स्थानीय

बालबालिकाहरुको शिक्षामा आमूल परिवर्तन सहितको गुणात्मक विकासको लागि शिखा एकेडेमी!

Samayapati

बाँके जिल्ला, कोहलपुर नगरपालिका वडा नं ८ पिपीरी नयाँ बस्तीमा रहेको शिखा एकेडेमीले २०७८ सालमा आफ्नो स्थापना काल देखि बहुआयामिक क्षेत्रमा गुणस्तरीय जीवन उपयोगी शिक्षा प्रदान गर्दै आइरहेको छ।

यस विद्यालयमा हाल २९४ विद्यार्थी र ५९ जना कर्मचारीहरू कार्यरत रहेका छन भने कक्षा १ देखि कक्षा १० सम्म पठनपाठन गराउदै गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको एक शैक्षिक सस्था हो।

यस विद्यालयको शैक्षिक रणनीति पृथक रहेकोले अन्य विद्यालयहरूसँग तुलना गर्दा फरक र विशेष शिक्षण विधि प्रयोग भएको यसमा पाउन सक्नुहुन्छ। यो विद्यालय बिहान ८ बजे देखि बेलुका ४ बजेसम्म सञ्चालन हुन्छ। बिहानी सत्र ८ देखि ९ बजेसम्म विद्यार्थीहरूको रुचिका आधारमा एक विद्यालय ८ खेलग्रामका अतिरिक्त क्रियाकलापहरू समावेश गरिएको छ। विद्यालयले विद्यार्थीलाई बहुआयामिक क्षेत्रमा दख्खल बनाउन ब्याडमिन्टन, फुटबल, स्विमिङ, क्रिकेट, बास्केटबल, संगीत, नृत्य, र पब्लिक स्पिकिङ्ग जस्ता गतिविधिहरूमा बिज्ञ प्रशिक्षकहरुबाट प्रशिक्षण गराउदै आइरहेको छ। शिखा एकेडेमीले शिक्षा ऐन,सरकारको शैक्षिक रणनीति र पाठ्यक्रम विकास बोर्डमा आधारित भै शिक्षण क्रियाकलाप गराउँदै आएको छ।

कक्षा १ देखि ३ सम्म दिनको तीनवटा बिषयमा र कक्षा ४ देखि १० सम्म चारवटा बिषयमा अध्यापन गराउदै आइरहेको छ। हरेक कक्षामा  ५५ देखि ७० मिनेटको कक्षा हुन्छ भने ४० मिनेटसम्म पाठ्यक्रमकै आधारमा मात्र पठनपाठन हुन्छ। बाँकी समय विद्यार्थीहरूको बौद्धिक र व्यक्तिगत समस्यालाई सम्बोधन गर्ने गरी कक्षा सञ्चालन गरिन्छ। शिखा एकेडेमीले केवल किताबी ज्ञानमा मात्र सीमित नराखी बाह्य संसारको समसामयिक ज्ञानलाई पनि प्राथमिकता दिदै जीवनलाइ सिङ्गार्न र सुधारी विश्व प्रतिस्पर्धी मानव संसाधनको विकास गर्ने कार्यमा अभ्यस्त देखिन्छ। विद्यार्थीहरूलाई देशमा भइरहेको घटनाक्रम, जिल्ला तथा गाउँको अवस्था, र समसामयिक विषयहरूबारे जानकारी दिन क्रियाशिल छ। अन्य बिषयहरुको अतिरिक्त विज्ञान र गणित विषयलाई थप प्राथमिकता दिँदै, विद्यार्थीहरूलाई theoretical बाट प्रयोगात्मक क्रियाकलाप मार्फत ज्ञान हासिल गर्न प्रोत्साहन गरिन्छ। प्रत्येक शुक्रवार अतिरिक्त क्रियाकलापहरूमा विशेष जोड दिदै आइरहेको छ।

विद्यार्थीहरूलाई बोल्ने शैली, खेलकुद सम्बन्धि ज्ञान, व्यक्तित्व बिकास सङ्गै चौतर्फी विकासमा सहयोग पुर्‍याउँन तल्लिन छ। शिक्षणमा नवीनता भर्न विद्यालयले विभिन्न खोजमुलक विधि सहितको वातावरण मिलाउने प्रयास गर्दै आएको छ। कोहलपुर नगरी स्थित सेवा सुबिधा सम्पन्न यस बिद्यालय वातानुकूलित (A/C) कक्षा कोठाहरू, सिसि टिभी क्यामराको सुविधा, मल्टिमिडिया र इन्टरनेटमा आधारित शिक्षण प्रणालीको प्रयोग गरेको पाइन्छ। विद्यार्थीहरूलाई किताबी ज्ञानभन्दा बाहिरका विषयहरूमा आकर्षण गराउन विद्यालयले शैक्षिक, पर्यटकीय, धार्मिक, र सांस्कृतिक स्थलहरूको अवलोकन गराउदै खोजमुलक अनुसन्धान,अन्वेषण गर्ने क्षमताको विकास केन्द्रित सिकाइ रहेको छ।

जीवन उपयोगी सीप, योग शिक्षा, संस्कार, र गुणस्तरीय शिक्षा यस विद्यालयका बिशेषताहरु हुन। विद्यालयमा विद्यार्थीहरूलाई खाना र नास्ताको व्यवस्था सहित सुबिधायुक्त छात्र र छात्रा होस्टल सुविधा समेत उपलब्ध छ। अन्तर्राष्ट्रिय स्तरको पढाइ र सिकाइ केन्द्रित विद्यार्थीहरूको भिन्न भाषिक दक्षता विकासमा सहयोग पुर्‍याउँने भाषा केन्द्रित रणनीति ल्याउने सोचमा छ । सो सम्बन्धमा विद्यालयका प्रिन्सिपल इ.राजीव सुबेदीले यसबारे समयपाटी डटकमलाई जानकारी दिएका छन्।


प्रकाशित मिति: बिहिवार, आश्विन १०, २०८१, ०८:५२:००
प्रतिक्रिया दिनुहोस्