कोहलपुरमा रहेको शुभ लक्ष्मी फेन्सी पसलमा भीषण आगलागी, लाखौंको क्षति !
स्थानीय
कोहलपुर १४मा अति विपन्न परिवारका लागि आवास निर्माण सुरु!

कोहलपुर नगरपालिका–१४ हवल्दारपुरमा अति विपन्न परिवारका लागि घर निर्माण कार्य शुभारम्भ गरिएको छ।
छिमेक समाज सेवा संस्थाको आर्थिक सहयोगमा कोहलपुर नगरपालिकासँगको सहकार्यमा उक्त परियोजना अघि बढाइएको हो।
आजको कार्यक्रम छिमेक समाज सेवा संस्थाका अध्यक्ष रामचन्द्र जोशीको अध्यक्षतामा प्रमुख अतिथि कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले कार्यक्रमको बिधि पुर्बक उद्घाटन गरेका थिए । उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि आचार्यले सुरक्षित आवास मानव अधिकारको अभिन्न अंग भएको बताउँदै स्थानीयस्तरमा सहयोगका यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरे। उनले अति विपन्न परिवारका लागि सञ्चालित यस कार्यक्रमले समाजमा सकारात्मक प्रभाव पार्ने उल्लेख गरे।
विशिष्ट अतिथि कोहलपुर नगरपालिका वडा नं. १४ का अध्यक्ष नमप्रसाद आलेले स्थानीयस्तरमा यस्ता कार्यक्रमले समुदायको समृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले भने, "घर मात्रै होइन, परिवारलाई आत्मनिर्भर बनाउने उद्देश्यले सुरु गरिएको यो परियोजना उदाहरणीय बन्नेछ।" उनले नगरपालिकाको तर्फबाट आवश्यक सहकार्य र सहजीकरण हुने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रमको समापन गर्दै छिमेक समाज सेवा संस्थाका अध्यक्ष रामचन्द्र जोशीले सामाजिक उत्तरदायित्वअन्तर्गत यस संस्थाले विभिन्न क्षेत्रहरूमा सहयोग गर्दै आएको बताए। उनले भने, "स्थानीय सरकार र समुदायको सहभागिताले मात्र यस्ता परियोजनाले सार्थक परिणाम दिन्छ। हाम्रो उद्देश्य केवल घर निर्माण होइन, यहाँका परिवारलाई दिगो आर्थिक अवसर प्रदान गर्नु पनि हो।"
आजको कार्यक्रममा स्थानीय सरकार, सामाजिक संस्था, र समुदायको सहकार्यमा सञ्चालित यो परियोजनाले अति विपन्न परिवारलाई सुरक्षित बसोबास उपलब्ध गराउने मात्र नभई उनीहरूको आर्थिक सशक्तीकरणमा पनि योगदान पुर्याउने अपेक्षा गरिएको छ।
थप समाचार



स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!