"दशैंको एकादशी: विष्णु र सिद्धिदात्रीको पूजामा भक्तजनको आस्था!
स्थानीय
श्री बागेश्वरी माध्यमिक विद्यालयको शैक्षिक अभ्यास: उत्कृष्ट नतिजासहितको प्रतिबद्धता !
बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ३ मा रहेको श्री बागेश्वरी माध्यमिक विद्यालय २०३४ सालमा स्थापना भएको शैक्षिक सस्था रहेको छ।
श्री बागेश्वरी माध्यमिक विद्यालयको उद्देश्य विद्यार्थीहरूको शैक्षिक, बौद्धिक, र व्यक्तिगत विकासमा योगदान पुर्याउनु, उत्कृष्ट शिक्षण अभ्यासमार्फत शैक्षिक गुणस्तर सुधार्नु, र समुदायसँगको सहकार्यलाई सुदृढ बनाउनु हो।
विद्यालयको शैक्षिक यात्रा बालविकासदेखि कक्षा १२ सम्मको अध्ययन-अध्यापनमा केन्द्रित छ, जहाँ मा.बि तहमा ४ जना, शिक्षक र १ जना शिक्षिका नि.मा.बि तहमा ४ जना, प्रा.बि तहमा ५ जना शिक्षिका र १ जना बालबिकास तहमा , १ जना लेखापाल, र २ जना थप सहायक कर्मचारीहरू गरी जम्मा १८ जना कार्यरत रहेका छन्। प्रधानाध्यापक हिक्मत कुमार बि.सी.का अनुसार विद्यालयमा कक्षा ११ र १२ मा अंग्रेजी , नेपाली , स्वास्थ्य , जनसंख्या र शिक्षा विषयमा विशेष जोड दिइन्छ। विद्यालयमा विज्ञान प्रयोगशाला, पुस्तकालय, र आइ.सी.टी. ल्याबको व्यवस्था रहेको छ, जसले विद्यार्थीहरूको शैक्षिक विकासमा महत्वपूर्ण भूमिका खेलेको छ।
विद्यालयको भौतिक संरचना भने केही जिर्ण अवस्थामा रहेको प्रधानाध्यापक बि.सी.ले बताए। हालसम्म विद्यालय परिसरको १७२ मिटर पक्की पर्खाल निर्माण भइसकेको छ भने अझै बाँकी २०० मिटर पर्खालको निर्माण गर्नुपर्ने आवश्यकता रहेको छ। भौतिक पूर्वाधारको सुधारका लागि विद्यालय व्यवस्थापन समिति निरन्तर प्रयत्नशील रहेको बताइन्छ। विद्यालयले विभिन्न असल अभ्यासहरूलाई निरन्तरता दिएको छ, जसमा कक्षा ८, ९ र १० का विद्यार्थीहरूका लागि हरेक हप्ता शुक्रवार अभिभावक भेटघाट कार्यक्रमको आयोजना गर्नु विशेष रहेको छ। यो अभ्यासले विद्यार्थी, अभिभावक र विद्यालयबीचको संवादलाई थप सुदृढ बनाउने काम गरिरहेको छ। विद्यालयले शुक्रवार अतिरिक्त क्रियाकलापहरू सञ्चालन गरी विद्यार्थीहरूको सृजनशीलता र शारीरिक तन्दुरुस्तीमा पनि योगदान पुर्याइरहेको छ। विद्यालयमा साउनदेखि फागुन महिनासम्म अतिरिक्त कक्षाहरू संचालन हुन्छन्, जसले शैक्षिक गुणस्तरमा थप सुधार ल्याउन मद्दत गरेको छ। यस अभ्यासले कमजोर विद्यार्थीहरूलाई विषयवस्तुको गहिरो ज्ञान हासिल गर्न अवसर दिएको प्रधानाध्यापक बि.सी.को भनाइ छ। यी अभ्यासहरूले गर्दा कक्षा १२ को परीक्षामा विद्यालयले बैजनाथकै उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भावना चौधरीले विद्यालयको नेतृत्व, शिक्षकमण्डल र विद्यार्थीहरूलाई धन्यवाद दिँदै विद्यालयको प्रगति र उपलब्धिलाई अझै अगाडि बढाउन प्रतिबद्ध रहेको बताइन्। उनले विद्यालयको भौतिक संरचनाको सुधारसँगै शैक्षिक गुणस्तरलाई थप सशक्त बनाउने योजना रहेको जानकारी दिइन्। विद्यार्थी अभिभावक संघका अध्यक्ष निमलाल जैसीले विद्यालयको नियमित अभिभावक भेलाले अभिभावकहरूको सक्रिय सहभागिता र सहयोगलाई थप बढाएको बताए। उनले भने, "विद्यालयले गरेका असल अभ्यास र अतिरिक्त क्रियाकलापहरूले विद्यार्थीहरूलाई अनुशासन र परिश्रममा प्रेरित गरेको छ। हामी विद्यालयलाई थप सहयोग गर्न सदैव तयार छौं।
" विद्यालयले सञ्चालन गरेको यी कार्यक्रमहरूले विद्यार्थीहरूमा अनुशासन, सहकार्य र शैक्षिक प्रतिबद्धता निर्माण गर्न महत्वपूर्ण भूमिका खेलेको छ। प्रधानाध्यापक बि.सी.ले भने, “विद्यालयका कार्यक्रमहरूले विद्यार्थीहरूको शैक्षिक स्तरमा उल्लेखनीय सुधार ल्याएको छ। भविष्यमा पनि यस्ता अभ्यासलाई निरन्तरता दिँदै विद्यालयको प्रगति र विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माण गर्न लागिपर्नेछौं।” विद्यालयको असल अभ्यास र उत्कृष्ट नतिजासँगै समुदायमा श्री बागेश्वरी माध्यमिक विद्यालयले उच्च प्रतिष्ठा कायम गरेको छ। विद्यालयका असल अभ्यासहरू अन्य विद्यालयहरूले समेत अनुकरण गर्नु आवश्यक छ भन्ने सन्देश पनि यसबाट प्रवाह भएको छ। विद्यालयका जिम्मेवार कर्मचारी, शिक्षक र अभिभावकहरूको सक्रिय सहभागिताले विद्यालयलाई सफलताको मार्गमा अघि बढाइरहेको छ।
विद्यालयले गरेको निरन्तर प्रयास र असल अभ्यासहरूले बैजनाथ क्षेत्रकै शैक्षिक क्षेत्रलाई सकारात्मक रूपमा प्रभावित पारिरहेको छ। श्री बागेश्वरी माध्यमिक विद्यालयको उपलब्धिहरू अझै थप उचाइमा पुगोस् भन्ने शुभेच्छा सम्पूर्ण अभिभावक, विद्यार्थी र स्थानीय समुदायको लक्ष रहेको छ।
थप समाचार
स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!