स्थानीय

खजुरा गाउपालिकामा टिनको छाना मुक्त विद्यालय

Samayapati

(नेपालगंन्ज )
बाकेको खजुरा गाउपालिकाले टिनको छाना मुक्त विद्यालय बनाउने अभियान सुरु गरेको छ ।
गाउपालिकाले नेपाल राष्ट्रिय माध्यामिक विद्यालयको चार कोठाको पक्कि भवन निमार्ण गरेको छ । स्थानीय सरकारको दश लाख, संघिय सरकारको पचन्न लाख र जनश्रमदानको ७ लाख ९९ हजार ७ सय ९२ रुपैंयाको आर्थिक सहयोगमा उक्त विद्यालयको चार कोठा भवन निमार्ण गरेको हो ।
नव निर्मित चारकोठे भवनको उद्घाटन गर्दै पालिका अध्यक्ष डम्मर विक ले खजुरा गाउपालिकाको विकासका लागी मधेशी समूदायको उत्थान हुन आवश्यक रहेको बताउदै त्यसका लागी शिक्षाको क्षेत्रलाई उकास्न आवश्यक भएको हुनाले नेरामाविको भवनलाई पक्कि बनाएको बताए ।
कार्यक्रममा अध्यक्ष विकले खजुरा गाउपालिकालाई टिनको छाना मुक्त विद्यालय बनाउने अभियान सञ्चालन गरेको र प्रत्येक टिनका विद्यालयलाई पक्कि संरचनाको विद्यालय निमार्ण गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । ‘हामीले हाम्रो पालिकामा अध्ययनरत प्रत्येक विद्यार्थीहरुलाई सुविधा समपन्न सुरक्षित पक्कि संरचना भएको विद्यालयको भवनमा अध्ययन गराउनका लागी टिनको छानो मुक्त विद्यालय मुक्त गरी शिक्षा मैत्री भौतिक संरचनाको निमार्ण गरिरहेका छौं।’उनले भने ।

उनले मधेशी समूदायका प्रत्येक गाउमा पक्कि बाटाहरुका लागी आरसीसी र पिसीसी बनाएको पनि बताए । उनले खजुरा गाउपालिका भित्र अवस्थित मधेशी समूदायका जेष्ठ नागरिक र अपांगलाई घरघरमा स्वास्थ्य जँचका लागी सेवा प्रदान गरेको बताए । मधेशका महिलाहरुलाई स्वास्थ्य जँचमा सहजता पुगोस् भन्ने उद्देश्यले प्रत्येक स्वास्थ्य चौकीहरुमा आधुनिक सुविधा सम्पन्न वर्थिंग सेन्टरको निमार्ण गरेको पनि सुनाए ।
शिक्षा मैत्री भौतिक संरचनाको उद्देश्य अनुरुप सोही पालिकाको वडा नं. ६ मा रहेको जनकल्याणमा चार कोठाको पक्कि भवन, जनसेवामा दुई कोठाको पक्कि भवन, रझेनामा तीन कोठाको पक्कि भवन त्यसैगरी सुनवर्षामा तीन कोठाको पक्कि भवन बन्दै गरेको उनले जानकारी दिए । ती सबै विद्यालयको पक्कि संरचनाको निमार्ण कार्यलाई केही दिनमा नै गरिने र अन्य तीन ठाउका टिनको छानो भएका विद्यालयहरुलाई भत्काएर पक्कि भवन निमार्ण गरी सिलन्यास गरिने पनि अध्यक्ष विकले जानकारी दिए ।
खजुरा गाउपालिकालाई टिनको छानो मुक्त विद्यालय बनाउने उद्देश्यले सञ्चालन गरिएको यो अभियानमा खजुरा गाउँपालिकाको मधेश र मधेशी समूदायका लागी थुप्रै आवश्यक योजनाहरु पनि सञ्चालन गर्न बाँकी रहेको उनले बताए । पक्कि संरचनाको विद्यालयसंगै ती शुद्ध पिउने पानीको व्यवस्था गाउपालिकाले गरेको पनि उनले बताए ।

प्रकाशित मिति: आइतवार, जेठ ५, २०८२, ०१:२६:००
प्रतिक्रिया दिनुहोस्