"दशैंको एकादशी: विष्णु र सिद्धिदात्रीको पूजामा भक्तजनको आस्था!
स्थानीय
बैजनाथ ८ मा रहेको जनसहयोगी आधारभूत विद्यालय: गुणस्तरीय शिक्षा र बालमैत्री वातावरणको उदाहरण!
बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ८ फत्तेनगरमा अवस्थित जनसहयोगी आधारभूत विद्यालय २०४० सालमा स्थापना भएको एक सशक्त शैक्षिक संस्था रहेको छ।
यो विद्यालयले स्थानीय समुदायको सहयोग र प्रयासबाट उत्कृष्ट शिक्षण वातावरण सिर्जना गर्दै आएको बिद्यालय हो।
यस बिद्यालयमा वर्तमान अबस्थामा १६१ विद्यार्थीहरू अध्ययनरत छन्। विद्यालयमा ८ जना शिक्षक शिक्षिकाहरू कार्यरत छन्, जसमा ३ जना स्थायी, १ जना अस्थायी, १ जना पालिकाबाट अनुदान प्राप्त शिक्षक, १ जना बालविकास शिक्षक र १ जना कार्यालय सहयोगी रहेका छन्।
विद्यालयका प्रध्यानाध्यापक कुलादेब भारतीले जानकारी दिएअनुसार, विद्यालयले बालमैत्री शिक्षण वातावरण तयार गर्न विशेष पहल गर्दै आएको छ। यहाँका कक्षाहरूमा डिजिटल स्मार्टबोर्ड प्रयोग गरिन्छ जसले गर्दा विद्यार्थीहरूलाई विषयवस्तु सरल, रोचक र प्रभावकारी तरिकाले बुझाउन मद्दत पुर्याएको छ। डिजिटल प्रविधिको प्रयोगले विद्यार्थीको शैक्षिक गुणस्तरलाई बढावा दिएको र उनीहरूको सिकाइमा सुधार ल्याएको प्रधानाध्यापक भारतीको भनाइ छ।
विद्यालयले बालमैत्री शिक्षा प्रदान गर्न विशेष जोड दिएको छ। बालबालिकाहरूलाई खेल्दै र रमाउँदै सिकाउने उद्देश्यले विभिन्न अतिरिक्त क्रियाकलापहरूको आयोजना गरिन्छ। विद्यालयले खेलकुद, चित्रकला, नृत्य, संगीत र अन्य सृजनात्मक गतिविधिहरूलाई प्राथमिकता दिँदै विद्यार्थीहरूलाई प्रतिभा प्रस्फुटनको अवसर प्रदान गर्दछ। यसले बालबालिकामा आत्मविश्वास र सृजनात्मकताको विकास गर्दै उनीहरूलाई सर्वांगीण शिक्षाको मार्गमा अघि बढाउन सहयोग पुर्याएको छ। विद्यालयको मुख्य उद्देश्य गुणस्तरीय शिक्षा प्रदान गर्नु र विद्यार्थीहरूलाई बालमैत्री वातावरणमा सिकाइका विभिन्न अवसरहरू उपलब्ध गराउनु हो। प्रधानाध्यापक भारतीका अनुसार “हामीले शैक्षिक गुणस्तरलाई निरन्तर सुधार गर्ने उद्देश्य राखेका छौं र हाम्रा सबै क्रियाकलापहरू यसै उद्देश्यको वरिपरि केन्द्रित छन्।”
विद्यालयको सफलतामा शिक्षक शिक्षिकाहरूको समर्पण र विद्यार्थीहरूलाई समर्पित बालमैत्री शिक्षण विधिले महत्त्वपूर्ण भूमिका खेलेको उनले थपे। विद्यालयको गतिविधिहरूमा स्थानीय समुदायको सहभागिता पनि उच्च रहेको छ। विद्यालयको शिक्षा प्रणाली र अतिरिक्त क्रियाकलापहरूमा समुदायको सकरात्मक सहयोगले यस विद्यालयलाई सफलतासम्म पु¥याउन महत्वपूर्ण योगदान गरेको छ। विद्यालयको बालमैत्री वातावरणले समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको र अभिभावकहरूको विश्वास जित्न सफल भएको छ। स्थानीय समुदायको सहयोग र विद्यालयको प्रयासले यहाँका विद्यार्थीहरूको शैक्षिक भविष्य उज्ज्वल बनाउने विश्वास गरिएको छ।
थप समाचार
स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!