स्थानीय

कोहलपुर १५ चौधरिया–र प्रेमपुर बस्तीहरुमा योजना संकलन अभियान, सुरु !

Samayapati

 “जनताको योजना, जनताकै प्राथमिकता” भन्ने मुल नाराका साथ कोहलपुर नगरपालिका–१५ अन्तर्गत चौधरिया र प्रेमपुर क्षेत्रका विभिन्न टोलबस्तीमा योजनाहरू संकलन गर्न वडास्तरीय कार्यक्रम सम्पन्न भएको छ।

वडाध्यक्ष दिपेन्द्र कुमार चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा टोल सुधार समितिका प्रतिनिधिहरू र स्थानियवासीको उल्लेख्य सहभागिता रहेको थियो। वडाध्यक्ष चौधरीले भने, “अब योजना कोठामा होइन, जनताको घरदैलोबाट उठ्छ। जनप्रतिनिधिको जिम्मेवारी भनेको जनताको आवाज सुन्ने हो।” उनले आगामी वर्षका योजनामा समावेश गर्न सुझाव संकलन गरिँदै गरेको जानकारी दिएका हुन।

कार्यक्रममा बोल्दै टोल सुधार समिति अध्यक्ष तथा निवर्तमान वडा अध्यक्ष पतिराम थारुले स्थानीय स्तरमै योजना उठानले टोलको आवश्यकता सम्बोधन गर्न मद्दत पुग्ने बताए। कार्यक्रमका सहजकर्ता त्रिवेणी प्रसाद बस्मोरले भने, “योजना संकलन मात्र होइन, स्थानीय स्वामित्व सुनिश्चित गर्न हामी टोलमै पुगिरहेका छौं। योजनामा समुदायको आवाज सुन्ने यो राम्रो अभ्यास हो।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष तोरे थारुले विद्यालय क्षेत्रका आवश्यकताहरू उठाउँदै शिक्षा क्षेत्रको सुधारमा योजना केन्द्रित गर्न आग्रह गरे। पुलङ्गी चिडीमार, पिताराम थारु, पार्वती थरुनी, चेतराम थारु, टिकाराम थारुलगायतलेहामीलाई बिकाश चाएको छ जस्तै , विभिन्न सीपमूलक तालिम  अन्य सरसफाइ, सडक, खानेपानी तथा महिला सशक्तीकरण  योजना सम्बन्धि व्यापक छलफल गरिएको थियो।

कार्यक्रमको समापन वडाध्यक्ष चौधरीले गरेका थिए। सहभागी सबैले आगामी वर्ष योजनामा समेटिनुपर्ने विषयमा आ–आफ्ना विचार राखेका थिए। 


प्रकाशित मिति: शनिवार, जेठ १८, २०८२, ११:४१:००
प्रतिक्रिया दिनुहोस्