्त गरेका हुन।
आजको कार्यक्रम भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेका अध्यक्ष घनश्याम खनालको अध्यक्षतामा प्रमुख अतिथि आयोगका केन्द्रीय उपाध्यक्ष सनत कार्कीको उपस्थिति रहेको कार्यक्रममा विशिष्ट अतिथि कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचार्य, विशेष अतिथि उपप्रमुख संगीता सुवेदी तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू सहभागी रहेको थियो।
प्रमुख अतिथि कार्कीले कार्यक्रमलाई सम्बोधन गर्दै राज्यबाट विगतमा उपेक्षित वर्गहरू आज सम्मानका साथ जग्गाधनी बन्न पाउनु न्यायको जित भएको बताए। उनले भने, “यो कार्यक्रम केवल प्रमाण–पत्र वितरण मात्र होइन, यो राज्यले अब तपाईंहरूलाई स्वीकारेको सन्देश हो। अब तपाईंहरू कानुनी रूपमा जग्गाको मालिक बन्नुभएको बताए।”
कोहलपुर नगरप्रमुख पूर्णप्रसाद आचार्यले नगरपालिकाको तर्फबाट यस कार्यमा सहकार्य गर्न पाएकोमा गर्व व्यक्त गर्दै भविष्यमा पनि अव्यवस्थित बसोबासीका हितमा यस्ता कार्यक्रम निरन्तर हुने प्रतिबद्धता व्यक्त गरे। “हामी सधैं आम नागरिकको पक्षमा छौं। यो नगरपालिका सबैका लागि हो, र यसले न्याय दिलाउने काम गर्नुपर्छ,” उनले भने।
कार्यक्रममा उपप्रमुख संगीता सुवेदीले यस्तो ऐतिहासिक कार्यमा साथ दिन पाउनु नगरपालिकाको गौरव भएको बताउँदै जग्गा पाउने अधिकांश महिलाहरू पनि रहेकाले यो कार्यक्रम लैङ्गिक दृष्टिले पनि सकारात्मक भएको उल्लेख गरिन्।
वक्ताहरूका रूपमा नेपाली कांग्रेसका कार्यवाहक नगर सभापति ऋषिराज सापकोटा, नेकपा एमाले नगर अध्यक्ष कुलबहादुर भट्टराई, नेकपा माओवादी केन्द्र नगर अध्यक्ष बलबहादुर खड्का, रासपाका प्रतिनिधि आनन्दबाबु काफ्ले लगायतले आ–आफ्नो धारणा राखे। उनीहरूले भूमि समस्या समाधान आयोगको यो पहललाई ऐतिहासिक कदम भन्दै आगामी दिनमा अझ बढी पीडित नागरिकले लाभ लिन सक्ने वातावरण तयार पार्न जोड दिए।
बर्षौ यताको बसोबास, घर टहरासहितको जीवन, अनिश्चित भविष्य र पीडाको इतिहास आजको दिनबाट केही हदसम्म फेरिएको अनुभूति सहभागीहरूको अनुहारमा देखिन्थ्यो। प्राप्त प्रमाण–पत्रहरू नगरप्रमुख आचार्य, उपप्रमुख सुवेदी, आयोग उपाध्यक्ष कार्की तथा अन्य अतिथिहरूले हस्तान्तरण गरेका थिए। कार्यक्रममा महिला, बालबालिका, वृद्धवृद्धा समेतको उल्लेखनीय उपस्थिति थियो। उपस्थितहरू भावुक हुँदै “आज हामी पहिचानसहितका नागरिक भयौं” भन्ने प्रतिक्रिया दिइरहेका थिए। कार्यक्रमको सञ्चालन आयोगका सदस्य तथा स्थानीय अगुवा व्यक्तिहरूले गरेका थिए भने अध्यक्ष घनश्याम खनालले समापन मन्तव्य दिँदै राज्य, स्थानीय तह र नागरिकको सहकार्यबाट मात्रै स्थायी समाधान सम्भव हुने बताए।
कोहलपुर–१ मा सम्पन्न यो पुर्जा प्रमाण–पत्र वितरण कार्यक्रमले अन्य वडाहरूका लागि पनि मार्गदर्शनको काम गर्ने विश्वास गरिएको छ। अब कोहलपुरमा बसोबास मात्र होइन, सम्मानपूर्वकको अधिकारसहितको नागरिक जीवन अघि बढ्ने छ।
थप समाचार




स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!