कोहलपुर नगरपालिकाको साथ, विपन्न बर्गका लागि अब घरको सपना पुरा हुने।
स्थानीय
नेपालगन्ज बाट रुकुम पश्चिमको चौरजहारी जाँदै गरेको हाईस सल्यानमा दुर्घटना, १५ जना घाइते।

सल्यान, साउन ८ – नेपालगञ्जबाट रुकुम पश्चिमको चौरजहारीतर्फ जादै गरेको यात्रुवाहक हाईस सल्यानको कुमाख गाउँपालिका–२, नेटा नजिकै बिहीबार दिउँसो दुर्घटनामा परेको छ।
दिउँसो करिब १२ बजेतिर भे १ ख ३९९४ नम्बरको हाईस सडकमाथिको घुम्तीबाट अनियन्त्रित भई करिब ३५ मिटर तल खसेको हो।
दुर्घटनामा चालक पारस आचार्यसहित करिब १५ जना यात्रु घाइते भएका छन्। घाइतेहरूमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। अन्य घाइतेहरूको स्थानीय स्वास्थ्य संस्थामा प्रारम्भिक उपचार भइरहेको छ भने गम्भीर घाइतेलाई नेपालगञ्ज रेफर गर्ने तयारी भइरहेको छ। दुर्घटना भएको स्थल सिंगो घुम्ती भएको तथा वर्षाको कारण सडक चिप्लो भएकाले गाडी अनियन्त्रित भएर तल खसेको प्रारम्भिक अनुमान गरिएको छ।
प्रत्यक्षदर्शीहरूका अनुसार गाडी अचानक झ्याम्पिदै तल्लो घुम्तीभन्दा मुन्तिरको पाखामा खसेको थियो। घटनापछि तत्काल स्थानीयवासी, सुरक्षाकर्मी र उद्धार टोलीको सक्रियतामा घाइतेहरूलाई गाडीबाट निकालेर अस्पताल पुर्याइएको थियो। कुमाख गाउँपालिका अध्यक्षसहित जनप्रतिनिधि र सुरक्षाकर्मीहरू घटनास्थलमै पुगेर उद्दार र व्यवस्थापनमा सहयोग गरेका छन्।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार गाडीमा कुल १६ जना सवार थिए। यात्रुहरू सबै चौरजहारीतर्फ गइरहेका थिए। यस दु:खद घटनाले चाडपर्व नजिकिँदै गर्दा लामो दूरीका यात्रुहरूको सुरक्षाप्रति गम्भीर ध्यान दिनुपर्ने आवश्यकता देखाएको छ। घाइतेहरू प्रति समस्त नागरिक तथा स्थानीय निकायको तर्फबाट शीघ्र स्वास्थ्यलाभको कामना व्यक्त गरिएको छ।
थप समाचार




स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!