स्थानीय

कोहलपुरमा अपाङ्गता भएका व्यक्तिहरूका लागि नापजाँच शिविर सञ्चालन।

Samayapati

कोहलपुर नगरपालिका महिला बालबालिका तथा समावेशीकरण उप-शाखा तथा स्थानीय अपाङ्गता समन्वय समितिको समन्वयमा वडा नं. ८ र ९ का अपाङ्गता भएका व्यक्तिहरूको पहिचान तथा सहायक सामग्री नापजाँच शिविर सञ्चालन भएको छ।

अपाङ्गता भएका व्यक्तिहरूको पहिचान गरी आवश्यक सहायक सामग्रीको व्यवस्था गर्ने उद्देश्यले आयोजित उक्त शिविर संचालन गरिएको हो।

कार्यक्रमकि अध्यक्ष कोहलपुर नगरपालिका नं. ९ की वडा सदस्य श्रीमती सुनिता राना विष्टको अध्यक्षतामा प्रमुख अतिथि  कोहलपुर नगरपालिका आर्थिक विकास शाखाकी संयोजक सुनिता बुढाथोकीले ब्यानर पढेर कार्यक्रमको औपचारिक रुपमा उद्घाटन गरेकी थिइन।  उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि बुढाथोकीले कोहलपुर नगरपालिका भित्र रहेका सबै अपांगता भएका ब्यक्तिहरुको आबश्यक पहिचान गरि उनीहरुको आबश्यक्ताहरुको परिपुर्ति गर्नु पर्ने बताइन। 

त्यस्तै कार्यक्रममा उपस्थित घटना शाह, पवित्रा परियार, धना केसी, गोमा माया ढकाल (कोहलपुर नगरपालिका वडा नं. ८), जीवन बाथ सिग्देल (कोहलपुर नगरपालिका वडा नं. ८) र दानियल रसाईली (कोहलपुर नगरपालिका वडा नं. ८) रहेका थिए।

शिविर २०८१ साल फागुन ११ गतेदेखि २०८१ साल फागुन २२ गतेसम्म सञ्चालन हुने रहेको छ।  कार्यक्रम स्थानीय अपाङ्गता समन्वय समिति कोहलपुर, बाँकेको समन्वयमा आयोजना गरिएको हो भने कोहलपुर नगरपालिका महिला बालबालिका तथा समावेशीकरण उप-शाखा भने  प्रमुख आयोजक रहेको छ।

आयोजक संस्थाका प्रतिनिधिहरूले यस्तो शिविरले अपाङ्गता भएका व्यक्तिहरूलाई सहयोग पुग्ने तथा उनीहरूको दैनिक जीवन सहज बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्।  कार्यक्रममा सहभागीहरुले अपाङ्गता भएका व्यक्तिहरूले यस्ता शिविरहरू नियमित रूपमा सञ्चालन गर्नुपर्ने माग राखेका छन्।

उनीहरूले आवश्यक सहायक सामग्री प्राप्त गर्दा जीवनयापन सहज हुने र आत्मनिर्भर बन्न सहयोग पुग्ने बताएका छन्। आयोजक संस्थाले अपाङ्गता भएका व्यक्तिहरूलाई लक्षित गरी आगामी दिनमा थप प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्दै कार्यक्रमका अध्यक्ष सुनिता राना बिष्टले आजको कार्यक्रमलाई समापन गर्दै उपस्थित सबैलाई धन्यवाद समेत दिएकी थिइन !


प्रकाशित मिति: बुधवार, फाल्गुन २१, २०८१, ०८:५९:००
प्रतिक्रिया दिनुहोस्