स्थानीय

स्मार्टफोनको अत्यधिक प्रयोगले निम्त्याएको मानसिक समस्या: के तपाईंलाई पनि नमौफोबिया त छैना ?

Samayapati

स्मार्टफोनको अत्यधिक प्रयोगले निम्त्याएको मानसिक समस्या: नमौफोबिया कोहलपुर, बाँके – आधुनिक प्रविधिको अत्यधिक प्रयोगले मानसिक स्वास्थ्यमा विभिन्न समस्याहरू उत्पन्न गरिरहेको छ। तिनै समस्यामध्ये, नमौफोबिया (Nomophobia) एक गम्भीर मानसिक स्वास्थ्य समस्या बनेर देखा परेको छ, जसमा व्यक्तिहरूलाई मोबाइल फोनको अनुपस्थिति वा फोन पहुँच नहुँदा डर र चिन्ता हुने गर्दछ। विशेषगरी स्मार्टफोनको अत्यधिक प्रयोग गर्ने व्यक्तिहरूमा यो समस्या देखिने गरेको छ। मनोविदहरूका अनुसार स्मार्टफोनमा अत्यधिक निर्भरता, नोटिफिकेशनको आशक्ति, र सामाजिक मिडियामा धेरै समय बिताउने बानीले मानिसहरूलाई नमौफोबियाको सिकार बनाउँछ। एक विशेषज्ञले बताए अनुसार, "समाजमा धेरै मानिसहरूले मोबाइल फोनमार्फत सूचना प्राप्त गर्ने बानीले गर्दा फोन बिना बस्न असहज महसुस गर्छन्। टेक्स्टिङ, च्याट र अन्य मिडिया प्रयोग गर्दा व्यक्तिहरूलाई फोन छुट्दा एक्लोपन र तनाव महसुस हुने गरेको छ।" तर, नमौफोबियाबाट बच्न केही साबधानीहरू अवलम्बन गर्न सकिन्छ। विशेषज्ञहरूले निम्न उपायहरू सुझाव दिएका छन्: 1. स्मार्टफोनको सीमित प्रयोग: सुत्ने समय वा आरामका समयमा फोनको प्रयोगलाई सीमित गर्नुपर्छ। 2. डिजिटल डिटक्स: हप्तामा एक दिन फोनबाट पूर्ण रूपमा टाढा रहेर आफूलाई डिजिटल डिटक्स गर्नुपर्छ। 3. सम्बन्ध सुधार: सामाजिक सम्बन्धलाई प्रत्यक्ष भेटघाटमार्फत सुधार्नुपर्नेमा जोड दिनु आवश्यक छ। 4. सन्तुलित दिनचर्या: मोबाइलको प्रयोग सन्तुलित राख्दै अन्य शारीरिक क्रियाकलापहरू जस्तै पढाइ, व्यायाम, वा ध्यानमा समय खर्च गर्नुपर्छ। 5. नोटिफिकेशन नियन्त्रण: अनावश्यक नोटिफिकेशनहरू बन्द गरेर फोनको व्यवधान कम गर्नुपर्छ। विशेषज्ञहरूका अनुसार यी उपायहरूको पालना गरेमा नमौफोबियालाई नियन्त्रण गर्न सकिन्छ र व्यक्तिहरूलाई मानसिक शान्ति मिल्न सक्छ। मोबाइल फोन हाम्रो जीवनमा महत्वपूर्ण भए पनि यसको सही र सन्तुलित प्रयोग आवश्यक छ। समाचारको लागि: सामुदायिक रेडियो प्रतिवोध एफएम, कोहलपुर


प्रकाशित मिति: बिहिवार, कार्तिक ८, २०८१, ०४:३८:००
प्रतिक्रिया दिनुहोस्