"राप्ती सोनारी–४ कुम्भरको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय: गुणस्तरीय शिक्षामा उदाहरणीय!"
स्थानीय
समुदायको सेवामा ग्लोबल आइएमई बैंक: कोहलपुरमा शवदाहस्थल निर्माणका लागि २० लाख सहयोग!
कोहलपुर बाँके— शवदाहस्थल निर्माणका लागि ग्लोबल आइएमई बैंकले कोहलपुर नगरपालिकालाई २० लाख रुपैयाँ सहयोग प्रदान गरेको छ।
यस योगदानलाई सम्मान गर्न कोहलपुर नगरपालिकाले विशेष कार्यक्रमको आयोजना गरेको यो कार्यक्रम कोहलपुर नगरपालिकाको सभाहलमा सम्पन्न भएको हो।
कोहलपुर नगरपालिकाकी कार्यवाहक मेयर संगीता सुविदीको अध्यक्षतामा कार्यक्रमकी प्रमुख अतिथि ग्लोबल आइएमई बैंककी कोहलपुर शाखा प्रबन्धक शान्ता शिवकोटीले कार्यक्रमको उद्घाटन गरेकी थिइन्। उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि शिवकोटीले सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले समुदायका आवश्यकतामा आधारित विकास कार्यहरूमा निरन्तर साथ दिँदै आएको उल्लेख गरिन्। उनले भनिन्, "शवदाहस्थलजस्तो महत्त्वपूर्ण संरचनाको निर्माणका लागि गरिएको यो सहकार्यले स्थानीयवासीलाई ठूलो राहत पुर्याउने विश्वास छ।"
कार्यक्रममा विशिष्ट अतिथि नेपाली कांग्रेस बाँकेका जिल्ला अध्यक्ष नारायणप्रसाद गौडेलले ग्लोबल आइएमई बैंकले सामाजिक विकासका क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्दै उनले भने, "शवदाहस्थल निर्माणजस्तो महत्त्वपूर्ण सामाजिक संरचनाको निर्माणमा सहयोग पुर्याएर बैंकले समुदायको पक्षमा उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ।"
कार्यक्रममा नेपाली कांग्रेस कोहलपुर नगर कमिटीका अध्यक्ष तथा वडा नम्बर १२ का अध्यक्ष बिरेन्द्र कुमार शाह, सामाजिक विकास शाखाका संयोजक ईश्वरीप्रसाद विश्वकर्मा, ग्लोबल आइएमई बैंकका इश्वरीप्रसाद जोशी र जोगलाल भुसाल, उपभोक्ता समितिका अध्यक्ष चक्रबहादुर अधिकारी, र कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले आ-आफ्ना धारणा व्यक्त गरे। उनीहरूले शवदाहस्थल निर्माणको महत्त्व औँल्याउँदै यस कार्यले स्थानीय बासिन्दाको दैनन्दिन जीवनमा प्रत्यक्ष प्रभाव पार्ने विश्वास व्यक्त गरे।
शवदाहस्थल निर्माणको आवश्यकता र महत्व कोहलपुर क्षेत्रमा शवदाहस्थलको अभावका कारण स्थानीयहरूले लामो समयदेखि समस्या भोग्दै आएका थिए। शवदाहस्थलको अभावले शहरी क्षेत्रमा पर्यावरणीय र सामाजिक चुनौती थपेको थियो। अब ग्लोबल आइएमई बैंकको यो सहयोगले नगरपालिकालाई शवदाहस्थल निर्माण कार्य अघि बढाउन टेवा पुर्याउनेछ।
उपभोक्ता समितिका अध्यक्ष चक्रबहादुर अधिकारीले निर्माण प्रक्रियाबारे जानकारी दिदैँ भने, "शवदाहस्थल निर्माणका लागि योजना अघि बढिसकेको छ। यो सहयोगले कामलाई गति दिन मद्दत पुर्याउनेछ।"
विविध सहभागिता कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का नगर कमिटी अध्यक्ष अबराज खड्का, वडा नम्बर ११ की अध्यक्ष कल्पना शर्मा, निमाण उपभोक्ता समितिका मिना आचार्य, विभिन्न संघसंस्थाका प्रतिनिधि, स्थानीय पत्रकार, र अन्य सहभागीहरूको विशेष उपस्थिति रहेको थियो।उनीहरूले शवदाहस्थल निर्माणलाई समुदायको दीर्घकालीन आवश्यकता भन्दै नगरपालिकाको यो पहलको स्वागत गरे।
कार्यक्रमको समापन कार्यक्रमका अन्त्यमा कार्यवाहक मेयर संगीता सुविदीले ग्लोबल आइएमई बैंकलाई धन्यवाद दिदैँ भनिन्, "यो शवदाहस्थल कोहलपुरको एक आधारभूत आवश्यकता हो। नगरपालिकाले यो कार्यलाई समयमै सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्दछ।" नगरपालिकाको यो प्रयासले स्थानीय बासिन्दाका लागि शवदाह प्रक्रियामा आउने कठिनाइ कम गर्ने र पर्यावरणीय व्यवस्थापनमा पनि टेवा पुर्याउने अपेक्षा राख्दै कार्यक्रमको समापन गरेकी थिइन।
छ।
थप समाचार
स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!