स्थानीय

कोहलपुरमा दुर्गा मन्दिरको निर्माण कार्य सुरु, भगौती थारु द्वारा ५ धुर जग्गा दान!

Samayapati

कोहलपुर नगरपालिका वडा नं. १० चटारस्थित भगौती थारुले दुर्गा मन्दिर निर्माणका लागि ५ धुर जग्गा दान गरेका  छन।

मन्दिरको सिलान्यास कोहलपुर नगरपालिका वडा १० अध्यक्ष गौरा भट्टराईले विधिवत रुपमा सिलान्यास गरेकी  हुन।

सिलान्यास कार्यक्रममा वडा अध्यक्ष भट्टराईले धार्मिक तथा सांस्कृतिक सम्पदाहरूको संरक्षणका लागि समुदायको भूमिका महत्त्वपूर्ण रहेको बताएकी छन। उनी भन्छिन।"दुर्गा मन्दिरको निर्माणले हाम्रो समाजमा धार्मिक आस्था थप बलियो हुनेछ। यसले आगामी पुस्तालाई पनि हाम्रो परम्परा र संस्कृतिलाई ससम्मान अगाडि बढाउन प्रेरित गर्नेछ।" सिलान्यास कार्यक्रममा स्थानीय नेताहरु, समुदायका अगुवाइ तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति थियो।

अध्यक्ष भट्टराईले मन्दिर निर्माणमा नगरपालिकाले आवश्यक सहयोग गर्ने पनि प्रतिबद्धता व्यक्त गर्दै गर्दै "नगरपालिकाको तर्फबाट मन्दिर निर्माणमा आवश्यक पर्ने सहयोग निरन्तर हुनेछ। धार्मिक स्थलहरूको निर्माणले समुदायमा एकता र सहयोगको भावना बढाउँछ।

" भगौती थारुले मन्दिर निर्माणका लागि जग्गा दान गर्न पाउँदा आफूलाई खुसी लागेको बताउँदै भने, "धार्मिक काममा योगदान गर्न पाउनु मेरो लागि ठूलो सौभाग्य  हो। यस मन्दिरले सबैमा शान्ति र सद्भाव फैलाओस् भन्ने मेरो चाहना छ।

मन्दिर निर्माणले धार्मिक गतिविधिहरूलाई थप सशक्त बनाउनुका साथै, पर्यटक आकर्षणका लागि पनि ठोस भूमिका खेल्ने विश्वास गरिएको छ। कार्यक्रमको समापनमा वडा अध्यक्ष भट्टराईले सम्पूर्ण स्थानीयलाई मन्दिर निर्माणमा सक्रिय सहभागिता जनाउन आह्वान समेत गरेकी छन।


प्रकाशित मिति: बिहिवार, आश्विन २४, २०८१, ०५:२२:००
प्रतिक्रिया दिनुहोस्