"राप्ती सोनारी–४ कुम्भरको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय: गुणस्तरीय शिक्षामा उदाहरणीय!"
स्थानीय
कोहलपुरमा प्लास्टिकका फूल बिक्रीमा निषेध उल्लंघन, व्यापारी र नगर प्रहरीबीच झडप!
कोहलपुर, बाँके – कोहलपुर बजारमा प्लास्टिकका फूलको निषेधात्मक निर्देशनको उल्लंघन गर्दै व्यापारीहरूले व्यापार गर्न थालेपछि बिहीबार नगर प्रहरी र व्यापारीबीच झडप भएको छ।
कोहलपुर नगरपालिकाले वातावरणीय प्रदूषण रोक्नका लागि बजार क्षेत्रमा प्लास्टिकका फूल बिक्री तथा प्रयोगमा रोक लगाउने निर्णय गरेता पनि ब्यपारीहरुले पलाष्टिकका फुल बिक्री गर्ने उदेश्यला पसलको अगाडि झुन्याइएकोले कोहलपुर नगर प्रहरीले पन्छौउन खोज्दा ब्यपारी र नगर प्रहरी बिच झडप भएको हो।
नगर प्रहरीले बजार अनुगमन गर्दै प्रतिबन्धित फूल हटाउने प्रयास गर्दा व्यापारीहरूले कडा विरोध जनाएका थिए। प्रहरीले फूलको बिक्री रोक्न आग्रह गर्दा केही व्यापारीले विरोध स्वरूप फूल हटाउन अस्वीकार गरेका थिए। यसक्रममा नगर प्रहरी र व्यापारीबीच भनाभनले झडपको रूप लिएको थियो। झडपका क्रममा केही फूल जफत गरिएको र केही व्यापारीले नगर प्रहरीको कारबाहीलाई अन्यायपूर्ण भन्दै आक्रोश व्यक्त गरेका छन्।
कोहलपुर नगरपालिकाका नगर प्रहरी प्रमुुुख वीर बहादुर थापाका अनुसार "हामीले बजार क्षेत्रलाई स्वच्छ र वातावरणमैत्री बनाउने अभियान चलाइरहेका छौं। व्यापारीले नियम पालना गर्नैपर्छ।" नगरपालिकाले यसबारे थप कडाइका साथ अनुगमनलाई निरन्तरता दिने जनाएको छ।
व्यापारीहरूको भने नगरपालिकाको निर्णयप्रति असन्तुष्टि देखिएको छ। उनीहरूले वैकल्पिक उपाय नअपनाईकन प्लास्टिकका फूलमाथि प्रतिबन्ध लगाउनु व्यापारमाथिको हस्तक्षेप भएको बताएका छन्।
थप समाचार
स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!