जाजरकोट कुशे–९ स्वास्थ्य चौकी पाँचौँ पटक सम्म लगातार प्रथम, वार्षिक समीक्षा गोष्ठी सम्पन्न!
स्थानीय
कोहलपुर उद्योग बाणिज्य संघको निर्वाचनमा १२०० मत खस्यो, ३:५० सम्म ४८७ मत बाँकी!

कोहलपुर, बाँके – कोहलपुर उद्योग बाणिज्य संघको निर्वाचनमा उत्साहजनक सहभागिता देखिएको छ।
दिउँसो ३:५० बजेसम्म १६८७ मतदातामध्ये १२०० जना मतदाताले आफ्नो मताधिकार प्रयोग गरिसकेका छन्। अझै ४८७ मत खस्न बाँकी रहेको छ।
प्रमुख निर्वाचन आयुक्त लोक बहादुर शाह र निर्वाचन अधिकृत ऋषि शर्माका अनुसार मतदान शान्त र व्यवस्थित वातावरणमा अगाडि बढिरहेको छ। शाहले निर्वाचन प्रक्रियामा कुनै अवरोध नभएको र मतदान उत्साहपूर्वक जारी रहेको जानकारी दिएका छन्।
निर्वाचन स्थलमा सुरक्षाकर्मीहरूको कडा निगरानी रहेको र व्यवसायीहरूले पनि उत्साहका साथ मतदान गरिरहेका छन्। निर्वाचनमा अध्यक्ष पदका लागि प्रगतिशील समूहबाट अञ्जना धिताल र लोकतान्त्रिक समाबेेेसीका समुहका प्रदीप भट्टराई बिच कडा प्रतिस्पर्धा हुने सङ्केत देखिएको छ।
अञ्जना धिताल संघको इतिहासमा पहिलो महिला अध्यक्ष उम्मेदवार भएकीले यसपटकको चुनावमा विशेष चासो रहेको छ। मतदान कार्य साँझ ५ बजे समाप्त हुने तालिकामा उल्लेख छ भने जहाँ सबैको नजर प्रतिस्पर्धी उम्मेदवारहरूमा केन्द्रित रहेको छ।
थप समाचार


स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!