स्थानीय

कोहलपुरमा वेस्र्टन हस्पिटालिटी संचालनमा: पर्यटन विकास र रोजगारीमा नयाँ सम्भावना!

Samayapati

बाँकेको कोहलपुर नगरपालिका–११  गोलपार्कमा वेस्र्टन हस्पिटालिटी नेपाल संचालनमा आएको छ।

स्थानीय युवा उद्यमी शालिकराम अधिकारीको पहलमा स्थापित यस संस्थाले स्थानीय पर्यटन क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने र गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्य लिएको हो।

संचालक अधिकारीले हस्पिटालिटीको उद्घाटन समारोहमा बोल्दै, कोहलपुरमा यस्तो प्रतिष्ठान स्थापना गर्न पाएकोमा अत्यन्त खुशी व्यक्त गर्दै भने, "स्थानीय पर्यटन उद्योगको प्रवर्द्धनका लागि हस्पिटालिटी सेवा ल्याउन पाउँदा गर्व महशुस भएको छ।" साथै, उनले स्थानीय सरकार, सरोकारवाला निकाय, र समुदायका सदस्यहरूबाट सहयोगको अपेक्षा समेत राखे। अधिकारीले थपे, “कोहलपुरको हस्पिटालिटी क्षेत्रमा अब हामी सशक्त रूपमा उपस्थिति जनाउँदैछौं र यहाँको पर्यटनलाई अर्को तहमा पु¥याउन प्रतिवद्ध छौं।”

यस संस्थाको उद्देश्य: गुणस्तरीय सेवा र पर्यटन प्रवर्द्धन वेस्र्टन हस्पिटालिटी नेपालले समग्र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पर्यटन उद्योगलाई प्रवर्द्धन गर्न र पर्यटकलाई उच्च गुणस्तरीय सेवा उपलब्ध गराउन विविध कार्यक्रम संचालन गर्ने योजना बनाएको छ। अधिकारीका अनुसार, हस्पिटालिटीले यो क्षेत्रमा ठूलो सम्भावना देखेर, पर्यटनलाई विशेष ध्यान दिँदै हस्पिटालिटी सेवा सुरू गरेको समयपाटीलाई जानकारी दिएका छन।

वेस्र्टनले पर्यटन उद्योगको विकाससँगै, आवश्यक दक्ष जनशक्ति उत्पादन गरेर स्थानीय रोजगारी सिर्जना गर्ने उद्देश्य पनि राखेको छ। होटल सम्बन्धी तालिम र रोजगारको अवसर वेस्र्टन हस्पिटालिटीले होटल व्यवस्थापन सम्बन्धी विभिन्न तालिम कार्यक्रमहरू सञ्चालन गर्दै, होटल तथा पर्यटन क्षेत्रमा इच्छुक र नयाँ व्यक्तिहरूलाई दक्ष बनाउने योजना बनाएको छ। अधिकारीले भने, “हस्पिटालिटीमार्फत हामी होटलसम्बन्धी दक्ष जनशक्ति उत्पादन गर्न प्रयासरत छौं।” प्रोडक्सन, एफएन डि सर्विस, हाउस किपिङ, फ्रन्ट अफिस आईटी, सेल्स एण्ड मार्केटिङ जस्ता विभागहरूमा विशेष तालिम प्रदान गरिने र तालिम लिएका व्यक्तिलाई जागिरको व्यवस्था गर्ने योजना छ।

अधिकारीले बताएअनुसार, हालसम्म ७० जनालाई यस हस्पिटालिटीमार्फत रोजगारी दिइएको छ। यसले कोहलपुर क्षेत्रमा आर्थिक गतिविधिमा वृद्धि गर्ने विश्वास गरिएको छ। समग्रमा यस क्षेत्रको आर्थिक विकासमा योगदान वेस्र्टन हस्पिटालिटीले पर्यटनको प्रवर्द्धनमार्फत लुम्बिनी, कर्णाली, र सुदूरपश्चिम प्रदेशको आर्थिक विकासमा योगदान पुर्याउने संकल्प लिएको छ। अधिकारीले भने, “हामी कोहलपुरको पर्यटन उद्योगलाई नयाँ उचाइमा पुर्याउन चाहन्छौं। यो क्षेत्रको विकासमा योगदान पुर्याउन सबै सरोकारवालासँग सहकार्य गर्दै जानेछौं।”

संचालक अधिकारीले, आगामी दिनमा स्थानीय निकायहरू, सरोकारवाला संस्थाहरू, र समुदायसँग सहकार्य गर्दै थप जनशक्ति उत्पादन गर्ने, रोजगारीका अवसर बढाउने र गुणस्तरीय सेवाका माध्यमबाट स्थानीय पर्यटन उद्योगलाई सशक्त बनाउने लक्ष्य रहेको स्पष्ट पारेका छन।


प्रकाशित मिति: आइतवार, कार्तिक २५, २०८१, ०२:१३:००
प्रतिक्रिया दिनुहोस्