स्थानीय

नव कालिका सहकारीको १४औं साधारण सभा सम्पन्न, आफ्नै उत्पादनका जुत्ताहरूको प्रदर्शन

Samayapati

कोहलपुर, बाँके – कोहलपुर–५ मा रहेको नव कालिका लघु उद्यम प्रवर्द्धन सहकारी संस्था लिमिटेडको १४औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ।

"सहकारीमा सुशासन प्रवर्द्धन र एकीकरण" भन्ने मूलनाराका साथ आयोजित सभा संस्थाकी अध्यक्ष जुना बिकको अध्यक्षतामा सम्पन्न भएको हो।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष प्रेम सुबेदीले पानसमा बत्ती बालेर कार्यक्रमको  उद्घाटन गरेका थिए। उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि सुबेदीले सहकारी क्षेत्रको पारदर्शिता र आर्थिक शुद्धताको आवश्यकता औंल्याए। उनले सहकारीले सदस्यहरूको आर्थिक सुधारसँगै समुदायको समग्र विकासमा योगदान पुर्याउन सकेको भन्दै थप प्रभावकारी योजनाको आवश्यकता रहेको बताए।

कार्यक्रमका विशिष्ट अतिथि कोहलपुर नगरपालिकाका अधिकृत अग्नि प्रसाद आचार्यले सहकारीले दिगो विकासमा पुर्याएको योगदानको प्रशंसा गर्दै यसको प्रभावकारी व्यवस्थापनमा ध्यान दिन सुझाव दिए।

आर्थिक वर्ष २०८०/८१ मा सहकारीले २ करोड ३५ लाख ८२ हजार ३ सय ३८ रुपैयाँ ८६ पैसाको कारोबार गरेको लेखा परिक्षणको  तथ्यांकबाट प्रस्तुत गरिएको छ।

साधारण सभामा अतिथि जयकृष्ण न्यौपाने, होमकुमारी लामिछाने, दीपबहादुर शाही, कोमलराज पाठक, धनकुमारी आले, र दानबहादुर वलीले सहकारीको सफलताको लागि शुभकामना व्यक्त गर्दै सामाजिक र आर्थिक विकासका लागि सहकारीको भूमिकाबारे धारणा राखे।

कार्यक्रममा उपस्थित अतिथि, शेयर सदस्य, संचालक समिति, र कर्मचारीहरूले सहकारीको वार्षिक प्रतिवेदन, आर्थिक गतिविधि, र आगामी योजना , ऋण लगानी, बचत योजना, र उद्यम प्रवर्द्धनका लागी नव कालिका लघु उद्यम प्रवर्द्धन सहकारीको साधारण सभा स्थल बाहिर सजिएका जुत्ताहरू परिश्रम र सृजनशीलताको ज्वलन्त प्रमाण थिए। बाहिर बजारको चर्को मूल्य र मध्यम गुणस्तरका विकल्पहरूलाई चुनौती दिँदै, यी जुत्ताहरू गुणस्तर र किफायती मूल्यको उदाहरण बने। आफ्नै उत्पादनले आत्मनिर्भरताको सन्देश फैलाउँदै, शेर सदस्यहरूको गर्व बढाइरहेका थिए। उपायबारे जानकारी गराउँदै सहकारीले आफ्ना गतिविधिलाई थप प्रभावकारी बनाएको प्रसंशा गरेका छन।

कार्यक्रमको समापन गर्दै अध्यक्ष जुना बिकले सहकारीको सफलताका लागि सबैको सहयोगमा धन्यवाद व्यक्त गरिन्। उनले सहकारीले आर्थिक र सामाजिक विकासमा पुर्याएको योगदानको चर्चा गर्दै आगामी दिनमा थप सुधार र योजनाका साथ अघि बढ्ने बताइन्।

कार्यक्रमको सञ्चालन गोरखबहादुर चन्दले गरेका थिए। सहज र व्यवस्थित रूपमा सम्पन्न कार्यक्रममा सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। यो साधारण सभा सहकारीको दिगो विकास, सुशासन, र आर्थिक गतिविधिलाई थप प्रभावकारी बनाउन महत्त्वपूर्ण कदमको रूपमा हेरिएको छ।


प्रकाशित मिति: सोमवार, मंसिर १०, २०८१, ०५:०८:००
प्रतिक्रिया दिनुहोस्