स्थानीय

कोहलपुर नगरस्तरीय रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०८१ माघ ११ देखि १३ सम्म!

Samayapati

कोहलपुर नगरस्तरीय रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०८१ माघ ११ गते देखि माघ १३ गतेसम्म सुरु हुने भएको छ।

यस प्रतियोगितामा विद्यार्थीहरूको शारीरिक र मानसिक विकाससँगै राष्ट्रिय र अन्तर्राष्ट्रिय खेल जगतमा पनि उत्कृष्ट खेलाडीहरूलाई स्थापित गर्ने अवसर प्रदान गर्नु हो।

कार्यक्रम अध्यक्ष रमेश के.सीको अध्यक्षतामा केसीले प्रतियोगितामा २८ विद्यालयका विद्यार्थीहरूलाई समावेश गर्ने बताएका छन्। तीमध्ये १८ वटा विद्यालय मावि तहमा र १० वटा विद्यालय आधारभूत तहमा रहेका छन्। यसका अतिरिक्त, बैजनाथका ६ विद्यालयलाई पनि समावेश गरिएको छ।

सबैभन्दा ठूलो आकर्षण भनेको प्रतियोगितामा भाग लिने खेलाडीहरूको संख्या हो। १८५६ जना विद्यार्थीहरू विभिन्न खेलकुद प्रतिस्पर्धामा भाग लिने छन्। प्रतियोगिता समावेश खेलहरूमा ३०० मिटर रनिङ, छात्रा र छात्र भलिबल, एथलेटिक्सका १०० मिटर, छात्रा र छात्र १००×४ रिले दौड, छात्रा र छात्र २०० मिटर दौड जस्ता खेल छन्। यस खेलकुद प्रतियोगितामा ८६ स्वर्ण, ८६ रजत र १०२ कास्की गरी जम्मा २७४ मेडलहरू वितरण गरिनेछ। प्रतियोगिताको लागत अनुमानित १० लाख रुपैयाँ रहेको आयोजकले जानकारी दिएको छ।

पत्रकार सम्मेलनमा प्याप्सन उपाध्यक्ष समिर घर्ती, प्याप्सन सल्लाहकार गोविन्द सुवेदी, सब फिल्ड मार्सल नव किरण शाह, फिल्ड मार्सल दिनेश सिग्देल, सचिवालय संयोजक यमकुमार राउत, प्याप्सन सल्लाहकार केसर आले समेत विशेष भूमिका निभाएका थिए। पत्रकार सम्मेलनमा प्रमुख पत्रकारहरूको उपस्थितिमा विष्णु बेलबासी, सरला सुवेदी, निर्मला आचार्य, कृष्ण ओली, रविन्द्र सिंह ठकुरी, सजन कुमार आर.सी , हुमरी भट्टराई, प्रमोद रिजाल, विकल भट्टराई, गणेश राउत, अशोक भण्डारी, विजय परिवार रबी रोकाय लगायतका पत्रकारहरूको पनि सक्रिय सहभागिता थियो।

अध्यक्ष रमेश केसीले कार्यक्रममा उद्घाटन गर्दै प्रतियोगिता आयोजनाको उद्देश्य विद्यार्थीहरूको शारीरिक र मानसिक विकासलाई प्रोत्साहन दिनु हो भन्दै सबै खेलकुद प्रतिस्पर्धामा सहभागी विद्यार्थीलाई उत्कृष्ट प्रदर्शन गर्न प्रेरित गरेका छन्। यो प्रतियोगिता विद्यार्थिहरूको खेलकुद क्षेत्रमा नयाँ ढोका खोल्ने र भविष्यमा बढी राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने महत्त्वपूर्ण कदम मानिन्छ। यस आयोजनाबाट विद्यार्थीहरूको खेलकुदप्रतिको रुचि अझ बलियो हुने र समग्र विद्यालय खेलकुदको स्तरमा सु निश्चित हुने बताइएको छ।


प्रकाशित मिति: शुक्रवार, माघ ११, २०८१, ११:३९:००
प्रतिक्रिया दिनुहोस्