४० वर्षदेखि शिक्षाको उज्यालो छर्दै: कोहलपुर १५ मा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालय चौधरिया!
स्थानीय
कोहलपुरमा रवी लामिछानेका समर्थकद्वारा सहकारी घोटाला विरुद्ध नाराबाजी!
कोहलपुर, बाँके – राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवी लामिछानेका समर्थकहरूले आज कोहलपुरमा सहकारी घोटालाका पीडितहरूको न्यायका लागि सरकारविरुद्ध नाराबाजी गरेका छन्।
प्रदर्शनमा सहभागीहरूले “खबरदार सरकार” र “वास्तविक सहकारी ठगलाई कारबाही गर” जस्ता नारा लगाउँदै कोहलपुरको मुख्य बजार न्यु रोड हुँदै पुरै बजार परिक्रमा गरेका हुन।
प्रदर्शनकारीहरूले सहकारी घोटालामा बचत गुमाएका नागरिकहरूको पैसा फिर्ता गराउन सरकारको असफलताप्रति गम्भीर आपत्ति जनाउँदै कानुनी कारबाहीको माग गरेका छन। “ओइ सरकार, ओइ धनराज खोई?” भन्ने नाराहरूले उनीहरूको आक्रोशलाई झल्काएको थियो।
प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न भएको र कुनै अप्रिय घटना नभएको प्रहरीले जनाएको छ। प्रदर्शनकारीहरूले आफ्नो माग पूरा नभए थप आन्दोलन गर्ने चेतावनी समेत दिएका छन्।
थप समाचार
स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!